Analysis

अस्ट्रेलियाको हस्पिट्यालिटी र पर्यटनमा अन्तर्राष्ट्रिय विद्यार्थीले असिमित काम गर्न पाउने

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा प्रति हप्ता २० घण्टा भन्दा बढी समय काम गर्न पाउने भएका छन्।

waiters

Temporary relaxation of working hours for student visa holders. Source: Wikipedia

मङ्गलवार घोषणा हुने सन् २०२१-२२ को आर्थिक बजेट कार्यक्रममा यस बारे नयाँ सरकारी नीति आउने बताइएको हो।

सरकारले कृषि, खाद्य प्रशोधन, स्वास्थ्य सेवा, अपाङ्ग सेवा र बालबालिका स्याहारसँगै अब यी दुई क्षेत्रलाई पनि 'महत्त्वपूर्ण' उद्योगको दर्जामा राख्ने बताइएको छ।
पाक्षिक रूपमा ४० घण्टाभन्दा बढि समय काम गर्न अनुमति
अध्यागमन मन्त्री एलेक्स हअकका अनुसार पर्यटन तथा आतिथ्य उद्योगले अस्ट्रेलियामा बसोबास गर्ने झन्डै पाँच लाख मानिसहरूलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरिरहेको अवस्थामा, नयाँ सरकारी व्यवस्थाले यी दुई क्षेत्रमा हाल देखा परिरहेको कामदारको अभावलाई परिपूर्ति गर्न ठुलो सहयोग मिल्नेछ।

साथै यस्तो कदमले कोभिड-१९ का कारण ओरालो लागेको अस्ट्रेलियाको अर्थतन्त्रलाई माथि उकास्न समेत टेवा पुग्ने उनी बताउँछन्।

"सरकारले राज्य तथा प्रदेशहरूका साथ-साथै उद्योगहरूलाई पनि ध्यान दिएर सुनेको छ र  कोभिड-१९ पछि आर्थिक सुधारका लागि महत्त्वपूर्ण मानिएका क्षेत्रहरूलाई सहयोग पुर्‍याउन यस प्रकारका परिवर्तन गरिरहेको छ," हअकले भने।
Indians coronavirus Australia flights, Alex Hawke, Scott Morrision
Immigration Minister Alex Hawke speaks about the hefty fine and jail term for those returning from India. Source: SBS/Sahil Makkar
कोरोनाभाइरस महामारीका कारण निकै समस्यामा परेका थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि मोरिसन सरकारको यस्तो कदमले ठोस् सहयोग पुग्ने देखिएको छ।

युनियन्स न्यु साउथ वेल्सद्वारा गरिएको एक सर्वेक्षणले अस्थायी तथा विद्यार्थी भिसामा रहेका थुप्रैले दैनिक गुजारा धान्नका लागि मात्रै पनि 'क्यास इन ह्यान्ड' काम गर्ने गरेको पाएको थियो।

हाल अस्ट्रेलियाभर विद्यार्थी भिसामा तीन लाख जतिको सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू रहेको सरकारी अनुमान छ जसले विद्यमान कानुन अनुसार पाक्षिक रूपमा ४० घण्टा काम गर्न पाउँछन्।
भिसामा पनि वद्लाव
समयावधि सम्बन्धी नियममा परिवर्तनसँगै सरकारले ती दुई क्षेत्रमा काम गरिरहेका वा काम गर्ने सोच बनाइरहेका अस्थायी भिसा वाहकहरूलाई पनि आफ्नो चालू भिसाको म्याद सकिनु ९० दिन अगावै ४०८ कोभिड-१९ भिसाको लागि आवेदन दिन सक्ने पनि व्यवस्था गरेको छ।

भिसा सम्बन्धी यस नयाँ व्यवस्थाले हाल अस्ट्रेलियामा रहेर म्याद सकिन लागेका मानिसहरूलाई थप १२ महिना अस्ट्रेलियामा कानूनसम्मत रूपमा रहन मद्दत गर्नेछ।

यस बाहेक अध्यागमन मन्त्री एलेक्स हअकले पशु चिकित्सकहरूलाई पनि प्राथमिकतामा परेका दक्ष कामदारहरूको सूचिमा राखिने बताएका छन्।
साथै उनले, भिसा सम्बन्धी व्यवस्थामा थप परिमार्जनहरू गरिने पनि सङ्केत गरे।

"मैले धेरै क्षेत्रबाट सुझाव र सल्लाह लिन जारी राखेको छु र निकट भविष्यमा अस्थायी भिसामा थप लचकता एवम् प्राथमिकतामा परेका सीपहरू सम्बन्धी थप घोषणा गर्ने छु," उनले भने। 
अन्तर्राष्ट्रिय सीमा सन् २०२२ सम्म बन्द रहने
सङ्घीय बजेटको पुर्वसन्ध्यामा एसबीएस न्युजसँग एक विशेष कुराकानीका क्रममा ट्रेजरर जस फ्राइडेन्बर्गले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बार कुनै पनि निर्णय स्वास्थ्य सुझाव आधारित हुने बताएका छन्।

सो अवसरमा उनले अस्ट्रेलियाको आप्रवासन सम्बन्धी कार्यक्रम सन् २०२२ देखि पुनः सुचारु हुने सक्ने आसा पनि व्यक्त गरे।

"मङ्गलवार घोषणा हुने बजेटमा हामीले यसबारे धारणा राखेका छौँ तर यो कार्यक्रमका लागि अर्को वर्षसम्मै कुर्नुपर्ने हुन्छ," फ्राइडेन्बर्गले भने।



"हामीले मेडिकल सल्लाह अनुसरण गर्नुपर्‍यो। अहिलेसम्म ती मेडिकल सल्लाहले अस्ट्रेलियालीलाई सुरक्षित राख्न मद्दत पुर्‍याएको छ, चिकित्सा सल्लाहले अस्ट्रेलियामा भाइरसलाई कम राख्न मद्दत पुर्‍याएको छ, र स्वास्थ्य अवस्थाको साथ हामीले बलियो आर्थिक सुधार पाएका छौँ, र यो अत्यन्त महत्त्वपूर्ण छ कि हामी सीमाको सम्बन्धमा स्वास्थ्य सल्लाह अनुसरण गर्न जारी राख्नेछौँ।"

प्रधानमन्त्री स्कट मोरिसमले पनि सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशको सीमा बन्द नै रहने बताएका छन्।

आइतबार न्युज कर्पका पत्रिकाहरूमा अस्ट्रेलियाको सीमा 'अनिश्चित कालका लागि' बन्द रहने बारे समाचार छापिएको थियो।

फेसबुकमा उक्त समाचारका केही अंश सही नरहेको बताउँदै मोरिसनले अस्ट्रेलियाको सीमा चिकित्सा सल्लाह अनुरूप मात्र रहने स्पष्ट पारेका छन्।

Share
Published 10 May 2021 2:03pm
Updated 10 May 2021 2:18pm


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand