अमेरिकी राष्ट्रपतिको रुपमा जो बाईडेनले लिए शपथ

वाशिङ्गटनमा सम्पन्न एक समारोहकाबीच अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाईडेनले शपथ ग्रहण गरेका छन्। आजदेखि आधिकारिक रुपमा, अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा बाईडेनले पदभार सम्हाल्ने छन्।

Joe Biden has officially been sworn in as 46th President of the United States.

Joe Biden has officially been sworn in as 46th President of the United States. Source: Getty Images North America

उनीसँगै, उप-राष्ट्रपतिको रुपमा कमला ह्यारिसले पदभार ग्रहण गर्नेछिन्। अमेरिकी इतिहासमा महिला उप-राष्ट्रपतिको रुपमा  निर्वाचित भएको यो पहिलो पटक हो।

उक्त समारोहमा सम्बोधन गर्ने क्रममा, नवनिर्वाचित राष्ट्रपति बाईडेनले आफ्नो अमेरिकीहरुबिचमा रहनु पर्ने एकतामा आफ्नो प्रमुख ध्यान रहने  बताएका छन्।

“आजको दिन अमेरिकाको दिन हो, प्रजातन्त्रको लागि सुनौलो दिन हो,” भन्दै बाईडेनले आशा र नविकरणका साथ देश प्रगति मार्गमा लाग्ने उद्बघोष गरे।

७८ बर्षिय बाईडेन सबैभन्दा जेठो उमेरमा राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्। उता उप-राष्ट्रपति ह्यारिश भने, अमेरिकाको महत्वपूर्ण पदमा पुग्ने, दक्षिण एशियाली मूल रहेको पहिलो व्याक्ति भएकी छिन्। ह्यारिशकी आमा भारतबाट अमेरिका बसाई सरेकी थिइन्।  

आज भएको समारोहमा, अमेरिकी गायिका लेडी गागा र जेनिफर लोपेजले पनि सांगितिक प्रस्तुति गरेका थिए।
यता अस्ट्रेलियाकका प्रधानमंत्री स्कट मरिशनले नव निर्वाचित राष्ट्रपति तथा उप-राष्ट्रपतिलाई शुभ-कामना सन्देश पठाएका छन्।

ट्वीटरमा प्रकाशित उक्त सन्देशमा, प्रधानमंत्री मरिशनले अमेरिका र अस्ट्रेलियाबिचको सम्बन्ध निकै महत्वपूर्ण रहेको बताउदै, नयाँ प्रशासनसँग सहकार्य गर्न इच्छुक भएको बताएका छन्।
सिड्नीको समय अनुसार आज बिहान भएको उक्त शपथ ग्रहण समारोहमा, एक २२ बर्षीय एमण्डा गोरम्यानले ‘द हिल वि क्लाईम्ब’ नामक कविता पाठ गरेर नयाँ युगमा आउने आशाको संचारलाई इंगित गरेकी थिईन्।

नवनिर्वाचित राष्ट्रपतिले पुर्व प्रशासनका निर्णयहरुलाई तुरुन्तै उल्टाउने र कतिपय क्षेत्रहरुमा नयाँ निर्देशनहरु जारी गर्ने बताईएको छ।  जलवायु सम्बन्धिको मुद्दा देखि लिएर अहिले फेलिएको कोरोनाभाइरस नियन्त्रणको विषयमा पनि आजैदेखि नयाँ दिशा निर्धारित गरिदै छ।
यसैबिच, राष्ट्रपतिय भवन व्हाईट हाउस खाली गर्नु अघि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकाको भविष्य निकै उज्जवल रहेको बताएका छन्। उनले आफ्नो प्रशासनले निकै श्रम गरेर अमेरिकालाई उच्च अवस्थामा राखेको पनि दावी गरे।

त्यस्को लगत्तै उनी फ्लोरिडामा रहेको आफ्नो निवासस्थान फर्केका छन्।

 


Share
Published 21 January 2021 11:11am
Updated 21 January 2021 11:15am
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand