अस्ट्रेलियामा क्लिनरदेखि महाप्रबन्धकसम्म: एक नेपाली महिलाको सफलता

Srijana KC: general manager of Bupa Aged Care Bankstown

Source: Supplied

करिब १० वर्ष अगाडी अस्ट्रेलिया आएर सरसफाइ गर्ने कामबाट आफ्नो पेशागत जीवन सुरु गरेकी सृजना केसीको यात्रा अहिले एक वृद्ध स्याहार केन्द्रको महाप्रबन्धकको पद सम्म आइपुगेको छ।


अस्ट्रेलियाका आप्रवासी समुदायमा प्राय गरी सुरुवाती सङ्घर्षका कथा मार्मिक नै हुन्छन् र फरक परिवेशमा आफूलाई अभ्यस्त पार्ने क्रममा धेरै उतार चढावको  सामना गर्नु पर्छ।

अस्ट्रेलियामा अवसर प्रशस्तै भए पनि सफलता प्राप्त गर्न अनेकन् चुनौतीहरूको सामना गर्नु परेका प्रसङ्गहरू अस्ट्रेलियामा रहेका नेपालीहरूको पनि कुराकानीको प्रमुख विषय हुने गर्दछ।

सङ्घर्ष गर्दा गर्दै यहाँ सम्म आइपुगे भन्नेहरूको जमातमा नेपाली सिर्जना केसी पनि आफ्नो सफलतालाई विगतका अप्ठ्याराहरू सँगै जोडेर हेर्छिन्।

अस्ट्रेलियाको एक नाम चलेको वृद्ध स्याहार केन्द्रलाई नेपाली सृजना केसीले महाप्रबन्धक का रूपमा नेतृत्व गरिरहेकी छन्।

न्यु साउथ वेल्सको ब्याङ्क्सटाउनमा अवस्थित बुपा वृद्ध स्याहार केन्द्रको महाप्रवन्धकका रूपमा कार्यरत केसी २००९ मा बाल स्याहार सम्बन्धी विषय पढ्न विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी थिइन।

२२ बर्षको उमेरमा अस्ट्रेलिया आएकी सिर्जना सुरुवाती समय निकै नै चुनौती पूर्ण रहेको सम्झिन्छिन्।

भाषा भनेको एक आपसमा सन्देश आदान प्रदान गर्ने  माध्यमका रूपमा मात्र लिने सृजनालाई काममा सफलता प्राप्त गर्न लगनशीलता, व्यक्तित्व, सिप र दक्षता नै सबैभन्दा महत्त्वपूर्ण लाग्छ।
"त्यो समय अस्ट्रेलिया आर्थिक मन्दी बाट गुज्रिरहेको हुनाले काम पाउन एकदमै गाह्रो थियो, विशेष गरी हामी जस्तो विद्यार्थीहरूलाई। डोर टु डोर जाँदा पनि काम पाउन एकदमै गाह्रो भयो र ५ /६ महिनापछि मात्र सरसफाइ गर्ने काम पाएँ।"
दिनभर काम गर्दा पनि हप्तामा १४० डलर मात्र प्राप्त गर्ने गरेको सम्झदैं सिर्जनाले त्यो रकम घर भाडा र यातायातका लागी मात्र पुग्ने गरेको बताइन।

जीविकोपार्जन गर्न सजिलो थिएन  त्यसमाथि पनि पढाइ खर्च निकाल्नु पर्ने भए पछि गर्मी बिदाको समयमा मेलबर्नमा गएर प्रचण्ड गर्मीमा आरु टिप्ने र अङ्गुरको रुखको हाँगा काट्ने काम गर्न थालेको बताउँछिन् सिर्जना।

उनले सिड्नी फर्किएर नर्सिङ पढ्दै वृद्ध स्याहार केन्द्रमा पनि काम गर्न थालिन। नेपालमा पनि नर्सको रूपमा काम गरिसकेको भएर यो पेसा प्रति लगाव बढी हुनु नौलो थिएन उनका लागी।

तर त्यसो भन्दैमा आफूले अन्य कुनै पनि कामलाई हेयको दृष्टिले नहेरेको र कम पारिश्रमिक र काम गर्नै पर्ने बाध्यता भए पनि आफूले जहिले पनि काम गर्दा पूर्ण  लगनशीलताका साथ गरेको बताउँछिन्।
Sirjana KC was in Nepal after the 2015 earthquake to provide assistance.
Sirjana KC was in Nepal after the 2015 earthquake to provide assistance. Source: Supplied
पढाइ सकिएर २०१३ बाट बुपामा नर्सका रूपमा काम गर्न थाले पछि क्रमशः: काममा प्रशंसा सँगसँगै बढुवा हुँदै ६ वर्षको अवधिमा आफू कार्यरत शाखा कै प्रमुखको जिम्मेवारी पाउन सफल भइन।

सिर्जना केसीले पछिल्लो समयमा समाचार बनेका वृद्ध कुटपिट र नर्सिङ क्षेत्रमा साच्चिकै केही कमजोरी छ त भन्ने बारेमा पनि आफ्नो बिचार राखेकी छन्।
कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
उनका लागी अङ्ग्रेजी भाषा पहिलो भाषा नभएर सोचेको सफलता हासिल गर्न सकिँदैन भन्ने धारणा राख्नु नै गलत भएको धारणा व्यक्त गर्छिन्।

अङ्ग्रेजी राम्रोसँग आउँदैन त्यसैले काममा अगाडी बढ्न सक्दिन भन्ने कुरामा चैँ आफूले विश्वास नगर्ने बताउँछिन्। 

भाषा भनेको एक आपसमा सन्देश आदान प्रदान गर्ने  माध्यमका रूपमा मात्र लिने सिर्जनालाई काममा सफलता प्राप्त गर्न लगनशीलता, व्यक्तित्व, सिप र दक्षता नै सबैभन्दा महत्त्वपूर्ण लाग्छ।
नयाँ आउने नेपाली युवा वर्गलाई डर होइन म गर्न सक्छु भन्ने आत्मविश्वास राखेर अस्ट्रेलिया आउन केसीको सुझाव रहेको छ।
सिर्जना कार्यरत बुपाले उनको नेतृत्व क्षमता, भाषा समस्या र असमानताको खाडललाई पार गर्ने क्षमताको प्रशंसा गर्दै सच्चा अर्थमा प्रेरणाको श्रोत भनी सिर्जनाको सङ्घर्ष र सफलताबारे व्याख्या गरेको छ।

साथै, उनले नेपालमा महाभूकम्प गएको समयमा २०१५ मा नेपाल गएर घाइते र उपचारको आवश्यकता भएका परिवारहरूलाई स्वम्सेवकका रूपमा गरेको कार्यको बारेमा पनि उल्लेख गरेको छ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand