मानसिक स्वास्थ्य: "दक्षिण सिड्नीमा मात्र ३६० नेपालीहरु अस्पतालमा भर्ना"

Mental health training session in Sydney for Nepali community.

Mental health training session in Sydney for Nepali community. Source: Sunita Pokharel

मानसिक समस्या र प्रभावितहरुको सहयोग बारे नेपाली समुदायलाई सुसुचित गर्ने उद्देश्यका साथ् सिड्नीमा शनिबार मनासिक स्वास्थ्य प्राथमिक उपचार सम्बन्धि तालिम संचालन भएको छ। कार्यक्रमका प्रशिक्षक तथा प्रमुख वक्ता भरत नेपालका अनुसार लगभग एक बर्षको अबधिमा सेन्ट जर्ज अस्पतालमा मात्र ३६० नेपालिहरु मानसिक स्वास्थ्य समस्याका कारण भर्ना भएको जानकारी आफुले पाए पछि सामाजिक दायित्व स्वरुप मानिसहरुको सचेतनाका लागि तालिम संचालन गरेको बताउछन।


कार्यक्रमबारे सहभागीहरु संगको पुरा कुराकानी सुन्नका लागि माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्।
मानसिक स्वास्थ्य बारे कुरा गर्न वा आफुलाई परेको समस्या बारे बताउँन मानिसहरु हिच्किचाउने कुरा नयाँ भने हैन। विज्ञहरुका अनुसार अस्ट्रेलियामा रहेको नेपाली समुदायमा पनि धेरैले मानसिक स्वास्थ्यमा समस्या हुनुलाई पागल वा मानसिक सन्तुलन बिग्रिएको भनेर बुझ्ने गरेको पाइन्छ।

कतिपयलाई मानसिक स्वास्थ्य बारे जानकारी भएरै पनि आत्मग्लानी र समाजमा आफु कसरि चित्रित हुन्छु भन्ने चिन्ताले परामर्श लिनेसम्मको साहस जुटाउन नसकेको पनि मनोचिकित्सकहरु बताउँछन्।

जसरी शारीरिक स्वास्थ्यलाई महत्व दिदै नियमित स्वास्थ्य परिक्षण गरिन्छा त्यसरीनै मानसिक स्वास्थ्यको सवालमा नेपाली समुदायमा खासै खुल्लापन आएको छैन।

सर्बप्रथम आफुलाई मानसिक समस्या छ भनेर स्वीकार्न गाह्रो हुने , यदि स्वीकारे पनि त्यसपछि के गर्ने भन्ने जानकारीको अभाब हुने र अन्ततः आफुले कहाँ सहयोग पाउछु भनेर थाहा पाइसके पनि सामाजिक द्रिस्टिकोणका बारेमा सोचेर कुनै कदम नचाल्नाले मानसिक समस्याको बिषय निकै जटिल बनेको हो ।

विभिन्न जिम्मेवारी हरुका साथ ठुला सपना बोकेर अस्ट्रेलिया आउने नेपाली समुदाय, प्राय परिवारका केहि सिमित सदस्यहरुका साथ नत्र एक्लै बस्दै आएका छन्। परिवारबाट टाढा रही नयाँ परिवेश र रहनसहनकाबीच आइपर्ने विभिन्न समस्याहरुको सामना गरिरहदा मानसिक तनाव हुने मनोचिकित्सकहरु बताउँछन्त।

यस्ता तनावहरुका कारण या गम्भीर प्रकृतिका घटनाहरु पछि मानसिक रुपमा पर्न सक्ने समस्याहरुका बारेमा नेपाली समुदायलाई सुसुचित गर्ने उद्देश्यका साथ् सिड्नीमा शनिबार मनासिक स्वास्थ्य प्राथमिक उपचार सम्बन्धि तालिम संचालन भएको छ।

कार्यक्रमका प्रशिक्षक तथा प्रमुख वक्ता भरत नेपाल, मानसिक समस्यालाई नेपाली समुदायले सकारात्मक सोचका साथ हेर्नु पर्नेमा जोड दिन्छन। अस्ट्रेलिया नेपाल पब्लिक लिंकका सल्लाहकार रहेका नेपाल यस्तो भएमा मानसिक समस्याबाट गुज्रिरहेकालाई खुलेर आफ्ना समस्या राख्न र आवश्यक सहयोग लिन मद्दत पुग्ने बताउछन। 


सन् २००९-१० मा लगभग एक बर्षको अवधिमा दक्षिण सिड्नीको सेन्ट जर्ज अस्पतालमा मात्र ३६० नेपालिहरु मानसिक स्वास्थ्य समस्याका कारण भर्ना भएको घटनालाई स्मरण गर्दै भरत नेपालले यो समस्यामा रहेकाहरुलाई सामाजिक दायित्व स्वरुप समुदायका मानिसहरुको सचेतनाका लागि तालिम संचालन गरेको बताउछन।

कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य समस्यालाई डिप्रेशन, ऐंगज़ाइइटी, कुलत र मानसिक सन्तुलन बिग्रनु भनि बर्गिकृत गरिएता पनि यसलाई मानसिक सन्तुलन बिग्रनु अर्थात साइकोसिससंग मात्र जोडिएका अनुभबहरु उदाहरणका रुपमा प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा पिडितलाई आहत हुने किसिमका अभिव्यक्तिहरु दिइने अनुभब साट्दा सहभागीहरु भावुक भए।
Presentation during mental health training in Sydney for Nepali community.
Presentation during mental health training in Sydney for Nepali community. Source: Sunita Pokharel


युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा परियोजना प्रबन्धक रहेकि अन्जना रेग्मी समग्र दक्षिण पुर्बी एसियामै मानसिक स्वास्थ्य समस्यालाई खुल्ला छलफलको बिषय नबनाइनुले मानसिक समस्या भएकाहरुले प्राथमिक चरणहरुमा सहयोग नपाउँदा ठुलो पीडाबाट गुज्रनु पर्ने गरेको बताइन।

दैनिकीमा केहि समस्या आउदा हुने पिर र चिन्तालाई सामान्य मानसिक प्रतिक्रियाको रुपमा लिने गरिन्छ। तर त्यहि सानातिना चिन्ताहरू बोकिरहदा मानसिक रुपमा एउटा व्यक्ति कति बिक्षिप्त हुन सक्छ र त्यसको नतिजा कति भयाबह हुनसक्छ भन्ने बेला बेलामा आउने आत्महत्याका खबरहरुले नै प्रष्ट पार्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए।

दुई दिने तालिमको अर्को सत्र आउदो शनिबार अर्थात जुन २ तारिखमा हुदैछ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand