गोपनीयताको कानुन उल्लङ्घन गरेपछि गृह मामला विभागलाई क्षतिपूर्ति दिन आदेश

अध्यागमनको हिरासतमा रहेका ९ हजार २ सय ५१ शरणार्थीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरेको भन्दै गृह मामला विभागलाई क्षतिपूर्ति दिन आदेश दिइएको छ ।

Villawood immigration detention centre.

Villawood immigration detention centre. Source: AAP

सात वर्ष अघि शरणार्थीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोपमा अस्ट्रेलियन सरकारलाई क्षतिपूर्ति तिर्न आदेश दिइएको हो ।

सन् २०१४ मा विभागको वेबसाइट मार्फत अध्यागमनको हिरासतमा रहेका ९ हजार भन्दा बढी शरणार्थीहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको थियो ।

गल्तीले सार्वजनिक भएको भनिएको घटनामा गृह मामला विभागको दोष रहेको भन्दै सूचना आयुक्तले क्षतिपूर्ति भर्न आदेश दिएका हुन् ।

अस्ट्रेलियाको गोपनीयता नियमकको रिर्पोटमा क्रिसमस आईल्याड र मेनल्याण्डमा हिरासतमा रहेका मानिसहरूको व्यक्तिगत विवरणहरू पहिचान हुने गरी भेट्टाएको बताइएको छ । 

कमिस्नर एन्जीलिन फाल्कले व्यक्तिगत आधारमा क्षतिपूर्ति रकमको निर्धारण गरिने बताइन् । 

“यो पहिलो प्रतिनिधि घटना हो,जहाँ व्यक्तिगत विवरण उल्ंलघनको घटनामा प्रभावितहरूलाई क्षतिपूर्ति दिइने भएको छ । ”

 “यो मान्यता छ कि गोपनीयता गुमाउने व्यक्तिलाई अवस्था हेरीकन नोक्सान वा हानी पुर्‍याउन सक्छ ” उनले भनिन्  ।

 


Share
Published 27 January 2021 12:30pm
By SBS News
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand