क्यानबेरा बबल: सन् २०१८ को वर्ष शब्द

वर्षको अन्त्यतिर अस्ट्रेलियाको राष्ट्रिय शब्दकोश केन्द्रले विगत बाह्र महिनामा निकै प्रचलनमा आएको शब्दलाई “वर्षको शब्द” भनी तोक्ने गरेको छ। यस किसिमको चयनले हाम्रो सामान्य कुराकानी, राष्ट्रिय रूपमा, कतातिर जाँदैछ भनी इङ्गित गर्दछ।

Canberra Bubble

Source: AAP

राष्ट्रिय शब्दकोश केन्द्रका अनुसार, सन् २०१८ को वर्ष शब्द- “क्यानबेरा बबल” रहेको छ। यसको अर्थ, राजधानी क्यानबेरालाई मात्र आफ्नो सोचाई र विचारको केन्द्र बनाउनु हो।

प्रधानमन्त्री स्कट मोरिसनले नयाँ पदभार ग्रहण गरेपछि यो शब्दको निकै प्रयोग गरेको थिए।

उनले राजधानी क्यानबेरामा रहेका पत्रकार र सांसदहरूलाई सहर बाहिर पनि अस्ट्रेलिया रहेको र क्यानबेरा-केन्द्रित सोचाइलाई फराकिलो बनाउन आवश्यक रहेको बताउँदै प्रयोगमा लिएर आएका थिए।
शब्दकोश केन्द्रकी एम्याण्डा लोएसन क्यानबेरा बबलले वर्षभरि घटेका विभिन्न घटनाहरूलाई समग्र रूपमा झल्काएको बताउँछिन्।
"देशको राजनीतिक दलहरूबिच रहेको विवाद र नेताहरूको खिंचातानिले हामीलाई नेतृत्व प्रदान गर्नेहरूलाई क्यानबेरा बाहिरको संसारमा वास्ता नरहेको किसिमको सन्देश दिएका थिए। त्यही भएर पनि क्यानबेरा बबलले आम जनमानसमा निकै ठाउँ पाएको थियो", लोएसनले आफ्नो विचार व्यक्त गरिन् ।
Prime Minister Scott Morrison holds a press conference at Parliament House in Canberra announcing NSW Governor David Hurley will be Australia's next governor-general.
Source: AAP
यो वर्ष लोकप्रिय रहेको अर्को शब्दको रूपमा आएको वाक्यांश छ “फेयर डिन्कम पावर” अर्थात् "वास्तविक ऊर्जा"। यसलाई चलनचल्तीमा ल्याउने श्रेय पनि प्रधानमन्त्री मोरिसनलाई नै जान्छ।
विशेष गरेर, अस्ट्रेलियामा कुन किसिमको ऊर्जालाई बढी प्राथमिकता दिने भन्ने विषय छलफलको क्रममा फेयर डिन्कम पावर भन्ने वाक्यांश निकै चलनमा आएको थियो।
वातावरण-मैत्री र नवीकरण हुन सक्ने ऊर्जालाई बढी ध्यान दिन दबाब आईरहकै समयमा, प्रधानमन्त्री मोरिसन र अन्यले कोइला लगायतका श्रोतबाट आउने ऊर्जालाई “फेयर डिन्कम पावर” अथवा वास्तविक र भरपर्दो ऊर्जा भनी बताएका थिए।

यो शब्दले पनि हाम्रो आम कुराकानीमा आएको परिवर्तनलाई दर्शाउछ भनी शब्दकोश केन्द्रले उल्लेख गरेको छ।

राजनीतिक दलहरूमध्ये खास गरी, ग्रिन्स पार्टीले सरकारलाई कोइला लगायतका विभिन्न इन्धनहरूबाट हटेर नवीकरण हुने सक्ने ऊर्जामा आफ्नो ध्यान केन्द्रित गर्न दबाब दिँदै आएको छ। यो विषयले पनि यस वर्षको समाचारमा विशेष स्थान पाएको थियो।
झन् त्यसमाथि, प्रधानमन्त्री मरिशनको “फेयर डिन्कम पावर”को उद्घोषपछि त यो विषय निकै चर्चामा आयो।
त्यस्तै, अस्ट्रेलियाको पूर्वी भेगमा लागेको सुख्खाले “ड्राउट रिलिफ” पनि निकै प्रचलनमा आएको छ, यो वर्ष। ड्राउट रिलिफ अर्थात् सुख्खाले प्रभावितहरूलाई राहत।

राजनीतिज्ञहरूको त मुखमा यो शब्द झुण्डिएकै थियो, तर खडेरीले स्थिति निकै गम्भीर बनाएपछि, सर-सहयोगका लागि पनि यो शब्दले झनै व्यापकता पायो।
Drought
More than 30 cars drove to Yeoval, south of Dubbo, to deliver groceries to drought-affected farmers. Source: Supplied
सिड्नीमा रहेको नेपाली समुदायले पश्चिम न्यु साउथ वेल्सका सहरहरू गएर ड्राउट रिलिफ कार्यमा सहयोग पुर्‍याएका थिए।
अन्य प्रचलनमा आएका शब्दहरूमा “ब्याग रेज” र “ब्लकचेन” रहेका छन्। यहाँ रहेका सुपरमार्केटहरुले निःशुल्क उपलब्ध गराउँदै आएको प्लास्टिकका झोलाहरूमा बन्देज लगाएपछि, यसका कारण आम उपभोक्ताहरूलाई कठिनाइ बेहोर्नु परेको थियो।

यसले गर्दा उनीहरू आक्रोशित हुने गर्दथे, जसले गर्दा “ब्याग रेज” शब्दले यस वर्षका शब्दहरूमा स्थान पायो।

त्यस्तै, क्रिप्टोकरेन्सिको हिसाब-किताब राख्ने सफ्टवेयर “ब्लकचेन” शब्दले पनि आम जनमानसमा प्रभाव जमाउन सफल भएको थियो।
गत वर्ष "क्वासी"ले वर्ष शब्दको उपाधि पाएको थियो। क्वासी दुई शब्दहरू - किवी तथा असी मिलेर बनेको थियो।

Share
Published 25 December 2018 10:44pm
Updated 18 February 2019 2:44pm
By Greg Dyett


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand