२० औँ जीएनसी फुटबल लिग: सिड्नीका २१ क्लबहरुको सहभागीता

सिड्नीमा अवस्थित गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी) को आयोजनामा हरेक वर्ष हुने गरेको जीएनसी फुटबल टुर्नामेन्टको २० औँ संस्करणको पहिलो चरणको खेल आइतबार सम्पन्न भएको छ।

GNS Football 2018/19

Source: Facebook @Gurkha Nepalese Community

प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा हिमालयन युथ क्लबलाई सेन्ट जर्ज फ्रेन्ड्स फुटबल क्लबले ० का विरुद्ध ७ गोल हानेर  खेलको रोमाञ्चक सुरुवात गरेको छ। 

माइनर र प्रिमियर गरी जम्मा २१ वटा फुटबल क्लबहरूको सहभागिता रहने प्रतिस्पर्धामा प्रिमियर लिगको पहिलो चरणमा १२ वटा टिमहरूको सहभागिता रहेको थियो।

दुई फरक मैदानमा तिन भिन्न समयमा भएका ६ वटा प्रिमियर लिग खेलहरूमा सेन्ट जर्ज नेप्लिज क्लब, सगरमाथा फुटबल क्लब, बेनी फुटबल क्लब र सेन्ट जर्ज फ्रेन्ड्स फुटबल क्लब विजयी रहेर ३-३ अङ्क पाए भने दुई खेल बराबरीमा टुंगिए।

फेवा फुटबल क्लब र द ब्रिगेड क्लब १-१ को बराबरीमा रहे भने २-२ गोलको बराबरीका साथ माछापुच्छ्रे फुटबल क्लब र वेस्ट युनाइटेड फुटबल क्लबले समान १-१ अङ्क बाँडेका छन्।

पहिलो चरणको खेलको प्रत्यक्ष प्रसारणको झलक फ्युजन स्पोर्ट्स ओजी को बाट:
1996 मा पहिलो जीएनसीको कार्यक्रममा उपस्थिति जनाएका हरिवंश आचार्यले जीएनसी को २० औँ वार्षिक उत्सवका अवसरमा आयोजित खेलको उद्घाटन सत्रमा बोल्दै खेलमा अनुशासनको महत्त्वलाई दर्साएका थिए।

हरिवंश पत्नी रमिला आचार्यको पनि उपस्थिति रहेको पहिलो चरणको खेलहरूमा प्रिमियर लिग बाहेक अन्य दुई माइनर र भेटेरन लिगका खेलहरू पनि भएका थिए।

अघिल्लो वर्ष जम्मा १२ वटा टिमहरूको सहभागिता भएकोमा केही क्लबहरूले आफूहरूलाई समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

जीएनसी का महासचिव प्रकाश निङ्लेखुले सिड्नीमा रहेका सम्पूर्ण क्लबहरूलाई समेट्न सकेकोमा आयोजक टोली अत्यन्त सन्तुष्ट रहेको बताएका छन्।
"एक वर्ष खेल प्रतिबन्धमा परेको एक क्लब बाहेक सिड्नी भर रहेका २१ क्लबहरूलाई समेट्ने प्रयास सफल भएको मा हामी पनि खुसी छौँ र खेलाडीहरू पनि अत्यन्त उत्साहित छन्। "
द राइजिङ्ग गोर्खाज क्लबलाई गत वर्ष अनुशासन उलंघन गरेको भन्दै एक वर्ष खेल्न प्रतिबन्ध लगाए पछि खेल २१ टोलीमा सीमित भएको हो।

जीएनसी का फुटबल खेल संयोजक राजीव प्रधानले क्लबहरूको सङ्ख्यामा वृद्धि भएको कारणले प्रतिस्पर्धी टिमहरूको सङ्ख्या पनि बढेको एसबीएस नेपालीलाई बताए।

२१ क्लबहरू मध्ये १२ प्रिमियर लिग र ९ माइनर लिगका क्लबहरू रहेका छन् भने भेटे रन लिगका लागी दुवै लिगमा खेल्ने ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागिता रहने छ।
"प्रिमियर लिगको अन्तिम तिन स्थानमा रहने क्लबहरू माइनर लिगमा झर्ने छन् भने माइनर लिगका उत्कृष्ट तिनले अर्को वर्ष प्रिमियर लिग खेल्ने अवसर पाउने छन्।"
प्रिमियर, माइनर र भेटे रन तिनै लिगको आगामी खेल नोभेम्बर ११ मा हुनेछ। जहाँ भेटे रन लिग ९ र १०:३० बजे बिहान हुनेछ भने बिहान ९, १०:३० र १२ गरी तिन वटा समयतालिकामा माइनर लिग खेलाइने छ।

दिउँसो १२, १:३० र ३ बजे प्रिमियर लिगका लागी छुट्ट्याइएको राजीव प्रधानले बताए।

४ महिना लामो खेल नोभेम्बर ४ देखि सुरु भएको खेल भएर फेब्रुअरी २४ मा हुने फाइनल खेल का साथ समापन हुनेछ।

फ्युजन स्पोर्ट्स ओजी र गोल डट कम ले इन्टरनेट मार्फत फाइनल सहित २० वटा खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने छन्।

खेल तालीका 
GNC Football 2018/19 schedule
Source: Facebook @Gurkha Nepalese Community



Share
Published 5 November 2018 4:03pm
Updated 5 November 2018 4:36pm
By Sunita Pokharel


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand