नेपाली आरोही कामिरिता शेर्पाको एक हप्ता भित्र दोस्रो विश्व रेकर्ड

एक हप्ता अगाडी मात्र सगरमाथाको चुचुरोमा पुगेर विश्व किर्तीमान बनाएका कामिरिता शेर्पाले २४ औँ पटक फेरी सर्वोच्च शिखर आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन्।

Nepali Mountaineer Kami Rita Sherpa has climbed Mount Everest for 24th times

Nepalese veteran mountaineer Kami Rita Sherpa, 49, looks on after arriving from Everest Base camp Getty Images via EPA (NARENDRA SHRESTHA) Source: Getty Images via EPA (NARENDRA SHRESTHA)

सन् २०१९ को सगरमाथा आरोहण सिजन सुरु गर्दै कामिरिता शेर्पाले गए मे १५ को बिहान २३ औँ पटक सगरमाथाको आरोहण गरेका थिए।

विश्व किर्तिमान बनाउने ४९ वर्षीय शेर्पाले उक्त किर्तिमान बनाएको एक हप्ता नबित्दै, गए मङ्गलवार बिहान फेरी ८ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरेका थिए।

लगातार विश्व रेकर्ड बनाउन सफल कामिरिता शेर्पाले अझै एक पटक सगरमाथा चढ्ने लक्ष्य राखेका छन्।

"म अझै बलियो छु र २५ पटक सगरमाथा चढ्न चाहन्छु", उनले रोइटर्स समाचार संस्थालाई बताए।

Share
Published 21 May 2019 5:34pm
Updated 28 May 2019 4:52pm
By SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand