अस्ट्रेलिया बुझ्नुहोस्: बाल अधिकार

Crime researchers say  the hidden issue of parents killing their own children needs to be put in the spotlight to prevent further death.

Source: iStockphoto

बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घको महासन्धि एक अन्तर्राष्ट्रिय मानवअधिकार सम्झौता हो जसले बालबालिका र युवाहरूलाई विशेष अधिकारहरू प्रदान गर्छ।


अस्ट्रेलिया लगायत विश्वका प्रायजसो मुलुकले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घको महासन्धिमा पूर्ण समर्थन र प्रतिबद्धता जनाएका छन्।

उचित शिक्षा प्राप्त गर्ने, स्वास्थ्य वातावरणमा हुर्कने, सुरक्षित हुने र खेल्न पाउने जस्ता अधिकारलाई महासन्धिले सुरक्षित गरेको छ।

बाल अधिकार सम्बन्धी उक्त महासन्धिमा उल्लेख भएका कानुनी अधिकार यस प्रकार छन्ः

  • निष्पक्ष रूपमा व्यवहारको अधिकार,
  • प्रभाव पार्ने निर्णयहरूमा बोल्ने अधिकार,
  • बाच्न र स्वास्थ्यरुपमा हुर्कने अधिकार,
  • सुरक्षित रहने अधिकार,
  • शिक्षाको अधिकार र
  • खेल्ने र रमाइलो गर्ने अधिकार।
स्वास्थ्य रूपमा हुर्कने अधिकार

मोनास विश्वविद्यालयमा कानून संकायकी प्राध्यापक एवम् अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानूनमा विशेषज्ञता राख्ने पाउला गर्वेर, अस्ट्रेलियामा जन्मने बित्तिकै बालबालिकाहरू स्वास्थ्य सेवाको हकदार हुने बताउँछिन्।

“तर स्पष्ट रूपमा बालबालिकालाई राम्ररी राख्ने, उनीहरूलाई डाक्टर कहाँ ल्याउने, खोप लगाउने जस्ता जिम्मेवारी भने बाबु आमाको हो,” उनी भन्छिन्।
Doctor
Source: Getty image/images
सुरक्षित हुर्कने अधिकार

बालबालिका जहाँ रहे पनि सुरक्षित रहने अधिकार छ र उनीहरूका अधिकार खतरामा पर्दा उजूरी दिनै पर्ने व्यवस्था अस्ट्रेलियामा छ। 

अस्ट्रेलियामा बालबालिका माथि हुने दुर्व्यवहारका घटनाहरूलाई अनिवार्य रूपमा रिपोर्ट गर्नुपर्छ।

शारीरिक, यौन, भावनात्मक, बेवास्ता वा पारिवारिक हिंसाको जोखिम आदीका बारेमा रिपोर्ट गर्नु जरूरी छ।

“बालबालिकालाई सुरक्षित हुने अधिकार छ, र कानूनले विभिन्न पेसाकर्मीलाई अनिवार्य रिपोटीङ्गको दायित्व दिएको छ,” गर्वेर भन्छिन्।
यदि उनीहरूलाई बालबालिका माथि हिंसा वा दुर्व्यवहार भइरहेको छ भनेर विश्वास गर्ने कारण छ भने उनीहरूले उजूरी हाल्न सक्दछन्।

शिक्षा लिने अधिकार

अस्ट्रेलियामा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि विद्यालय अनिवार्य छ र बालबालिकालाई विद्यालयमा उपस्थित गराउने जिम्मेवारी अभिभावक र विद्यालय दुवैको हो।

वार्षिक रूपमा पाँच भन्दा बढी दिन विद्यार्थीहरु विद्यालयमा अनुपस्थित भए, उनीहरू के कारणले आउन सकेनन् भनेर प्रधानाध्यापकले सोधपुछ गर्नुपर्दछ।

अभिभावकहरूले होम स्कुलिङ भनिने घरमै शिक्षा प्रदान पनि गर्न सक्दछन् तर यसका लागि अनुमति लिनु जरूरी हुन्छ र बालबालिकाको शैक्षिक गतिविधिलाई नियमित रूपमा शिक्षा विभाग समक्ष प्रस्तुत गर्नुपर्दछ।
Teacher in class room
Source: Getty image

बाल श्रम

निश्चित उमेर नपुगेसम्म अस्ट्रेलियाली बालबालिकालाई काम लगाउन पाईदैन।

“यद्यपि पत्रपत्रिका वितरण गर्ने वा मनोरञ्जनका क्षेत्रमा काम गर्ने जस्ता केही अपवाद भने हुन्छन्,” गर्वेर भन्छिन्।

विद्यालय सुचारु भएका बेला १५ देखि १८ वर्षका बालबालिकाले दैनिक तीन घण्टा भन्दा बढी समय काम गर्ने अधिकार दिइदैन्।
बालबालिकालाई जबरजस्ती विवाह गराइएमा वा प्रबन्ध मिलाइएमा फौजदारी कानुन अन्तर्गत ९ बर्ससम्मको जेल सजाय हुन सक्दछ।
यसको मतलब उनीहरूले बढीमा हप्तामा १२ घण्टासम्म काम गर्न सक्दछन्।

यद्यपि विद्यालय बिदा भएको समयमा भने हप्तामा तीस घण्टा वा दैनिक ६ घण्टासम्म काम गर्ने अधिकार हुन्छ।

बालविवाह

अस्ट्रेलियामा कानुनी रूपमा विवाह गर्नका लागि १८ वर्ष पुरा हुनुपर्दछ।

प्राध्यापक गर्वेर भन्छिन् कि अस्ट्रेलियामा बालविवाहको बारेमा निकै कढा नियमहरू छन्।
१० वर्ष उमेरको बच्चालाई आपराधिक रूपमा जिम्मेवार बनाउन उपयुक्त हुँदैन।
“बालबालिकालाई जबरजस्ती विवाह गराइएमा वा प्रबन्ध मिलाइएमा फौजदारी कानुन अन्तर्गत ९ बर्ससम्मको जेल सजाय हुन सक्दछ,” उनी भन्छिन्।

“र यदि विवाहका लागि देश बाहिर लगेको पाइयो भने २५ वर्षसम्मको जेल हुन सक्दछ।”

राज्य र प्रदेशहरूमा फरक कानून

अस्ट्रेलियन नेशनल युनिभर्सिटी अन्तर्गतको कानून सम्बन्धी कलेजकी सहप्राध्यापक तथा सहायक डिन डा. फेथ गोर्डन बालबालिका एवम् युवाहरूका लागि अस्ट्रेलियाका राज्य र प्रदेशहरूमा फरक कानून भएको बताउँछिन्।

“बाल संरक्षण र युवा न्यायका विषयमा राज्य र प्रदेशहरूमा भिन्नाभिन्नै कानुनहरू छन्,”  गोर्डन भन्छिन्।

उनलाई समर्थन जनाउँदै गेर्वर पनि अस्ट्रेलियामा बालबालिकाका अधिकारहरू निर्धारण गर्ने थप स्पष्ट कानूनहरू आवश्यक रहेको बताउँछिन्।
Child with a soccer ball.
Source: Getty image
“बाल अधिकार सम्बन्धी महासन्धि छ तर बाल अधिकार सम्बन्धी ऐन छैन, निकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सन्धिलाई कार्यान्वयन हामीसँग टुक्रे दृष्टिकोण छ,” डाक्टर गेर्वर भन्छिन्।

आपराधिक जिम्मेवारीका लागि उमेर हद

अस्ट्रेलियामा १० वर्षका बालबालिकालाई पनि अपराधका लागि जेल सजाय हुन सक्दछ।

अस्ट्रेलियाले बालबालिकाको अपराध सम्बन्धी लाई पनि बेवास्ता गदै आइरहेको छ।

प्राध्यापक गोर्डन भन्छिन् की अनुसन्धानले केटाकेटी र युवाहरूको मस्तिष्क २५ वर्षको उमेरसम्म विकसित हुने देखाउँछ।

“१० वर्ष उमेरको बच्चालाई आपराधिक रूपमा जिम्मेवार बनाउन उपयुक्त हुँदैन्,” उनी भन्छिन्।

हिरासतमा आदिवासी युवा

अस्ट्रेलियाका जेलहरूमा एबोरजिनल समुदायका युवाहरूको अनुपातलाई लिएर पनि बेलाबेलामा चर्को बहस हुने गर्दछ।

“आदिवासी समुदायका युवाहरूले देशको जनसङ्ख्याको ६ प्रतिशत हिस्सा ओगट्छन् तर जेलहरूमा उनीहरूको उपस्थिति ५६ प्रतिशत रहेको छ,” उनले भनिन्।

स्रोतको विकास र समर्थन

अधिकांस समयमा कानुनी झमेलामा परेका युवा र अभिभावकहरूसँग स्रोत तथा सहायताहरू अभाव हुन्छ।

न्याय प्रणालीमा धेरै बालबालिका पीडित भएका तर उनीहरूले पर्याप्त सहयोग भने प्राप्त नगरेको प्राध्यापक गेर्वरको बुझाई छ।

“बरु उनीहरूलाई फौजदारी न्याय प्रणालीमा ल्याइन्छ, जहाँ झनै बढी समस्याहरू आउँछन्,” गेर्वर भन्छिन्।

सहयोग कसरी पाउने

अस्ट्रेलियामा सहयोगका लागि प्रशस्तै उपायहरू छन्।

कम आम्दानी वा कानूनी सेवाका लागि पैसा खर्च नसक्नेहरूका लागि सामुदायिक स्तरमा संचालिन सहयोगी सेवा उपलब्ध छ।

एबोरजिनल कानुनी केन्द्र वा कानूनी सहायता प्रणाली मार्फत पनि मानिसहरूले आपराधिक न्याय प्रणालीमा संलग्न हुँदा खर्चका लागि आवेदन दिन सक्दछन्।

गेर्वर भन्छिन् कि अस्ट्रेलियाको सामुदायिक कानूनी क्षेत्र निकै जीवन्त छ र तपाईँको आम्दानीका आधारमा यस्ता केन्द्रहरूले निःशुल्क सल्लाह उपलब्ध गराउँदछन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand