अस्ट्रेलियामा छठ पर्व: नेपाली भाइचाराको उत्कृष्ट उदाहरण

सन् २०१३ देखि नियमित रूपमा उत्तरी मेलबर्न स्थित एड्वार्डेस लेक पार्कमा आयोजना हुँदै आएको छठ पर्व मेला यो वर्ष अघिल्ला वर्षहरू भन्दा अझ व्यापक जनसहभागिताकासाथ् नेपाली भाइचारालाई एक नयाँ उचाइमा पुर्‍याउँदै सम्पन्न भएको छ।

Chhath Parva Mela in Melbourne

Chhath Parva in Melbourne Source: SBS Nepali/Abhas Parajuli

वर्षभरि मानवजातिलाई शक्ति प्रदान गर्ने सुर्यदेवताको विशेष पुजाआजा गरिने छठ पर्व, दक्षिणी नेपाल तथा उत्तरी भारतमा एकदमै धुमधामकासाथ मनाइन्छ।

सन् २०१२ मा आफ्नी सासू अस्ट्रेलिया आएको बेला छठ पूजा गर्न स्थान अभाव भएको महसुस भएपछि रञ्जन श्रीवास्तवले डा. सुरेन्द्र रौनियार लगायत भिक्टोरियामा बसोबास गर्दै आएका अन्य मधेसी नेपालीहरूसँग मिलेर सन् २०१३ देखि एड्वार्डेस लेक पार्कमा छठ पर्व आयोजना गर्न थाल्नुभएको हो।

डा. रौनियार अध्यक्ष रहनु भएको मधेसी कम्युनिटी इन भिक्टोरियाले हरेक बर्ष आयोजना गर्ने गरेको छठ पुजा यसपाली प्रथम पटक एक महिला रिना देवले समन्वयकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। 

भिक्टोरिया राज्यका बहुसंस्कृति मामिला सम्बन्धी मन्त्री रविन डेभिड स्कटको प्रमुख आतिथ्यमा भएको छठपर्वको औपचारिक कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूले उपस्थित सबै नेपाली तथा विदेशी पाहुनाहरूसँग शुभकामना आदान प्रदान गर्नुभएको थियो।

भिक्टोरियाली संसद्मा स्थानीय प्रेस्टन निर्वाचन क्षेत्रबाट निर्वाचित स्कटले एसबीएस नेपालीसँगको संक्षिप्त कुराकानीका क्रममा भने, "संसारकै सबैभन्दा लामो समयदेखि चलिआएको पर्वहरूमा पर्ने अनि सूर्यलाई उपासना गरिने छठमा, नेपालका हिन्दुहरूले यस क्षेत्र वरपरका सम्पूर्ण बहुसांस्कृतिक समुदायहरूलाई खुल्ला हृदयले स्वागत गर्दै यस्तो भव्य कार्यक्रमको आयोजना गर्नाले हाम्रो बहुसांस्कृतिक समाजलाई निकै सुन्दर रूपमा चित्रण गर्न सफल भएको मैले पाएको छु।"

सनातनकालदेखि चलिआएको परम्परा एवं संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरूको नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको श्रीवास्तवले एसबीएस नेपालीलाई बताउनुभयो।

सिड्नीदेखि ६ वर्षको अन्तरालमा दोश्रोपटक छठ मनाउन मेलबर्न आउनुभएका विकास साहले यसपालिको पर्व आफूलाई निकै जीवन्त लागेको बताउनुभयो।

त्यसै गरी, भारतदेखि आएकी अलका केशरीले पनि अस्ट्रेलिया नेपालीहरूले यस्तो भव्यताकासाथ् छठ मनाउने गरेको देखेर आफूलाई मेलबर्नमा छु कि गयामा छु छुट्ट्याउनै गाह्रो भएको प्रतिक्रिया एसबीएस नेपालीलाई दिनुभयो।
हजुरआमा, हजुरबुवा देखि नाति-नातिनाहरुसम्म यहाँ सबैले खुब रमाइलो गरिरहेका छन्। म यहाँ आउन पाएर दङ्ग छु। आयोजक नेपाली मधेसी समाजलाई मेरो नमन, उनले भनिन।
नेपालका पूर्व प्रधान न्यायाधीश रामकुमार प्रसाद साहले विदेशमा बस्ने नेपालीहरूले यस्तो सौहार्दपूर्ण वातावरणमा स्वदेशमा झैँ ध्वजापताकाले सिँगार गर्दै विधिविधानकासाथ् छठ मनाएको हेर्न पाउँदा आफू निक्कै हर्षित रहेको बताए।
स्थायी रूपमा यहाँ बसोबास गरिरहनु भएका नेपालीहरूले निक्कै उत्साहसँग आफ्नो चाडपर्वलाई एकजुट हुने अवसरको रूपमा प्रयोग गरेको देखेर म प्रसन्न छु, साहले भने।
यहीँ जन्मे हुर्केका दोस्रो पिँढीका बाल-बालिकाहरूलाई यस्ता सामाजिक कार्यक्रमहरूले आफ्नो इतिहास, कला, साहित्य लगायत संस्कृति चिन्न तथा महसुस गर्न राम्रो टेवा पुर्‍याउने पनि साहको विचार छ।
Official program at Chhath Puja in Melbourne
Surendra Rauniyar from Madhesi Community in Victoria welcoming Minister for Multicultural Affairs Robin Scott and other guests at Chhath Parva 2018 Source: SBS Nepali
यसका साथै, सिड्नीको टेम्पेमा पनि नेपाल तराई अस्ट्रेलिया सङ्घले छठ पूजा कार्यक्रम गरेको थियो।


Share
Published 16 November 2018 7:23pm
Updated 17 November 2023 8:37pm
By SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand