साउथ अस्ट्रेलिया ६ दिन बन्द रहने,अत्यावश्यक बाहेक सबै सेवा बन्द

कोभिड–१९ का मामला बढ्दै जाँदा साउथ अस्ट्रेलियाले आज राति देखि ६ दिन लामो लकडाउन गर्ने भएको छ ।

Medical staff taking details from people who are queuing at the COVID-19 Testing facility at Parafield Airport in Adelaide, 17 November, 2020.

Medical staff taking details from people who are queuing at the COVID-19 Testing facility at Parafield Airport in Adelaide Source: AAP

कोरोना भाइरसलाई फैलन नदिने उद्देश्यले ”चरम उपाय” को श्रृखंला घोषणा गरिएको हो । 
 
६ दिने लकडाउनका क्रममा मानिसहरूलाई आफ्नो घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ भने अत्यावश्यक काममा लागि एक घर बाट एक जना मात्र बाहिर निस्कन पाउनेछन् । 
 
प्यराफिल्ड प्रकोपको नियन्त्रण र  पहिचानका लागि यो कदम आवश्यक रहेको प्रिमीयर स्टेभन मार्शलले बताएका छन् । 
 
हाल राज्यमा प्याराफिल्ड प्रकोप सँग जोडिएका २२ नयाँ मामला फेला परी सकेका छन् ।
 
साउथ अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले अनुसन्धानको महत्त्वपूर्ण चरणमा रहेको भन्दै ६ देखि १६ नोभेम्बर सम्म उडभिल पिजा बारमा खाना अर्डर गर्न पुगेका जो कोहीलाई पनि क्वारेनटिनमा बस्न र जँचाउन आग्रह गरेका छन् । 
 
आज मध्य रात देखि विद्यालय,पब,क्याफे,कफी शप, फुड कोर्ट ,टेकअवे सेवा,विश्वविद्यालय, अत्यावश्यक बाहेक सबै शल्यक्रिया, बाहिर हुने सबै खेल सँग सम्बन्धित व्यवसाय ,खाना र औषधि उत्पादन गर्ने कम्पनी बाहेक सबै बन्द रहनेछ ।
अवस्था हेरीकन ६ दिन पछि केही खुकुलो गराइने अधिकारीहरूले बताएका छन् ।
 
यता न्यु साउथ वेल्स र साउथ अस्ट्रेलिया बिचको सीमा खुला रहँदा न्यू साउथ वेल्स राज्यका बासिन्दालाई अत्यावश्यक बाहेक सो क्षेत्रको भ्रमण नगर्न प्रिमीयर ग्लाडीज बेरीजिक्लियनले अनुरोध गरेकी छन् । 
 
साउथ अस्ट्रेलियामा कोभिड–१९ का मामला बढ्दै जाँदा  एन एस डब्लुका मानिसहरूलाई सावधानी अपनाउन प्रिमीयर बेरीजिक्लियनले अनुरोध गरेकी हुन् । 
 
प्रिमीयर बेरीजिक्लीयन भन्छिन् कि ”सीमा पूर्ण रूपमा खुल्ला छ तर अत्यावश्यक छैन भने आफ्नो यात्रालाई केही दिन पर सार्नुहोस् । ”
 
साउथ अस्ट्रेलिया नियन्त्रण भित्रै रहे पनि आफ्नो समुदायको सुरक्षाका निम्ति उक्त कदम चाल्न जरुरी रहेको उनले बताइन् ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।




 

Share
Published 18 November 2020 2:25pm
Updated 18 November 2020 4:43pm
By SBS News
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand