स्पोन्सर पाउने आसमा ८ महिना बिना तलब काम गर्न बाध्य

कार्यस्थलमा दुर्ब्यबहार गरिएको भन्दै गत आर्थिक वर्षमा परेका उजुरीहरूमा ५ जनामा १ जना अस्थायी भिसामा रहेका कर्मचारीहरू रहेको फेयर वर्क कमिसनले बताएको छ।

Exploitation of Vietname Students rampant among Melbourne Business

Source: SBS

भारतबाट आएका एक व्यक्तिले एसबीएस वर्ल्ड न्युजसँग कुरा गर्दै आफूलाई ८ महिनासम्म बिना तलब काम गर्न बाध्य पारिएको अनुभव सुनाएका छन्।

२००७ मा हस्पिटालिटी अध्ययन गर्न अस्ट्रेलिया आएका भारतीय कर्णवीर सिंहलाई खाना बनाउने काम सबैभन्दा प्यारो थियो र त्यसैलाई आफ्नो करियरका रूपमा छानेका थिए।

र उनले सेफका रूपमा गोल्ड कोस्टको एक भारतीय रेस्टुरेन्टमा काम गर्न पनि थालेका थिए।
Ombudsman audit looks at foreign workers
(stock image) A Queensland cafe has been fined for exploiting a foreign worker. Source: AAP


रेस्टुरेन्टमा काम गर्दाका आफ्ना सुरुवाती दिनहरू सम्झँदै उनले भने, "यसो हेर्दा त उनी मेरो लागी देवदुत नै जस्तो भएर आएका थिए, किनकि सुरुवातमा उनी एकदमै असल व्यक्ति थिए। त्यसैले मैले सोचे मेरो जीवनमा त चमत्कार नै भयो । तर केही समयपछि त्यो सबै फरक भयो।"

कर्णवीर सिंहका मालिकले उनलाई स्थाई भिसाका लागी इम्प्लोयेर नोमिनेसन स्किम अन्तर्गत प्रायोजन (स्पोन्सर) गर्ने बाचा गरेका थिए।

तर पछि उनले कर्णवीरलाई तलब बेगर नै काम गर्न भने।
"जति जति मैले आफ्नो ज्यालाका बारेमा सोध्थे, अध्यागमन विभागबाट आफूले दिएको नोमिनेसन फिर्ता लिने भन्दै उनले मलाई धम्क्याउन थाले।"
"उनको रेस्टुरेन्ट मार्फत मेरो भिसा आवेदन अध्यागमनमा पठाइसकिएको थियो।जति जति मैले आफ्नो ज्यालाका बारेमा सोध्थे, अध्यागमन विभागबाट आफूले दिएको नोमिनेसन फिर्ता लिने भन्दै उनले मलाई धम्क्याउन थाले। "

फेयर वर्क अम्बुड्स्म्यन ले गएको गर्थिक वर्षमा दुई हजार भन्दा बढी अस्थायी भिसा भएकाहरूलाई कार्यक्षेत्रमा भएको विवादमा सहयोग गरेको जनाएको छ।
The exterior of Fair Work Commission Building
The Fair Work Ombudsman says last financial year more than two thousand visa holders were helped with workplace disputes. Source: AAP
त्यो सङ्ख्या भनेको कार्यक्षेत्रका विवादहरूलाई लिएर कदम चालिएको कुल सङ्ख्याको २० प्रतिशत हो।

अस्थायी भिसामा रहेकाहरू सँग सम्बन्धित विवादहरूलाई लिएर कार्यक्षेत्रहरूलाई लगभग ५० लाख डलर जरिवाना तिराइएको थियो र २० लाख डलर भन्दा बढी ठगिएको ज्याला उठाइएको थियो।
कर्णवीर सिंहले काम छोड्नु अगाडी ८ महिना बिना तलब काम गरेका थिए ; र उनले त्यसपश्चात् अम्बुड्स्म्यनमा आफूलाई नदिइएको २५ हजार डलर पाउनु पर्ने भन्दै उजुरी गरेका छन्।
भिक्टोरियाको युनियन सङ्गठन ट्रेड हल काउन्सिलकी सहायक सचिव करिना गार्ल्याण्डले उनको समस्या नयाँ नभएको बताएकी छन्।

उनका अनुसार भिसा रद्द हुने डरले प्राय आप्रवासीहरू यस्तो अवस्थामा सहयोग खोज्दैनन् र उनी भन्छिन् त्यसैले जहाँ कहीँ शोषण हुने गर्दछ।

"दुर्भाग्यवश आप्रवासीहरू माथि हुने विभेद कुनै एक पक्ष बाट मात्र भएको छैन, यो फरक फरक पृष्ठभूमिका मानिसहरूले अभ्यास गर्छन् जसमा आफ्नै पृष्ठभूमिका पनि हुन्छन्।"
कर्णवीर भन्छन् उनले आफ्नै देशको मान्छेबाट शोषण होला भनेर कल्पना पनि गरेका थिएनन्।
"आफ्नै देशको मान्छेले यस्तो गर्‍यो भन्नु असाध्य लाजमर्दो हो "

सिंहको रोजगारदाताले उनको भिसा रद्द गराएको छ तर अहिले उनको निवेदन अदालत समक्ष रहेकाले उनी ब्रिजिङ्ग भिसामा रहेका छन्।

र उनलाई अस्ट्रेलियामा भविष्य हुनेमा धेरै ठुलो आशा छ।

" सायद अबका दुई वर्ष जतिमा मैले आफ्नै रेस्टुरेन्ट किन्छु होला। अस्ट्रेलियालीहरू सेवा गर्न। "



Share
Published 22 June 2019 2:11pm
Updated 24 June 2019 12:46pm
By SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand