के भिन्दा भिन्दै कम्पनीका खोप र बुस्टर डोज लगाउन मिल्छ?

यदि तपाईँले प्रारम्भिक चरणमा एस्ट्राजेनेका खोप लगाउनु भएको खण्डमा फाइजरको बुस्टर डोज लगाउनु सुरक्षित छ? यो दौडमा मोर्डेना खोप चाहिँ कहाँ पर्छ त? यहाँ अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूका लागि जारी पछिल्ला सुझावहरू प्रस्तुत गरिएका छन्।

Corona vaccines competing concept

Corona vaccines competing concept Source: Getty Images

अस्ट्रेलियामा कोभिड-१९ को बुस्टर डोज कार्यक्रम सुरु हुँदा एक मात्र विकल्प फाइजरको बुस्टर डोज थियो तर अहिले अवस्था त्यस्तो छैन।

लाई पनि अस्ट्रेलियाको नियमक निकाय थेउराप्युटिक गुड्स एडमिनीस्ट्रेसन् (टीजीए) र खोप सम्बन्धी प्राविधिक सल्लाहकार समिति (अटागी)ले अनुमति प्रदान गरेको छ।

मोनास विश्वविद्यालय अन्तर्गतको इम्युनोलोजि एवम् प्याथलोजि विभागकी इमिली एर्डवाड्स भन्छिन् कि अन्य खोपहरू पनि बुस्टर कार्यक्रम भित्र ल्याइनु सुखद रहेको छ।

“जति धेरै खोपहरूलाई हामी अनुमति दिन्छौ, त्यसको आपूर्तिका समस्याहरू हट्दै जान्छन् र यसले निरन्तर रूपमा समुदायमा खोप पुर्‍याउन सहयोग पुग्दछ,” उनले भनिन्।

प्राविधिक सल्लाहकार समिति (अटागी) को नयाँ सुझाव अनुसार दोस्रो खोप लगाएको

यस अघि यो समय ६ महिना रहेको थियो।
ओमिक्रन र डेल्टा भेरीएन्टको सङ्क्रमणदरलाई मध्यनजर गदै नयाँ सुझाव जारी गरिएको हो।

तर यदि तपाईँले यस अघि मोर्डेना खोप लगाउनु भएको छैन भने चाहिँ यसको बुस्टर लगाउनु उचित होला त अथवा भिन्दा भिन्दै कम्पनीको दुई डोज लगाइसकेका मानिसले अर्कै कम्पनीको बुस्टर डोज लगाउन मिल्छ त?

के भिन्दा भिन्दै कम्पनीका खोप लगाउनु सुरक्षित हुन्छ?

हुन्छ, स्वास्थ्य विज्ञहरू भिन्दा भिन्दै दुई कम्पनीका खोप लगाउनु सुरक्षित हुने बताउँछन्।

“विज्ञानको साहित्यले भिन्दा भिन्दै खोप लगाउन सुरक्षित हुने बताउँछ,” डाक्टर एर्डवाड्स भन्छिन्।

“तपाईँले यस अघि लगाएका दुई प्राथमिक खुराक भन्दा बुस्टर डोज फरक हुनुले कुनै समस्या नपार्ने प्रमाणहरू निस्कीरहेका छन्।”

बेग्लै किसिमका बुस्टर लगाउँदा रोग प्रतिरक्षा क्षमता अझ बढ्छ भन्ने सुझावहरू पनि आइरहेका छन्।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका उपाध्यक्ष क्रिस मोय भन्छन् कि एउटै अवस्थाका लागि खोपहरू मिश्रण गर्न मिल्ने गरेको लामो इतिहास छ।

“तर यसले वास्तवमै धेरै फरक पार्दैन, सामान्यतया यी बुस्टर सटहरूले मानिसको प्रतिरक्षा प्रणालीलाई बढावा दिनका लागि सही काम गरेको देखिन्छ,” उनले भने।

यी सुझाव पहिलो र दोस्रो मात्राका कोभिड-१९ खोपहरू मिलाएर गरिएको अध्ययनबाट आएको हो।
डाक्टर मोय भन्छन् कि कुन ब्रान्डको बुस्टर लगाए भन्दा पनि एउटाबाट सुरुवात गर्नु महत्त्वपूर्ण छ।

“मलाई लाग्छ कि हामी खोपका साना-तिना भिन्नताहरूका बारेमा प्रश्न गरिरहेका छौ, सबै खोपहरू राम्रा छन् र सबैका आ-आफ्ना फाइदा र बेफाइदाहरू छन् र ती निकै साना छन् एलजि, स्यामसंङ्ग वा सोनी कम्पनी जस्तै,” उनले भने।

“यदि मानिसहरू धेरै चिन्तित छन् भने उनीहरू सबैका बारेमा जानकारी लिन सक्छ तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ तपाईँले खोप लिनु हो”

चिन्ता जाहेर भएको खण्डमा स्वास्थ्य सल्लाह लिन पनि उनले सुझाव दिए।

एस्ट्राजेनेकाका बारेमा के त?

एस्ट्राजेनकाको खोप पहिले लिइसकेका तर कुनै गम्भीर प्रतिक्रिया नभएका मानिसहरूले बुस्टर खोपका लागि यसलाई लिन सक्छन् तर यो प्राथमिकतामा भने पदैन्।

“यसलाई बुस्टरको रूपमा लिन सकिन्छ तर निकै दुर्लभ परिस्थिति वा यस अघि एस्ट्राजेनेकाको खोप लगाएको अवस्थामा,” डाक्टर मोयले भने।

अहिले सम्म कति मानिसले बुस्टर लगाइसके त?

गत हप्ताको बिहीबार सम्मको तथ्याङ्कलाई हेर्ने हो भने ६ लाख भन्दा बढी अस्ट्रेलियालीले बुस्टर खोप लगाइसकेका छन्।

अस्ट्रेलियन नेशनल विश्वविद्यालयले (एएनयु) बिहीबार सार्वजनिक गरेको एक अध्ययन सर्वेक्षणमा सहभागी मध्ये ७० प्रतिशतले “निश्चिन्त” रूपमा बुस्टर लगाउने बताएका थिए।
२२ प्रतिशत उत्तरदाताले “सम्भवतः” लगाउने बताएका छन् भने ४ दशमलव ७ प्रतिशतले “सम्भवतः नलगाउने” बताए।

१ दशमलव ३ प्रतिशत उत्तरदाताले भने बुस्टर डोज “पक्कै नलगाउने” प्रतिक्रिया दिए।

अक्टोबर महिनामा गरिएको उक्त सर्वेक्षणमा खोपको असमानता खोप लगाउन हिच्कीचाहटक हुनु पछाडिको एउटा कारण भएको पाइएको बताइएको छ।

कोरोनाभाइरस बारे पछिल्लो जानकारी, सूचना र समाचार नेपाली भाषामा  उपलब्ध छ


कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी


स्वास्थ्य विभाग- कोरोनाभाइरस जानकारी नेपाली 
गृह मामला विभाग -कोरोनाभाइरस जानकारी नेपाली 
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।

Share
Published 21 December 2021 12:24pm
Updated 21 December 2021 2:07pm
Source: SBS News


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand