'कोभिड -१९ अस्ट्रेलियामा रहेका शरणार्थीहरूका लागी दोस्रो पिडादायी अनुभव हो।'- परशुराम शर्मा लुइँटेल

corona virus_relief package_RCAA_nepali students_refugee organisation_parasuram sharma luitel_nepali organisations

Source: facebook/ Parsuram Sharma Luital

शरणार्थीका रूपमा अस्ट्रेलिया आएका धेरैले कोरोना भाइरस सङ्क्रमणका कारण दोस्रो पटक आफ्नो जीवन रक्षाका लागी चिन्तित हुनु परेको शरणार्थी समुदायको हितमा सक्रिय अभियन्ताहरूको भनाइ रहेको छ।


शरणार्थी, अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी भिसामा रहेकालाई राहत सामाग्री वितरण गरिरहेको शरणार्थी समुदायहरूमा केन्द्रित रेफ्युजी कम्युनिटिज एसोसिएसन अफ अस्ट्रेलिया (आर-सी-ए-ए) मा आबद्ध परशुराम शर्मा लुइँटेलले यो परिस्थितिले शरणार्थीहरूलाई दोस्रो चोट दिएको बताएका हुन्।

हेल्प हिमालयन युथ फाउन्डेसनका संस्थापक मध्येका एक मेलबर्न निवासी लुइँटेलले समुदायमा जोखिममा रहेकाहरूको लागी आर-सी-ए-ए ले खाद्य सामाग्री वितरण गरेर उनीहरूको चोटमा मल्हम लगाउने प्रयास गरेको बताएका छन्।

उक्त राहत सामाग्री वितरण बारे परशुराम शर्मा लुइँटेलसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand