आइसिसी वरीयतामा पारसले मारे ठुलो छलाङ

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले हालै सार्वजनिक गरेको वरीयता क्रममा निकै सुधार गरेका छन्।

Titanic Launch of ICC World Twenty20 Qualifier 2015

Nepali cricket team captain Paras Khadka Source: Oliver McVeigh / ICC / SPORTSFILE (Photo by Sportsfile/Corbis via Getty Images)

क्रिकेटको सबैभन्दा छोटो संस्करण अर्थात् टि-२० तर्फको ब्याटिङ र अलराउण्डर तर्फ खड्काले राम्रो छलाङ मारेका हुन्। 

बुधवार सार्वजनिक भएको ब्याटिङ तर्फको वरीयतामा उनी ४१७ रेटिङ सहित ६६औं स्थानमा पुग्न सफल छन्। 

योसँगै खड्का अन्तर्राष्ट्रिय क्रिकेटका हस्ती एवं भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी भन्दा एक स्थान माथि पुगेका छन्।

खड्का भन्दा एक स्थान माथि भने पाकिस्तानका खेलाडी मोहमद हफिज रहेका छन्। 

65 Mohammad Hafeez418
66 Paras Khadka417
67 MS Dhoni415
 

यसै गरी पारस खड्का, वेस्ट इन्डिजका प्रख्यात खेलाडी क्रिस गेल, श्रीलङ्काका कुशल मेन्डीस र भारतका सुरेश रैनाभन्दा पनि माथि उक्लिएका हुन्। 

गेल ७३औं स्थानमा रहेका छन् भने रैना ७५औं स्थानमा रहेका छन्। 

पछिल्लो वरियताक्रममा गेल, खड्काभन्दा सात र रैना नौ स्थान तल पुगेका छन्। 

अलराउण्डर तर्फको वरीयतामा पनि माथि

यस्तै अलराउण्डर तर्फको वरीयतामा खड्का २६औं स्थानमा पुगेका छन्। 

यो नेपाली खेलाडीका लागी हालसम्मकै सबैभन्दा उच्च वरीयता हो। 

उनीसँगै २६औं स्थानमा भारतका रैना र जिम्वावेका इल्टोन चिगुम्बुरा रहेका छन्। 

नेपालले हालै खेलेको मलेसिया विरुद्धको टि-२० शृङ्खला र टि-२० विश्वकप अन्तर्गत एसियाली छनोट प्रतियोगितामा गरेको प्रद्शर्नका आधारमा उनको वरीयतामा उल्लेखनीय सुधार आएको हो।
Paras Khadka with ICC T20 Qualifiers captains
Source: Facebook
यी तीन वटै खेलाडीको रेटिङ ९० रहेको छ। 

ब्याटिङ तर्फको वरीयता क्रमको शीर्ष स्थानमा८ सय २५ अङ्क सहित न्यूजिल्याण्डका कोलिन मुन्रो रहेका छन् भने दोस्रोमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन्। 

उनको ८१५ अङ्क रहेको छ। 

अरू खेलाडी खस्के

T20 Triangular Tournament - MCC, Nepal & The Netherlands
Sompal Kami and Basanta Regmi of Nepal at Lords during an international cricket match. Source: Nathan Stirk/Getty Images


कप्तान पारस खड्काको वरीयता उकालो लागिरहेको समयमा तीव्र गतिका बलर सोम पाल कामी र स्पिनर वसन्त रेग्मीको वरीयता भने खस्किएको छ। 

अलराउण्डरको वरियताक्रममा ४९ औँ स्थानसम्म पुगेका सोम पाल यस पटक ६७औं स्थानमा झरेका छन्। 

आइसिसीले सार्वजनिक गरेको अलराउण्डर विधामा पारस र सोमपालमात्र दुई नेपाली खेलाडी परेका छन्। 

बलिङ तर्फ पनि  कामीको वरीयता खस्किएको छ भने अर्का नेपाली बलर रेग्मी ७१औं स्थानमा झरेका छन्। 

मलेसिया विरुद्धको टि-२० प्रतियोगिता र टि-२० विश्वकप अन्तर्गत एसियाली छनोटमा औसत प्रदर्शन गरेका कारण उनी ७८औं स्थानमा झरेका छन्। 


Share
Published 9 August 2019 1:11pm
Updated 9 August 2019 1:16pm
By Pratichya Dulal


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand