घर भाडा सहुलियतको सुविधा अन्त्य हुँदै, थुप्रै डेरावालहरू मर्कामा पर्ने

Rental properties for poor are scarce in Canberra

Nom tswv Australia tsis pub tej tswv tsev sau nqe ntiav tsev 6 hlis Source: AAP

सरकारले महामारीका बेला भाडा सहुलियतका लागि घरबेटीसँग सम्झौता गर्न दिँदै आएको सुविधा - यसै सप्ताहान्त अन्त्य हुँदैछ ।


मेलर्वनमा मोमो स्टेसन नामक नेपाली रेस्टुरेन्ट सञ्चालन गदै आईरहकी उषा ताङवे महामारी सुरु भएदेखि नै लकडाउन कारण आफ्नो व्यवसायमा परेको असरका कारण चिन्तित थिइन् ।

त्यसै बखत सरकारले आम्दानी कम भएर भाडा तिर्न अप्ठेरो भइरहेका सर्वसाधारण र व्यवसायीहरुलाइ घरबेटीसँग छलफल गरी भाडा कम गर्न वा तिर्ने समयमा हेरफेर गर्न मिल्ने सुविधा सहितको योजना ल्याएपछि भने उनले केही राहत महसुस गरिन् ।

घरबेटीसँगको छलफल पछि आफूले तिदै आएको भाडामा उनले ५० प्रतिशत कम तिर्नु पर्ने भयो।
Usha Tangbe (second from right) with her staff at Melbourne's Momo Station restaurant
Usha Tangbe (second from right) with her staff at Melbourne's Momo Station restaurant Source: Supplied
“अप्रिल महिना देखि यो सुविधा कटौती हुदैछ, व्यवसाय पनि राम्रो हुँदै गएकाले मलाई लाग्छ पुरै भाडा तिर्न समस्या हुँदैन ” उनले भनिन् ।

यता मेलर्वनमा चौथो चरणको लकडाउनका चल्दै गर्दा आफ्नो आम्दानीमा व्यापक कमी आएपछि जोलेनो चोले आफ्नो घर धनी समक्ष भाडा रकम कम गरिदिन आग्रह गरिन तर उषाको जस्तो उनका घर धनीले सजिलै उनको आग्रह मानी दिएनन् ।

“म ढाँट्दीन यो निकै चुनौतीपूर्ण समय थियो,जब म मेरो डेरा व्यवस्थापन गर्ने कम्पनीमा पुगे उसले मलाई भाडा तिर्न नसक्ने भए मलेसिया फर्केर जाऊ भन्यो र त्यसपश्चात् मलाई घर खालि गर्नका लागि चिठी पठाइयो, जुन महामारीको समयमा गैर कानुनी थियो,यदि युनियनहरूको सहयोग नपाएको भए मलाई यो गैर कानूनी हो भन्ने थाहा हुने थिएन ।”

सरकारले महामारीका दौरान आम्दानीमा असर परेका मानिसहरूको छत नखोसियोस् भनेर भाडाका विषयमा घरधनी सँग छलफल,आग्रह र मध्यस्थता गर्न सक्ने नियम ल्याएपछि भने उनको आग्रह उनका घरबेटीले सुन्नै पर्ने भयो ।

यो हप्ता देखि भिक्टोरिया, न्यु साउथ वेल्स र वेस्र्टन अस्ट्रेलिया यो सुविधालाई हटाउने अन्तिम ३ राज्य हुने छन् ।

यो सुविधामा हट्ने भएपछि जोलेनो जस्ता डेरावालाहरू यतिखेर तनावमा परेका छन् ।
Melbourne renter Jolene Choo
Jolene is worried about the moratorium on evictions lifting. Source: SBS News/John Podolski
डेरावालहरूको हकहितका लागि आवाज उठाउने अधिकारकर्मीहरू भने सुविधालाई हटाउने यो उपयुक्त समय नभएको बताउँछन् ।

सरकारले दिँदै आएको जबकीपर सुविधा मङ्गलवार अन्त्य हुँदै छ भने रोजगार खोजिरहेकाहरूलाई कोरोनाभाइरस अन्तर्गतका दिईदै आइएको थप रकम बुधवारबाट अन्त्य हुँदैछ ।

जसको परिणाम बेरोजगारहरूले पाउने रकममा १ सय ५० डलरको कमी आउने छ ।

न्यु साउथ वेल्स राज्यमा मात्र ४० भन्दा बढी डेरावाला समूह एवम् सङ्घ संस्थाहरूले सरकारलाई खुला पत्र पठाएका छन् जसमा यो सुविधा हट्दा थुप्रै मानिसहरू छानो विहीन हुने उल्लेख गरिएको छ ।

न्यु साउथ वेल्सको डेरावालाहरूको युनियन टेनेन्टस् युनियनका प्रमुख लियो पिटरसन रोस भन्छन्, भाडामा बढ्दै जाने ऋणका विषयमा मानिसहरू चिन्ता गरिरहेका छन् ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सले गरेको एक नयाँ अध्ययनले घर भाडाका क्रममा लाग्ने ऋणले मानिसहरूलाई वर्षौं सम्म पछ्याउने देखाउछ ।
अध्ययनले मुलुकभर करिब एक चौथाइ डेरावालहरूले महामारीको समयमा आफ्नो आम्दानीमा कमी आएको बताएका छन् ।

तर ति मध्ये केवल १६ प्रतिशतले मात्र तिदै आएको भाडामा नयाँ सहमति वा भाडा कम गराउन सफल भए ।

त्यसमा पनि ३७ प्रतिशत मानिसहरूले भाडा तिर्ने समयलाई केही समय पर धकेल्न मात्र सफल त्यसको मतलब उनीहरूमाथि भाडाको भार थपिँदै गयो ।

हाल करिब ७५ हजार घरपरिवार माथि घर भाडाको ऋण लागेको छ ।

सामान्यतया एक परिवारले २ सय १६ डलर को घर भाडा पछि तिर्ने गरी ९ महिना सम्मका लागि पछाडि धकेलेका छन् र यसरी पछि तिर्ने गरी गरिएको सहमतिमा एक परिवार हाल सम्म कम्तीमा पनि ८ हजार ४ सय डलरको ऋणमा छ ।

उक्त अध्ययनमा संलग्न क्रिस मार्टीन भन्छन् "व्यवस्थित नगरिएको ऋणले मानिसलाई घरबार विहिन बनाउँछ।"

न्यु साउथ वेल्स भिक्टोरिया र वेस्टर्न अस्ट्रेलियाले यो सुविधाको अन्त्य भएपछि यसको असरलाई कम गर्न केही अन्तरिम उपायहरू अवलम्बन गदै छन् ।
Australia’s rental properties.
Source: AAP
तर जेसुट जस्ता परोपकारी संस्थाहरूले भने यसको गम्भीर असरलाई कम सहयोगको याचना गरिरहेका छन् ।

उनीहरूले सरकारी सहयोगको पहुँच नभएका शरणार्थी लगायतका समस्यामा परेका मानिसहरूलाई खाना र बास स्थानको समस्या हल गदै आइरहेका थिए ।

उक्त संस्थाका नीति निर्देशक निशाद रेजो आगामी दिनमा सहयोगका लागि आफ्नो संस्थाको क्षमतामा चासो देखाइरहेका छन् ।

आफ्नो परिचय गोप्य राख्ने सर्तमा एक जना शरणार्थी भन्छन् "यसै पनि बस्नका लागि स्थान पाउन मुस्किल छ त्यसमाथि महामारीले यसलाई असम्भव बनाइदिएको छ ।"

उनले हाल बस्नका लागि एउटा ठाउँ त पाएका छन् तर स्थायी रूपमा बसोबासको व्यवस्था मिलाउनु निकै चुनौतीपूर्ण छ ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand