विपक्षी लेबरद्वारा मोरिसन सरकारसँग खोप कार्यक्रमका बारेमा स्पष्ट धारणा माग

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट अक्टोबर महिना सम्म सबै अस्ट्रेलियालीहरुले कोरोना विरुद्धको कम्तीमा पनि पहिलो डोज लगाई सक्ने कुरामा ढुक्क रहेको बताउँछन् ।

Prime Minister Scott Morrison at Parliament House in Canberra. Source: AAP

Prime Minister Scott Morrison at Parliament House in Canberra. Source: AAP

सरकारले योजना गरे बमोजिम सङ्घीय खोप कार्यक्रम अगाडी नबढ्दा विपक्षी दल लेबरले स्कट मोरिसन सरकार समक्ष खोप कार्यक्रमका बारेमा नयाँ आधिकारिक मिति उपलब्ध गराउनका लागि माग गरेको छ ।

तर स्वास्थ्य मन्त्री ग्रेग हन्ट भने मेलर्वन स्थित सिएसएल ल्याबले एस्ट्राजेनका खोपहरूको उत्पादनमा वृद्धि गर्दै जाँदा , खोप कार्यक्रम पनि तीव्र रूपमा अगाडी बढ्ने बताउँछन् ।

यद्यपि  सटीक समय तालिकाका विषयमा भने उनी अस्पष्ट देखिन्छन् ।
Australian Health Minister Greg Hunt speaks to the media during a press conference at Parliament House in Canberra, Tuesday, February 23, 2021. (AAP Image/Lukas Coch) NO ARCHIVING
Australian Health Minister Greg Hunt speaks to the media during a press conference at Parliament House in Canberra. Source: AAP / LUKAS COCH
दैनिक रूपमा खोप लगाउने मानिसहरूको सङ्ख्या बढिरहेको देखिन्छ ।

बिहीबारका दिन ७९ हजार मानिसले खोप लगाएका छन् ।

सोमबार यो सङ्ख्या ५५ हजार रहेको थियो ।

तर यो सबै सङ्ख्या जोड्दा पनि हाल सम्म ८ लाख ४१ हजार ८ सय ५५ जनाले मात्र खोप लगाएका छन् ।

प्रधानमन्त्री मोरिसनले मार्च मसान्तसम्ममा करिब ४० लाख मानिसले खोप लगाई सक्ने,

“मोरिसन सरकारले खोप कार्यक्रममा गडबड गरिरहेको छ,अस्ट्रेलियालीहरू उनीहरूले कहिले खोप पाउँछन् भन्ने बारेको स्पष्ट उत्तर खोजिरहेका छन् ,” लेबरका स्वास्थ्य प्रवक्ता मार्क बट्लरले आइतबार रिर्पोटरहरु सँग कुरा गदै भने ।

बृद्धास्याहार केन्द्रका केवल १४ प्रतिशत मानिसले मात्र खोपका दुई डोज लगाउन पाएको जबकि गत हप्ता नै यो क्षेत्रमा खोप सम्पन्न भइसक्नु पर्ने उनले बताए ।

“एज्ड केयरमा रहेका मानिसका आफन्तले यो जवाफ खोजिरहेका छन् कि उनीहरूले कहिले खोप लगाउन पाउँछन् जबकि उनीहरूलाई थाहा छ, उनीहरु सबैभन्दा बढी जोखिममा छन् ,” बट्लरले भने ।

ग्रेग हन्टले खोप कार्यक्रमको बचाउ गदै आउँदो अक्टोबर सम्ममा खोप लगाउन चाहेका सबै अस्ट्रेलियालीहरुले कम्तीमा पनि पहिलो डोज लगाई सक्ने कुरामा ढुक्क रहेको बताउँछन् ।
सुरुमा तीन लक्ष्य रहेको भन्दै १ए कार्यक्रम अन्तर्गत फ्रेअबरीको अन्त्य सम्ममा फाईजर खोपको सुरुवात गर्ने , मार्चको पहिलो साता आस्ट्रा जेनका सुरु गर्ने र मार्चको २२ तारिखबाट १बी कार्यक्रमलाई सुरु गर्ने योजना बनाइएको उनले बताएका थिए ।

“हामीले लक्ष्य लिएका यी तिनै चरण निधार्रीत समयमा सुरु भएका छन्,अस्ट्रेलियाको मुख्य लक्ष्य भनेको अक्टोबरको अन्त्य सम्म सबैलाई पहीलो डोज लगाउने हो,” मेलर्वनमा पत्रकारहरूसँग बोल्दै उनले भने ।

दुवै दलले नियामक निकाय थेउरापेटीक गुड्स एडमिनीस्ट्रेशनको आस्ट्रा जेनेकालाई निरन्तरता दिने कुरामा भने सहमत देखिएका छन् ।
हाल उक्त संस्थाले मेलवर्नमा देखिएको खोप पछि रगत जम्ने समस्या देखिएका पुरुषको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य मन्त्री हन्टले आइतबार कोभिड–१९ का कुनै पनि सामुदायिक सङ्क्रमणका केश फेला नपरेकोमा त्यसको स्वागत पनि गरे ।

न्यु साउथ वेल्स,क्विन्सल्याण्ड र साउथ अस्ट्रेलियामा भने विदेशबाट फर्किएका एक–एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउथ अस्ट्रेलियामा ४० वर्ष हाराहारीका एक पुरुष कोरोना सङ्क्रमण पछि अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

Share
Published 5 April 2021 9:53am
Updated 5 April 2021 7:05pm
By SBS News
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand