स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक चहलपहल बढ्दो

Nepali woman voter during local election in Nepal 2017.

Source: AFP, Getty

आगामी मे १३ मा हुन लागेको स्थानीय तहको चुनावका लागि नेपालमा सबै राजनीतिक दलको चहलपहल बढेको छ।


नेपाल सङ्घीय संरचनामा गएसँगै नेपालमा ७५३ स्थानीय तह बनेका छन्, जसमा मे अन्तिममा वडाका सदस्यहरू र नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको चुनाव हुन लागेको हो।

सरकारका तीन तह अर्थात् सङ्घीय, प्रादेशिक र स्थानीय मध्ये यो तह सबैभन्दा जनताको नजिक मानिने भएकाले यस चुनावमा जनस्तरबाट धेरै चासो देखिएको छ।

सबै पार्टीहरू देशभर चुनावी प्रचार प्रसारमा लागेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयमा पार्टीको सङ्गठन बनाउने आह्वान गरेपछि उनी विवादमा परेका छन्।
रिपोर्ट सुन्नुहोस्।स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक चहलपहल बढ्दो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एक भाषणका क्रममा देउवाले भने,"जबसम्म स्कुलमा, स्कुलभित्र नेविसंघको न्युक्लिअस हुँदैन, गठबन्धनले तबसम्म…. भोलि आउने तिनै हुन्। एमाले होस्, माओवादी हुन्, यिनीहरू सबैले स्कुलमर् बनाएका छन् कमिटी"

"स्कुल कमिटीबाट आउने हुन्, माथि आउने भनेका तिनै युवा हुन्, विद्यार्थी हुन्। हाम्रो त काहीँ पनि छैन, के भएको यो?"

नेपालमा १८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने कानुन रहेको छ।
आउने भनेका तिनै युवा हुन्, विद्यार्थी हुन्। हाम्रो त काहीँ पनि छैन, के भएको यो?
हाल सत्तारूढ दलहरू नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले आगामी निर्वाचनमा पनि गठबन्धन बनाएर अघि बढिरहेका छन्। 

कतिपय ठाउँमा यी मध्ये एक पार्टीले मात्रै उम्मेदवार उठाइरहेका छन्।

कतिपय स्थानीय निकायमा भने गठबन्धनका दलहरूको कुरा नमिलेपछि यी दलहरूले आआफ्नै उम्मेदवार पनि उठाइरहेका छन्।
Prime Minister Sher Bahadur Deuba is set to face a vote of confidence in the House of Representatives on 18 July. Nepals Supreme Court reinstated its parliament on 12 July 2021, which was dissolved by former Prime Minister K.P. Sharma Oli in May 2021, and
Nepal's newly appointed Prime Minister Sher Bahadur Deuba looks on during the first parliament meeting in Kathmandu, Nepal, 18 July 2021. Source: EPA
पछिल्लो स्थानीय निर्वाचनमा एमाले सबभन्दा धेरै स्थानमा विजयी भएको थियो भने त्यसपछि नेपाली काँग्रेस र माओवादी पार्टी थिए।

हाल संसद्मा प्रमुख प्रतिपक्षी दल रहेको एमालेले एक्लैले सत्तारूढ गठबन्धनलाई टक्कर दिइरहेको छ।

नेपालमा मेयर र उपमेयर भिन्ना भिन्नै लैङ्गिकताका हुनुपर्ने कानुन रहेको छ, जसका कारण यो भन्दा अगाडिको स्थानीय निर्वाचनमा ठुलो सङ्ख्यामा महिलाहरू उपप्रमुख बनेका थिए।

सरकारका तीनै तहमध्ये स्थानीय तहमा सबभन्दा बढी महिला रहेका छन्।

स्थानीय तहका ३५,०४१ जनप्रतिनिधि मध्ये १४,३५३ अर्थात् ४० प्रतिशत भन्दा बढी महिला छन्, जसमध्ये १८ जना पालिका प्रमुख र ७०० जना उपप्रमुख रहेका छन्। त्यो प्रवृत्ति यस पटक पनि देखिने अपेक्षा गरिएको छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand