आईपीएलको अक्सन सूचीमा सन्दिप लामिछाने - गत ७ दिन नेपालमा

Sandeep Lamichhane and Nepal's provincial chiefs' swearing in ceremony in Kathmandu.

Sandeep Lamichhane and Nepal's provincial chiefs' swearing in ceremony in Kathmandu. Source: Facebook

इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि सार्वजनिक गरेको खेलाडीहरुको अक्सन सूची नेपाली क्रिकेटर सन्दिप लामिछानेपनि परे र राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको झलनाथ खनालको टिप्पणी। गत ७ दिनका प्रमुख नेपाल समाचार।


प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकिए

सरकारले गत साता विभिन्न सात प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई गत शुक्रबार पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

सरकारले प्रदेश–१ मा डा.गोविन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई प्रमुख तोकेको थियो।

त्यस्तै नेपालको राजनीतिमा पहिलोपटक संघीय संरचनाको लागि विभिन्न प्रदेशको अस्थायी राजधानी तोकिएको थियो । सरकारले प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को बुटवल, प्रदेश–६ को सुर्खेत र प्रदेश–७ को धनगढीलाई अस्थायी राजधानी तोकेको थियो।

===

एमाले र माओवादीले राष्ट्रियसभाको सिट हेरफेर गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभा गठनको लागि सिट हेरफेर गर्ने सहमति भएको छ । शनिबार भएको भेटवार्ता दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनलाई अन्तिम रुप दिने सहमति भएको थियो ।

एमाले र माओवादीको कार्यदलले राष्ट्रियसभाको ५६ मध्ये ४३ सिट बाँडफाँड गरेका थिए । यसमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिट पाएका थिए।

===

शीतलहर पीडितलाई न्यानो बाँड्दै डा.केसी

केही दिनअघिसम्म अनशनरत रहेका डा.गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न तराईका विभिन्न क्षेत्र पुगेका थिए । गत साता उनी आफ्ना विद्यार्थीसहित कम्बल र न्यानो कपडा लिएर तराईको मुसहर र दलितबस्ती पुगेका थिए ।

मुसहर र दलित बस्तीहरुमा न्यानो कपडा र कम्बल वितरणलगत्तै उनले निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका थिए ।

===

राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयारः नेता खनाल

नेकपा (एमाले)का नेता झलनाथ खनालले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू राष्ट्रपति बने देशको लागि फाइदा हुने टिप्पणी गरे। त्यस्तै उनले प्रदेशको अस्थायी विषयलाई लिएर अहिले विवाद र आन्दोलन गर्नु उपयुक्त नहुने बताएका थिए ।

===

आईपीएलको अक्सन सूचीमा सन्दिप लामिछाने

इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि सार्वजनिक गरेको खेलाडीहरुको अक्सन सूची नेपाली क्रिकेटर सन्दिप लामिछानेपनि परेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दिप लामिछाने छनोट भएका छन्। अक्सन सूचीमा परेका खेलाडीको लिलामी जनवरी २७ र २८ मा हुनेछ ।

यदि कुनै टिमले सन्दिपलाई खरिद गरे उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। यस वर्षको आईपीएल आगामी अप्रिलको पहिलो सातादेखि सुरु हुने आयोजकले जनाएको छ ।

===

बलिउड अभिनेता सलमान खानको टूरका लागि सोहेल काठमाडौंमा

आगामी फागुन २६ टुडिखेलमा हुने 'दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको तयारीका लागि बलिउड अभिनेता सोहेल खान शुक्रबार नेपाल आएका थिए । उनी कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने राजधानी आइपुगेका थिए ।

कन्सर्टमा बलिउड अभिनेता सलमान खान आगामी फागुन २५ मा काठमाडौं आउँदै छन् । आयोजकका अनुसार अभिनेता सलमानसहित प्रभु देवा, सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डेज लगायतको टोली नेपाल आउन लागेको हो ।  


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand