"जातीय विभेद अनुभव गर्ने अधिकांस विद्यार्थी गुनासो दर्ता गर्न डराउँछन्"

The COVID-19 pandemic has seen a spike in racism.

The COVID-19 pandemic has seen a spike in racist incidents. Source: AAP

बहुसास्कृतिक पुष्ठभुमीबाट आएका युवायुवती  भिक्टोरियामा जातीय दुर्व्यवहारको सिकार भएको एक सर्वेक्षणले  देखाएको छ ।
 
सर्वेक्षणमा सहभागी मध्ये करिब ६ प्रतिशतले दुर्व्यवहार परे पनि यसका बारेमा कहीँ कतै गुनासो नगरेको बताए भने आधा भन्दा बढीले यस्ता घटनाहरू बेवास्ता गर्ने बताए ।

भूतपूर्व अन्तर्राष्ट्रिय विद्यार्थी हश्विना बिमलाराजनलाई मेलर्वनमा महामारीको समयमा जीवन जिउनु निकै चुनौतीपूर्ण बन्यो  । र यसको कारण थियो जातिवाद ।
"चौथो चरणको लकडाउनको बेला ट्र्याम बाट ओर्लँदै थिए एक मानिसले म सँग चर्को स्वरमा बोल्दै उनीहरूका लागि बाटो छाड्न आग्रह गर्‍यो जब कि उसको र मेरो बिचमा आवश्यक दुरी थियो । त्यसपछि उनीहरू अर्को दिशामा र म अर्को दिशामा गए । यो घटनाको मलाई सार्वजनिक रूपमा अझै बढी सतर्क बनायो ।"

भारतमा जन्मिएर मध्यपूर्वमा हुर्किएकी हश्विना हाल वातावरण वैज्ञानिकका रूपमा मेलबर्नमा काम गर्छिन्  । महामारीका बेला आफू माथि जातिवादको व्यवहार नहोस् भन्नका लागि उनले आफ्नो जीवनयापन मै  परिवर्तन ल्याउनुपर्‍यो । 
International students
First batch of international students expected to return to Australia in late October. Source: Getty Images
उनी भन्छिन् “चौथो चरणको लकडाउनको बेला ट्र्याम बाट ओर्लँदै थिए एक मानिसले  म सँग चर्को स्वरमा बोल्दै उनीहरूका लागि बाटो छाड्न आग्रह गर्‍यो जब कि उसको र मेरो बिचमा आवश्यक दुरी थियो । त्यसपछि उनीहरू अर्को दिशामा र म अर्को  दिशामा गए । यो घटनाको मलाई सार्वजनिक रूपमा अझै बढी सतर्क बनायो । ” 
करिब ८५ प्रतिशत प्रवासी युवाहरूले कम्तीमा पनि एक पटक भेदभावको घटना आफू सँग भएको उल्लेख गरेका छन् भने ३२ प्रतिशतले आफू सँग यस्ता घटना कम्तीमा पनि ६ पटक भइसकेको बयान दिएका छन् ।
यो अनुभव बहुसास्कृतिक पृष्ठभूमिबाट आएका युवाहरूले अनुभव गरेको जातीय भेदभावको रर्पोटमा उल्लेख गरिएको एउटा उदाहरणमा मात्र हो ।
 
करिब ८५ प्रतिशत प्रवासी युवाहरूले कम्तीमा पनि एक पटक भेदभावको घटना आफू सँग भएको उल्लेख गरेका छन् भने ३२ प्रतिशतले आफू सँग यस्ता घटना कम्तीमा पनि ६ पटक भइसकेको बयान दिएका छन् । 
 

भिक्टोरियामा बहुसास्कृतिक युवाहरूको प्रतिनिधित्व गर्ने संस्थाले लकडाउनको तेस्रो चरणका क्रममा  गत जुनमा गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेर समूहका ३ सय ७६ युवाहरूका भाग लिएका थिए । 
 

अनुसन्धानको निष्कर्ष लेखनमा सहभागी अस्ट्रेलियन नेशनल युनिभर्सिटीकी नाओमी प्रिस्ट भन्छिन् कि केही निश्चित आप्रवासीहरू लक्षित जातिवाद विभेदको बढी खतरामा छन् ।
 
सर्वेक्षण निष्कर्षले जातिभेदको सिकार भए पनि युवाहरू यसबारेमा कुरा गर्न वा यसको बारेमा गुनासो गर्न हिचकिचाउने गरेको देखाउँछ । यस्तो अनुभव गर्ने तिन मध्ये एकले मात्र यसका बारेमा आफ्नो परिवार वा साथी सँग कुरा गर्ने बताए भने भने ५० प्रतिशतले यसलाई बेवास्ता गर्ने बताए । केवल ६ प्रतिशतले मात्र यसको बारेमा गुनासो दर्ता गर्ने गरेको बताएका छन्  । 
 
विमलाराजन भन्छिन्  व्यक्तिगत सुरक्षाका डरका कारण जातिभेदको रिपोट गर्न उनी हिच्कीचाईन् ।
 
व्रिस्वेनमा जन्मिएका चिनिया इटालियन मूलका टिम लो सरडोले दुई वर्ष अघि जातिभेद सँग लड्नका लागि “डेमोक्रेसि इन कलर” नामको सङ्गठन स्थापना गरेका छन् । उनी  महामारीका बेला पनि जातीय विभेदका बारेमा खडा हुनु पर्ने कल्पना आफूले नगरेको बताउँछन् ।
 
बढी रहेको जातीय भेदका कारण आफू अक्टोबर चार देखि श्रृखंलाबद्ध रूपमा भेदभाव सम्बन्धी कार्यशालाहरू गर्न उनी उत्प्रेरित भएको बताउँछन् । उत्त कार्यशालाले जातीय दुर्व्यवहार हुँदा यसका विकल्पहरूका बारेमा व्याख्या गर्छ ।
विमलाराजन अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया भित्रन साथै यसका विषयमा जानकारी आवश्यक परामर्श दिनु राम्रो हुने बताउँछिन् ।

सर्वेक्षणकी सह लेखक डाक्टर प्राईस्ट प्रवासी युवाहरूलाई यस्ता घटनाको आधिकारिक गुनासो गर्न सजिलो बनाउन कढा खालको संयन्त्रको
 
आवश्यकता पर्ने बताउँछिन् । जातियबाद विरुद्ध राष्ट्रिय रणनीति आवश्यक भएकोमा उनले जोड दिन्छिन् ।


Share
Published 8 October 2020 12:31pm
Updated 8 October 2020 12:54pm
By Biwa Kwan
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand