आदिवासी समुदायको पहिचान: अस्ट्रेलिया डे र यसको अर्थ

प्रत्येक बर्ष २६ जनवरीका दिन अस्ट्रेलियाको भूभागमा ब्रिटिस उपनिवेशको शुरुवात भएको दिनमा हेरिन्छ। तर यो दिनले बेग्ला बेग्लै समूहलाई भिन्न अर्थ दिन्छ।

Protestors are seen crossing the Victoria Bridge during the Invasion Day rally in Brisbane.

Protestors are seen crossing the Victoria Bridge during the Invasion Day rally in Brisbane. Source: SBS News

यस दिनलाई “बार्षिक दिवस”, “आगमनको पहिलो दिन”, “फाउण्डेशन दिवस” लगायतले पहिले चिनिए पनि, सन् १९९४ पछि भने आधिकारिक रुपमा “अस्ट्रेलिया डे” वा “अस्ट्रेलिया दिवस”को रुपमा यस दिनलाई मनाईन्छ।

तर यो दिनलाई अस्ट्रेलियाको आदिवासी समुदायले बेग्लै रुपमा हेर्ने गरेको छ। 

उक्त समुदायले सन् १९३८ देखि यो दिनलाई “शोक दिवस”को रुपमा मनाउने गरेका छन्। 

पछिल्ला दिनहरुमा भने यो दिनलाई “अतिक्रमण दिवस”को रुपमा हेर्ने गरिएको छ।

यसै कुरालाई ध्यानमा राखेर, देशको आदिवासी समुदायसँगको सम्बन्धलाई ‘आवाज’, ‘पहिचान’, ‘सार्वभौमिकता’ र सन्धि जस्ता शब्दहरुले व्याख्या गरिएको देखिन्छ।
बाहिरबाट हेर्दा, यि शब्दहरु व्याख्या गर्ने सेतूको रुपमा मात्र देखिए पनि- यहाँको आदिवासी समुदायलाई यी शब्दहरुलाई गहिरो अर्थ दिन्छ। यि शब्दहरुले ल्याउने कानूनी अधिकारले गर्दा आदिवासी समुदायको भविष्यमा, आउने दिनहरुमा, उनीहरुकै अझ बढी अधिकार र नियन्त्रण हुनेछ।

कतिपय समुदायले भने, २६ जनवरीको दिनलाई “अस्ट्रेलिया दिवस” वा अन्य कुनै दिनको रुपमा नमनाई मात्र २६ जनवरीको रुपमा मनाउछन्।

अस्ट्रेलियाको आदिवासी समुदायमाझ पनि- आफ्नो सार्वभौमिकतालाई पनि कसरी प्रतिनिधित्व गर्ने भन्ने कुरामा एकमत रहेको छैन। तर उनीहरु सबै ब्रिटिस उपनिवेश शुरु हुन अघि यस देशमा आदिवासि समुदाय र उनीहरुको संस्कार जिवित थियो भन्ने कुरालाई इंगित गर्न चाहान्छन्।
Indigenous australians Aboriginal migration
An Aboriginal elder paints a fellow elder before dancing at a cultural event near Uluru Source: AAP
यसै कारणले यस कुराकानीको शुरुवातमा   आवाज’, ‘पहिचान’, ‘सार्वभौमिकता’ र सन्धि जस्ता शब्दहरु सुनिन थालेका हुन्। 

यसका लागि गरिनु पर्ने संवैधानिक परिवर्तन पनि त्यति सजिलो छैन। विभिन्न विचारहरुको माझमा अहिले सन् २०१७ अनागु (हालको उलरु) क्षेत्रमा गरिएको छलफल सबैभन्दा अघि रहेको छ। 

त्यस सुझावहरुलाई “उलरु स्टेटमेन्ट अफ द हार्ट” भनेर पनि चिनिन्छ। यस सुझावले आदिवासी समुदायले संसदमा आवाज उठाउन पाउने एउटा बाटो खोल्ने कुरा “फ्रम द हार्ट” अभियानमा लागेका डिन पार्किन बताउछन्। 

तर कतिपयले भने, संसदमा आवाज भन्दा पनि सरकारसम्म पुर्‍याउन सक्ने आवाजको व्यवस्था हुनु पर्ने कुरामा जोड दिन्छन्। 

हालका आदिवासी सम्बन्धका मंत्री केन व्याटले पनि यस कुरालाई उठाईरहेका छन्। तर यसको विमति राख्नेहरुले संवैधानिक प्रस्तावनामै आदिवासिको आवाजलाई समाएको खण्डमा यो प्रभावकारी हुने बताउछन्।
LISTEN TO
हृदय देखिको उलुरु वक्तव्य image

Nepali: The Uluru Statement from the Heart

SBS Nepali

04/11/202004:47
बुन्दालजङ्ग र कुङ्गाराकन क्षेत्रकी डानी लार्किनको भनाईमा मंत्री व्याटको सुझावले संवैधानिक औचित्यलाई पुरा नगर्ने भएकाले अपुर्ण रहेको छ।

तर कतिपयले भने सन्धिको कुरालाई अगाडी बढाईरहेका छण्। अस्ट्रेलियाको सरकार र आदिवासीबिच सन्धि हुनुपर्ने र यसले संसदमा आवाज पुर्‍याउने सक्ने अधिकारको पहिलो पाटो हुने बताउछन्।

न्युजिल्याण्ड, क्यानेडा, अमेरिकाले पनु आफ्ना आदिवासी समुदायसँग सन्धि गरेका छन्। गुनाई र गुन्डिचमराकी महिला लिडिया थोर्प पनि सन्धिनै सरकार र आदिवासीबिचको पहिलो खुड्किलो हुनुपर्छ भनि बताउछिन्। 

हाल भिक्टोरिया राज्यका लागि ग्रिन्स पार्टिकी सांसद रहेकी थोर्पले सन् २०१७ मा हँदै गरेको छलफलबाट मतभेद भएपछि बाहिरिएकी थिईन्।
उनको विचारमा २४० बर्षभन्दा पहिलेदेखि आदिवासी समुदायमा हुँदै गरेको अन्यायलाई पहिचान गर्ने पहिलो कदमनै सन्धि हो। 

त्यस्तै ‘वारियर्स अफ द एबोरिजिन रिजिस्टन्स’ समूहले भने सार्वभौमिकतालाई प्राथमिकता दिएको छ। सन्धिसँगै सार्वभौमिकताले यहाँको आदिवासी समुदायलाई आवाज अनि अधिकार दिने यस समूहका बो स्पिरम बताउछन्।

अस्ट्रेलियाको सरकारले आदिवासी समुदायलाई आवाज दिने उपयुक्त माध्यम निर्माणका लागि – राष्ट्रिय, क्षेत्रिय र स्थानिय गरेर तिन समिति बनाएको छ।
Scenes In The Winter Light Of Australia
The red rock face of Uluru at sun set, the sacred home for thousands of years of the Yankunytjatjara and Pitjantjatjara people. Source: Getty Images AsiaPac
यसमा संलग्न प्राध्यापक टम काल्माले सरकार समक्ष विभिन्न सुझावहरु जाने र यसको व्यापक छलफल पछि उपयुक्त माध्यम छानिने बताउछन्।

सन् २०२२ मा हुने चुनाव अघिनै यससम्बन्धमा निर्णय हुने बताउदै- यो कार्य सजिलो नबएको बताउछन्।

सरकारले भविष्यमा पारित गर्न लागेको यस विषयमा विमति हुनेहरुले पनि नयाँ माध्यमले ल्याउन सक्ने अवसरको उपयोग गर्न प्राध्यापक काल्मा सल्लाह दिन्छन्।

 


Share
Published 25 January 2021 1:47pm
Updated 12 August 2022 3:10pm
By Essam Al-Ghalib, NITV
Presented by SBS Nepali
Source: NITV


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand