आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा भिक्टोरियाकी एक आमालाई जेल सजाय

SAKINA MUHAMMAD JAN COURT

Sakina Muhammad Jan (right) arrives for sentencing at the County Court of Victoria in Melbourne, Monday, July 29, 2024. Jan is being sentenced for forcing her daughter to marry a man who then murdered her. (AAP Image/Diego Fedele) NO ARCHIVING Source: AAP / DIEGO FEDELE/AAPIMAGE

आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा एक महिलालाई जेल सजाय सुनाइएको छ। विवाह पछि ती २१ वर्षीय महिलाका श्रीमानले उनको हत्या गरेका थिए। अस्ट्रेलियामा जबरजस्ती विवाह गराउने मामिलामा कसैलाई दोषी ठहर गरी सजाय सुनाइएको यो पहिलो घटना हो। यस विषयमा एसबीएस नेपालीबाट यो विस्तृत रिपोर्ट सुन्नुहोस्।


रुकिया हेदरी २१ वर्षको छँदा सन् २०२० मा उनका श्रीमान् मुहम्मद अलि हलिमीले उनको हत्या गरेका थिए।

त्यसको मात्र छ हप्ता अघि हेदरी र हलिमीको विवाह भएको थियो। हेदरीकी आमाले उनको जबरजस्ती विवाह गराएकी थिइन्।

सकिना मुहम्मद जान आफ्नो परिवारका सदस्यहरूसँग सोमवार, २९ जुलाईमा काउन्टी कोर्ट अफ भिक्टोरियामा उपस्थित थिइन्।
MELBOURNE COURT STOCK
The County Court of Victoria. Credit: JAMES ROSS/AAPIMAGE
कसैलाई जबरजस्ती विवाह गराएको अर्थात् 'फोर्स्ड म्यारिज' गराएको आरोपमा अस्ट्रेलियामा दोषी ठहरिए भएकी जान पहिलो व्यक्ति हुन्।

उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ, जसमा उनलाई सशर्त १२ महिना पछि रिहा गरिने अदालतको भनाइ छ।

जानले हेदरीको आमा भएको नातामा आफ्नो शक्तिको दुरुपयोग गरेको न्यायाधीश फ्रान्सेस डाल्जियेल उनलाई बताइन्।

सजाय सुनाइँदा अदालतको वातावरण तनावग्रस्त थियो। जानले आफू निर्दोष रहेको बताइरहेकी थिइन् भने परिवारका एक सदस्यलाई अस्पताल पुर्‍याउनु परेको थियो।

हेदरी र आफ्नी आमा दुवैलाई गुमाएको भन्दै जानकी अर्की छोरी रोइरहेकी थिइन्।

पूरा रिपोर्ट सुन्नुहोस्
nepali_300724_forced marriage sentence_RNF  image

अस्ट्रेलियामा जबरजस्ती विवाह गराउने मामिलामा कसैलाई दोषी ठहर गरी सजाय सुनाइएको यो पहिलो घटना हो।

06:52
जानलाई अस्ट्रेलियाबाट निष्कासित गरी अफगानिस्तान पठाउने सम्भावना रहेको बताइएको छ।

तालिबानबाट खतरा रहेको हजारा समुदायकी जानका लागि एक गम्भीर चिन्ताको विषय हो ।

तर फोर्स्ड म्यारिज एक गम्भीर अपराध हो भनेर सबैलाई बुझाउनका लागि यस किसिमको चालिन जरुरी रहेको अदालतको भनाइ छ।
फोर्स्ड म्यारिज र 'अरेन्ज्ड' म्यारिजमा फरक हुन्छ - कुनै व्यक्तिलाई उनको पूर्व र स्वतन्त्र सहमति बिना विवाह गराइनुलाई फोर्स्ड म्यारिज भनिन्छ।

फोर्स्ड म्यारिज अस्ट्रेलियामा अपराध घोषित भएको एक दशकभन्दा लामो भइसके तापनि कसैलाई यसको आरोपमा दोषी ठहर गरी सजाय सुनाइएको थिएन।

हेलेन स्नाइडर मानव शोषणको विषयमा अस्ट्रेलियन फेडेरल पुलिसकी कमान्डर हुन्।

उनी भन्छिन् कि फोर्स्ड म्यारिज अस्ट्रेलियाका धेरै समुदायहरूमा देखिने समस्या हो।
फोर्स्ड म्यारिजमा परेकी अर्की महिला हुन् - लेला। हामीले गोपनीयताका लागि उनको नाम र आवाज परिवर्तन गरेका छौँ।

लेला भन्छिन् कि उनलाई हाइ स्कुल पछि आफ्ना नजिकी नातेदार अर्थात् 'कजन'हरूसँग बस्नका लागि फकाएर अमेरिका लगिएको थियो।

उनी भन्छिन् कि सुरुमा त उनलाई आफ्नो कजनले जिस्किएर आफूलाई 'फियन्से' भनेको जस्तो लागेको थियो, तर समय बित्दै जाँदा उनको परिवारले उनलाई आफ्ना ती नातेदारसँग विवाह गर्न धम्की दिन थाले।

तर विवाह भए पछि आफू भावनात्मक र शारीरिक दुर्व्यवहारले भरिपूर्ण सम्बन्धमा फसेको उनी बताउँछिन्।

लेलाले वर्षौँ पछि थाहा पाइन् कि फोर्स्ड म्यारिज एक अपराध हो। त्यस पछि उनलाई अमेरिकाबाट अस्ट्रेलिया फर्कनमा पुलिसले सहयोग गरेको उनको भनाइ छ।
एकैचोटि धेरै किसिमका भावनाहरू आएका थिए। म तनावमा थिएँ, म डराएको थिएँ, म उत्साहित थिएँ, म खुसी पनि थिएँ।
लेला
गत पाँच वर्षमा पुलिसले फोर्स्ड म्यारिजका ४४० वटा उजुरीहरू प्राप्त गरेको छ। ती मध्ये आधा भन्दा बढी पीडितहरू १८ वर्षभन्दा कम उमेरका थिए भने एक तिहाइ १६ वर्ष मुनिका।

स्नाइडर बताउँछिन् कि अझ धेरै घटनाहरू रिपोर्ट नगरिएको हुन सक्छ।

यस्ता घटनाका पीडितहरूको सुरक्षा नै प्राथमिकता रहेको पुलिसको भनाइ छ। र लेलाले भने त्यो सुरक्षा समयमै पाएकी थिइन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand