अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट: सबैभन्दा कम उमेरमा अर्धसतक बनाउन १५ वर्षीय कुशल मल्ल सफल

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमै नेपालका कुशल मल्लले ५० रन बनाउन सफल हुँदै इतिहास रचेका छन्।

Kushal Malla

Kushal Malla became the youngest cricketer ever to score an ODI half century breaking his compatriot Rohit Kumar Paudel's record. Source: ICC/Twitter

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमै नेपालका कुशल मल्लले ५० रन बनाउन सफल हुँदै इतिहास रचेका छन्।

हाल काठमान्डुमा जारी विश्वकप लीग २ अन्तर्गत संयुक्त राज्य अमेरिका विरुद्ध खेलिएको खेलमा मल्लले ५१ बल सामना गर्दै उक्त ऐतिहासिक अर्ध शतक पारी खेलेका हुन्।

१५ वर्ष र ३४० दिनका कुशल मल्लले यस अघि अर्का नेपाली खेलाडी - रोहितकुमार पौडेलले अघिल्लो वर्ष संयुक्त अरब एमीरेट्स विरुद्ध १६ वर्ष एवं १४६ दिनको हुँदा खेलेको ५५ रनको कीर्तिमान तोडेका हुन्।

यससँगै सामाजिक सञ्जालमा मल्लले निकै वाह वाही पाउन सफल देखिएका छन्।

ट्विटरमा प्रतिक्रिया दिँदै एक प्रशंसक हिम्दलले मल्लको क्रिकेट भविष्य उज्ज्वल रहेको लेखेका छन्।



त्यस्तै अर्की एक प्रशंसक प्रबिशा पन्तले त “प्रस्ताव राख” भन्दै रमाइलो गरेकी छिन्!



अर्जुन पौडेल (दाह्री)ले पनि आफ्नो पहिलो खेलमै गजबको प्रदर्शन गरेको भन्दै तारिफ गरेका छन्।
अस्मिता केसीले पनि ट्विटर मार्फत नै आफ्नो बिचार व्यक्त गर्ने क्रममा मल्ललाई सम्भावना युक्त खेलाडी भनेकी छिन्।
यस अघि उक्त कीर्तिमान लामो समयसम्म विश्व प्रसिद्ध भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा रहेको थियो। 

पाँच वर्ष पछिको अन्तराल पछि आइतबार तेन्दुलकर मैदानमा देखा परेका थिए।

बुश फायर अपिल क्रिकेट अन्तर्गत रिक्की पन्टिंगको टोलीका प्रशिक्षक रहेका उनले विश्रामको समयमा अस्ट्रेलियाली महिला खेलाडी एलिस पेरीले गरेको एक ओभर बलिङ सामना गरेर पहिलो बलमै चौका हान्न सफल भएका थिए।

Share
Published 10 February 2020 2:25pm

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand