चीनको कदम पछि "कार्बन उत्सर्जन" घटाउन अस्ट्रेलियालाई दबाब

Thirty countries have pledged to achieve carbon neutrality. Australia and the United States are not among them.

Thirty countries have pledged to achieve carbon neutrality. Australia and the United States are not among them.

हालै संयुक्त राष्ट्रसङ्घमा भएको एक जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय बैठकका सहभागी विकसित मुलुकका वरिष्ठ नेताहरूले मौसम परिवर्तनका मुद्दामा एकबद्ध हुने प्रण गरेका छन् ।


सारा विश्वको ध्यान  कोभिड महामारीले खिचिरहेको बेला संसारमा ठुलो प्रभाव पार्ने जलवायु परिवर्तनको बारेमा भने कमैले ध्यान पुर्‍याइरहेका छन्।

तर चर्चा नहुँदैमा मौसम परिवर्तनको क्रम भने रोकिएको छैन ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख अन्टोनियो गुटेरेसले पेरिस सम्झौताको पांचौ वार्षिकोत्सवको अवसरमा अनलाइन मार्फत एक कार्यक्रमको आयोजना गरी सहभागी देशहरूलाई जलवायु परिवर्तन सम्बन्धी कडा लक्ष्यहरू घोषणा गर्न आग्रह गरे ।

भिडियो कन्फ्रेन्सिङको माध्यमबाट सहभागी विश्वका राजनीतिक नेता एवम् व्यापारिक समूहसँग कार्बन उत्सर्जन घटाउनका लागि के कस्ता प्रयास हुन सक्छन् भन्ने बारे छलफल भएको थियो। 

कार्यक्रममा गुटेरेसले वातावरण अनुकूलको रोजगारी सिर्जना गर्ने, प्रदूषण फैलाउने उद्योगहरूको अन्त्य गर्ने, जिवाशेसबाट उत्पादन हुने इन्धन अनुदानको अन्त्य गर्ने लगायतका ६ बुँदे जलवायु सम्बन्धी अवधारणका बारेमा छलफल गरेका छन् ।

छलफल भएका अन्य मुख्य बुँदाहरूमा सबै वित्तीय र नीतिगत निर्णयहरूमा जलवायु जाखिमका बारेमा छलफल हुने र सहकार्यमा अगाडी बढ्ने बारेमा एकबद्ध हुने निर्णय भएको छ । 
कार्यक्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाका कारणका हरित गृह ग्यास उत्सर्जनमा कमी आएको बताउँदै मानिसहरू कोरोनाभाइरस बारे अनजान रहेता पनि मौसम परिवर्तनको विषयबाट कहिल्यै अनजान नभएको कुरामा जोड दिए । 

युरोपियन युनियनकी प्रमुख उर्सुला फन डेर लियनले युरोप यसबारे सहकार्य गर्न आतुर रहेको बताइन् ।

उता चिनियाँ राष्ट्रपति सी जिन पिङले यस अघि भएका संयुक्त राष्ट्र सङ्घका बैठकहरूमा सन् २०६० सम्ममा कार्बन तटस्थता प्राप्त गरी सक्ने बताएका थिए । 

क्यानेडियन प्रधानमन्त्री जस्टिन  ट्रयुडोले जलवायु परिवर्तनको क्षेत्रमा आफ्नो मुलुक समर्पित रहेको कुरा व्यक्त गर्दै कोभिड-१९ बाट गुज्रँदै गदा मौसम परिवर्तनलाई पनि बिर्सन नहुने बताउँदै "कार्बन प्राइसिङ लिडरसिप" गठबन्धनमा सामेल हुन अन्य देशहरूलाई आग्रह गरे ।


 

 

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand