स्वास्थ्यका लागि समुन्द्रको पानी: तर जोखिम के-के छन् त ?

समुन्द्रको पानीमा नुहाउँदा शरीरले फुर्तिलोपन र नयाँ ऊर्जा प्राप्त गर्दछ भन्ने प्रमाणित भइसकेको छ। तर अस्ट्रेलियामा गर्मी महिना सुरु हुँदै गर्दा समुन्द्रको पानीमा नुहाउन उत्साहित सबैले खुल्ला पानीमा नुहाउने चुनौती लिनु पूर्व केही कुरा बुझी राख्नु जरुरी हुन्छ।

woman floating on back in  water,  sky in background

Source: Stockbyte

५३ वर्षीय स्टुअर्ट एलेन ले ३० वर्ष अगाडी देखि खुल्ला समुन्द्रको पानीमा पौडी खेल्न थालेका हुन्। उनले त्यही बेला देखि नै समुन्द्रको पानीमा पौडी खेल्दा बेग्लै आनन्द र स्वतन्त्रताको अनुभव गर्न थालेका थिए।

उनी भन्छन्, 'चाहे सफा मौसम भएको उत्कृष्ट दिन होस् या, पानी पर्न लागेको र आँधी आइरहेको समय होस् , समुन्द्रमा नुहाउँदा स्फूर्तिदायक अनुभूतिका आउने गर्दछ।'

डा. सर्जियो डिएज अल्भारेज न्युक्याशलको मेटल्याण्ड र कुर्री कुर्री होस्पितलका निर्देशक हुन्। उनी भन्छन् अध्ययनहरूले समुन्द्रको पानी डुबुल्की मात्र मार्दा पनि असङ्ख्य स्वास्थ्य फाइदा पाउन सकिन्छ।

उनका अनुसार समुन्द्रको पानीको सम्पर्कमा रहँदा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुने गर्दछ। "यस्तो पानीमा नुहाउँदा ह्वाइट सेल काउन्टमा पनि वृद्धि आउँछ साथै हाम्रा सम्पूर्ण अङ्गहरूलाई नियन्त्रणमा राख्ने प्यारासिम्पेथेटिक स्नायु प्रणालीमा ल्याउँछ।"
डा. अल्भारेज भन्छन् ,"पानी मात्रले पनि तपाइको छालाको अवस्थामा केही हदसम्म सुधार ल्याउँछ किनकि समुन्द्रको पानीमा खनिज पदार्थ प्रशस्त पाइन्छ जसले गर्दा छालामा सुरक्षा कवज जस्तै काम गर्छ।"
डा डिएज अल्भारेज व्याख्या गर्छन् प्रौढ व्यक्तिहरूका लागी समुन्द्रमा गएर शारीरिक व्यायाम गर्नु विशेष गरी मुटु रोग बाट पीडित हुने सम्भावना भएका हरूलाई लाभप्रद हुन्छ।

उनले नयाँ व्यायाम सुरु गर्नु पूर्व चिकित्सकको सल्लाह अनुसार आफ्नो मुटु रोग जोखिमका बारेमा जानकारी लिन सुझाएका छन्।

२०१८ को राष्ट्रिय सामुन्द्रिक सुरक्षा रिपोर्टले ६४ प्रतिशत अस्ट्रेलियाली वयस्कहरू ५० मिटर सम्म नरोकी कन समुन्द्रमा पौडी खेल्न नसक्ने देखाएको छ।
त्यस्तै, ४५ प्रतिशतले पौडी खेल्नै सक्दैनन् वा कमजोर पौडीवाज छन्।

एलेनले देखेका छन् कि धेरै अनुभवी स्विमिङ्ग पुलमा खेल्ने पौडीवाजहरू पनि खुल्ला पानीमा आत्तिने गर्दछन्।
रोयल लाइफ सेभिङ्ग द्वारा यही वर्ष सार्वजनिक गरिएको विदेशमा जन्मिएका डुबेर मृत्यु हुनेहरू बारेको १० वर्षको राष्ट्रिय अध्ययनले, अस्ट्रेलियामा डुबेर ज्यान गुमाउने हरूमा ४ जना मध्ये एक जना विदेशमा जन्मिएकाहरू हुने गरेका छन्।
गोल्ड कोस्टमा रहेको खुल्ला पानीमा पौडी खेल सम्बन्धी एक क्लबका अध्यक्ष स्टिभ कोर्निलिअस विश्वास गर्छन् डुबेर मृत्यु हुनुको पछाडि अस्ट्रेलियाका खुल्ला पानीमा पौडी खेल्ने तरिकाबारे जानकार नहुनु प्रमुख कारण हुन सक्छ।

"धेरै मानिसहरू अस्ट्रेलियामा नयाँ छन् र उनीहरूको पौडी खेल्ने क्षमता भएको पृष्ठभूमि पनि छैन।"

एक जापानी ४० वर्षीय महिलाको उदाहरण दिदैं उनी भन्छन्, "उनलाई छालहरू आउँदा जान्नै पर्न्ने पौडी कला मध्येको एक डक डाइभ गरेर एउटा छाला आएको क्षेत्र काट्न ६ पटक प्रयास गर्नु पर्‍यो।"
water safety
Source: SBS
स्टुअर्ट एलेन समुन्द्रका बारेमा धेरै जानकारी नभएकाहरूले सहयोग र साथका लागी क्लबहरूमा आबद्ध हुनु पर्ने सुझाउँछन्।

न्यु साउथ वेल्स वातावरण र सम्पदा अन्तर्गतको बिचवाच कार्यक्रम कि योजना तथा जोखिम व्यवस्थापक डा मेरेडिथ क्याम्पे ठुलो वर्षा पश्चात् समुन्द्रमा पौडी नखेल्न सुझाउँछिन्।

उनका अनुसार मुसलधारे पानी पश्चात् समुन्द्रको पानी दुषित हुने भन्दै विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्ध वृद्धाले जीवाणुहरूबाट सर्ने रोगहरू बाट बच्न विशेष ध्यान दिनु पर्दछ।
अस्ट्रेलियामा सबै भन्दा ठुलो सामुन्द्रिक जोखिम भनेको सार्क आक्रमण हो भन्ने धेरैको सोचाई हुन्छ। तर सर्फ लाइफ सेभिङ्ग अस्ट्रेलियाको अध्ययन अनुसार रिप करेन्ट चाहिँ अस्ट्रेलियाको सबैभन्दा ठुलो सामुन्द्रिक जोखिम हो। जसले सामान्यतया वर्षमा १९ जना जतिको ज्यान लिने गरेको बताइन्छ।
कोर्निलिअस जहिले पनि रिप करेन्ट नरहेको स्थानलाई दुई झन्डा बिच राखिएको हुनाले त्यस्तो स्थानमा मात्र पौडी खेल्न सुझाउँछन्।


Share
Published 17 December 2018 3:46pm
Updated 18 February 2019 2:49pm
By SBS Nepali
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand