सन् २०२२–२३ का लागि भिसा सम्बन्धी नियममा हुने फेरबदलले तपाईँलाई कस्तो प्रभाव पार्ला?

Australia visa changes 2022-23 -SBS News

Australia visa changes 2022-23 Source: SBS News

नयाँ आर्थिक वर्षको सुरुवातसँगै भिसा सम्बन्धी केही नियमहरू पनि फेरबदल हुने भएका छन्।


जुलाई १ तारिखबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै भिसा सम्बन्धी नियममा केही फेरबदल हुने घोषणा भएका छन्।

जस अन्तर्गत दक्ष कामदारका लागि स्थायी बसोबासका लागि नयाँ मार्गहरू, वर्किङ्ग भिसामा आउनेहरूका लागि थप स्थान र सीमा बन्दका कारण टेम्पररी ग्र्याजुएट भिसा (४८५) को फाइदा लिन नपाएका मानिसहरूलाई रिप्लेसमेन्ट भिसा दिने जस्ता छन्।


भिसा शुल्क वृद्धि

माइग्रेसन एजेन्ट शम्भु कँडेलका अनुसार  वार्षिक रूपमा आउने परिवर्तन मध्ये भिसा शुल्क वृद्धि पनि एक हो। 

"अस्ट्रेलियाको इकोनोमीलाई कसरी सहयोग हुन्छ भनेर माइग्रेसन पोलिसीहरु चेन्ज भई राख्छन्,” एसबिएस नेपालीसँगको कुराकानीका क्रममा अध्यागमन एजेन्ट कँडेलले भने।

“त्यस मध्ये पहिलो भनेको सिपीइ इन्क्रीज हो, यसको अर्थ सबै भिसा शुल्कहरूमा तीन प्रतिशतको वृद्धि हुनेछ।”
शम्भु कँडेलसँग भिसा सम्बन्धी गरिएको पुरा कुराकानी यहाँ सुन्नुहोस् null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यस बाहेक जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्म जुन सुकै विषयमा पनि डिप्लोमा सकेका विद्यार्थीका लागि स्किल अकुपेसन नोमिनेट गर्ने क्राईटेरीया हटाइएको पनि शम्भु कँडेलले बताए।

“जो सुकैले पनि दुई बर्से स्टडी रिक्वाएरमेन्ट पुरा गरेको भए र जुनसुकै विषय पढेकाले पनि ग्रजुएट इन्ट्री अन्तर्गत भिसा हाल्न पाइन्छ,” कँडेलले भने।

यद्यपि यो नियम एक वर्षका लागि अस्थायी रुपमा ल्याईएको  कँडेलको भनाई छ।

टेम्परी गेज्रुएट भिसावाहकलाई रिप्लेसमेन्ट भिसा

जुलाई १ तारिखबाट लागु अर्को नियम भनेको  टेम्पररी गेज्रुएट भिसामा रहेका वा यस अघि सोही भिसा प्राप्त गरेर कोभिड–१९ का कारण बन्द भएको सीमाका कारण आफ्नो भिसाको पूर्ण उपयोग गर्न नपाएका मानिसहरूले रिप्लेसमेन्ट भिसाका आवेदन दिन सक्ने हो। 

तर त्यसका लागि योग्य हुन चाहिँ फेब्रुअरी १, २०२० वा त्यसपछि सो भिसा समाप्त भएको हुनुपर्ने सरकारी भनाइ छ।

यस बाहेक १ फेब्रुअरी २०२० र १५ डिसेम्बर २०२१ का बिचमा अस्ट्रेलिया बाहिर रहेको हुनु पर्ने नियम रहेको छ।
शम्भु कँडेल भन्छन् कोरोनाका कारण विदेशमा फसेका वा अस्ट्रेलिया आउन नपाएका मानिसहरूलाई रिप्लेसमेन्ट भिसा दिन्छौ भनेर सरकारले भनेको छ।

“१ फेब्रुअरी २०२० र १४ डिसेम्बर २०२१ काबिचमा ओभरसिज रहनु भएका र कोभिडका कारण रोकिनु भएका सबैलाई भिसा दिने भनेको छ,” कँडेलले एसबिएस नेपालीसँग भने।

तर यसका लागि १ जनवरी २०२७ भित्र उक्त भिसाका लागि आवेदन दिइसक्नु पर्ने पनि कँडेलले बताए।

गत नोभेम्बरमा सरकारले उक्त योजनाको घोषणा गरेको थियो, जसअन्तर्गत ३० हजार मानिसहरू लाभान्वित हुने सरकारले बताएको थियो।

थप सङ्ख्यामा वर्किङ्ग होलिडे भिसा

सीमा बन्दका कारण वर्किङ्ग होलिडे भिसामा मानिसहरू आउन नपाउँदा अस्ट्रेलियाली अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्न यस पटक सरकारले भिसा सङ्ख्या थप्ने बताएको छ। 

जस अन्तर्गत जुलाई एक तारिखबाट यस्ता भिसाको सङ्ख्यामा ३० प्रतिशत वृद्धि हुने छ।  

यस बाहेक मङ्गोलिया र ब्राजिलका नागरिकका लागि पनि वर्किङ्ग होलिडे भिसा खोलेको शम्भु कँडेल बताउँछन्।

“वर्किङ्ग होलिडे भिसा मङ्गोलिया र ब्राजिलका नागरिकहरूलाई पनि थप गरेको छ, ब्राजिलका नागरिकका हकमा ३० वर्ष माथि नभएका र सरकारले सहयोग गर्न नपर्ने पनि भनेको छ,” कँडेलले भने।

यस बाहेक हंगेरी, अस्ट्रिया र स्लोभिक रिपब्लिकका लागि थप स्थानहरू दिई भिसा सङ्ख्या १४०० पुर्‍याइएको  कँडेलले बताए। छ।
४०८ भिसामा पुन: आवेदन दिन मिल्ने

कोरोनाभाइरसका कारण आफ्नो भिसा म्याद सकिन लागेका वा सकिएका मानिसलाई वा केही विशेष क्षेत्रमा काम गर्नेका हकमा सरकारले ४०८ भिसा ल्याएको बताइन्छ।

यद्यपि यस भिसामा रहेकाहरूले पुन: यही भिसा वा विद्यार्थी भिसामा जान सक्ने प्रावधान भने रहेको शम्भु कँडेल बताउँछन्।

“सन् २०२१ मा अस्ट्रेलियन ल सोसाइटीले अस्ट्रेलियन सरकारलाई दिएको सुझाव अनुसार, सरकारले सेक्सन ४८ बार हटाएर कोभिड भिसा ल्याएको हो,” कँडेलले भने।

४०८ भिसा बाहकको हकमा “नो फर्दर स्टे”को कन्डिसन नभएको अवस्थामा अन्य कुनै पनि भिसाका लागि आवेदन दिन सकिने उनले बताए। 

विद्यार्थी भिसामा जान चाहे जेनुन टेम्पररी इन्ट्रान्स GTE भनिने क्राइटेरीयालाई राम्रोसँग सम्बोधन गर्नु पर्ने उनी बताउँछन्।

 

के नेपालबाट भिसा आवेदन दिएकाहरूलाई कढाई गरिएको हो?

“कढाई होइन रेगुलेट गरिएको हो जस्तो लाग्छ मलाई,” कँडेलले भने।

“पहिले ४/५ वर्ष पढाइमा ग्याप भएको वा फाईनान्सीएल कन्डिसन पनि नराम्रो भएकाहरूलाई भिसा दिइएको थियो तर अहिले नेपाल सरकारले लोनमा टाइट गरेको अवस्था र यहाँ पनि बढी भन्दा बढी रेगुलेट गर्न खोजेको छ,” उनले भने।

अत्यधिक भिसा आवेदन पछि भारतबाट एक टोली नेपालमा पुगी अध्ययन गरेको आफूले जानकारी पाएको पनि कँडेलले बताए।

नेपालमा बैंकहरूले ऋण दिन कढाई गरेका कारण पनि भिसा कम लागेको हुन सक्ने उनको भनाइ छ। 

 

नोट: यहाँ दिइएको जानकारी सामान्य मात्र हो, जुन तपाईंको वास्तविक अवस्थाका लागि उपयोगी नहुन पनि सक्दछ। आफ्नो भिसा सम्बन्धि प्रश्नका लागि अध्यागमन बिभाग वा आफ्नो अध्यागमन एजेन्टसँग सम्पर्क गर्नुहोस् ।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand