उज्वल थापाको निधन नेपाली राजनितीमा ठुलो धक्का

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गरेका विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन प्रति नेपाल लगायत अस्ट्रेलिया एवम् अन्य मूलकमा बसोबास गर्ने नेपालीहरूले गहिरो दु:ख व्यक्त गरेका छन् ।

Ujwal B Thapa

Ujwal Thapa was a Nepali active political activist and an entrepreneur. Source: WhyNepal.com

उज्वल थापाको निधन प्रति प्रधानमन्त्री के पी शर्मा ओली लगायत नेपाली राजिनितीका अधिकांश वरिष्ठ नेतृत्वले समवेदना प्रकट गरेका छन् ।

नेपाली काँग्रेसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले ट्विटर मार्फत उज्ज्वल थापा प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

हिजो स्थानीय समय अनुसार साँझ ४ बजेर २५ मिनेटमा उपचारको क्रममा उनको निधन भएको परिवारले विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।

थापाको निधन पछि समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक अभियानका अगुवाको निधनले देशलाई अपूरणीय क्षति भएको बताएका छन् ।

“उहाँको निधन पश्चात् पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ,” ट्विटर मार्फत उनले भने ।
यसै गरी विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक एवम् पूर्व पत्रकार रवीन्द्र मिश्र लेख्छन् “नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनितीमा अपूरणीय क्षति पुगेको छ,खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक,सामाजिक,आर्थिक,जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिक समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिन विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ । ”

यता ट्विटर मार्फत नै चौधरी ग्रुपका अध्यक्ष एवम् व्यवसायी विनोद चौधरीले समुन्नत राजनीतिक प्रणाली निर्माणका लागि उनले देखेको सपना चाडै पुरा हुने आशा व्यक्त गरेका छन् ।
यसैबिच अस्ट्रेलियाली रहेका नेपाली समुदायका सदस्य एवम् अगुवाहरूले पनि उज्ज्वल थापाको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

सामाजिक सेवामा सक्रिय डिला खरेलले उज्ज्वल थापाको परिवारको सार्वजनिक वक्तव्य साझा गदै गहिरो दुख व्यक्त गरेका छन् ।

यसै गरी नीराजन अधिकारी लेख्छन् “देशले एक असल व्यक्ति गुमायो,हामीले एक आदर्श व्यक्ति गुमायौं।”

पूर्व पत्रकार ऋषि बुढाथोकी फेसबुक मार्फत लेख्छन्, “जब जब मुलुकलाई आवश्यक व्यक्तिहरूको उदय हुन थाल्छ तब तब ती व्यक्तिहरूको यसरी नै अल्पायुमा देहावसान हुन्छ या त मारिन्छन्, लाग्छ सायद हाम्रो मुलुक सम्पन्न हुन लेखेकै छैन।”
Ujjwal thapa
Source: Instagram
वैकल्पिक राजनीतिक दलका रूपमा चिनिएको विवेकशील साझा दलका संस्थापक अध्यक्ष उज्वल थापाको मङगलबार कोरोना सङ्क्रमणका कारण ४४ वर्षको उमेरमा निधन भएको हो ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेका थापाको विगत केही दिन यता काठमाडौँ स्थित मेडीसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

स्वास्थ्य अवस्था निकै नै जटिल बने पछि उनलाई इक्मो प्रविधिबाट उपचार भइरहेता पनि स्वास्थ्यमा कुनै सुधार भने आएको थिएन ।
Ujwal Thapa
Source: WhyNepal.com
लाभको पदमा नपुगे पनि उनी बिरामी भएपश्चात् विश्वभरका नेपालीले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

थापाको उपचारका लागि देश तथा विदेशबाट २४ घण्टाको समयमा करिब ५० लाख रुपैयाँ उठेको थियो ।

अमेरिकामा आइटी विषयमा अध्ययन गरेर नेपाल फर्किएका उज्वल थापाले नेपालमा व्यवसायसँगै राजनीतिमा हात हालेका थिए।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा भाग लिएको उनको पार्टीले उल्लेख्य मत ल्याउन नसकेपछि रवीन्द्र मिश्र को दलसँग सहकार्य गरेको थियो ।

पछिल्लो समय थापाले पार्टी नेतृत्व मिलन पाण्डेलाई सुम्पिएका थिए ।


Share
Published 2 June 2021 12:26pm
Updated 2 June 2021 1:50pm
By SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand