अधिकांश अस्ट्रेलियनहरू देशमा थप आप्रवासी चाहँदैनन्

Herd Immunity makes it hard for infectious disease to spread

Herd Immunity makes it hard for infectious disease to spread Source: AAP

अस्ट्रेलियन नेशनल युनिभर्सिटी को सर्वेक्षणले १० मध्ये ३ जनाले मात्र देशमा अरू मानिसहरू भित्र्याउनु पर्ने आवश्यकता देखेको खुलासा गरेको छ।


अस्ट्रेलियन नेशनल युनिभर्सिटीको २८ औँ सर्वेक्षणमा २,००० भन्दा केही बढीको सहभागिता रहेको थियो। जसमा ३०.४ प्रतिशतले मात्र देशमा थप मानिसहरू आउनु पर्ने आवश्यकता औँल्याएका छन्, जसमा ६९.६ प्रतिशतले त्यसको विपरीत मत दिएका छन्।

सङ्घीय सरकार र विपक्षी पार्टीहरू आ-आफ्नो अध्यागमन नीतिलाई लिएर बसिरहेको समयमा, अस्ट्रेलियालीहरूले जनसङ्ख्या वृद्धिलाई लिएर गर्ने गरेको समर्थनमा नाटकीय ढङ्गबाट गिरावट आएको (एएनयु) को अध्ययनले देखाएको छ।

यस अघि सोही प्रश्न २०१० मा सोध्दा जनसङ्ख्या वृद्धिको समर्थन गर्नेहरू ४५.८ प्रतिशत रहेका थिए। त्यस पश्चात् 'बिग अस्ट्रेलिया' को समर्थनमा भारी गिरावट आएको छ।

अनुसन्धानको नेतृत्व गरेका निकोलस बिडल भन्छन्, जनसङ्ख्या वृद्धिको विपक्षमा विचार राख्नेहरूले त्यसको प्रमुख कारणको रूपमा यातायात, भिडभाड, आवास महँगी र रोजगारीलाई लिएर चिन्ता व्यक्त गरेका छन्।
सर्वेक्षणमा देखाइए अनुसार आगामी निर्वाचनमा ग्रिन्स पार्टीलाई मत हाल्छु भन्नेहरू मध्ये ४६.१ प्रतिशतले जनसङ्ख्या वृद्धिको समर्थन गरेका छन्, त्यस्तै ३३.६ प्रतिशत सङ्ख्या लेबर पार्टीका समर्थक हरुको रहेको छ, गठबन्धन का समर्थकहरू मध्ये सबैभन्दा कम २६.६ प्रतिशतले मात्र जनसङ्ख्या वृद्धि को समर्थन गरेका छन्।
२०१० देखि २०१८ सम्म आइपुग्दा देखिएको १५ प्रतिशतको गिरावटमा प्रमुखतया पुरुषहरूको समर्थनमा आएको कमी रहेको छ, जुन ५३.४ प्रतिशत बाट घटेर ३२.८ पुगेको छ।

३८ प्रतिशत भन्दा केही बढी महिलाहरूले मात्र अस्ट्रेलियालाई अझ धेरै मानिसहरूको आवश्यकता रहेको भनी २०१० को सर्वेक्षणमा जनाएकोमा यस पटक त्यो सङ्ख्या घटेर २८.२ प्रतिशतमा पुगेको छ।

विशेष गरी २५ देखि ३४ वर्ष उमेर समूहका युवा वर्गहरू जनसङ्ख्या वृद्धिको पक्षमा रहेको देखिएको छ भने यसको विपक्षमा सबैभन्दा धेरै सङ्ख्यामा मत हाल्ने उमेर समूहमा ४५ देखि ५४ वर्षको समूह रहेको छ।

बिडलले जनसङ्ख्या वृद्धि हुनु पर्ने विचार राख्नेहरूले आर्थिक लाभ, दक्ष जनशक्तिको खाँचो र अन्य देशहरूमा रहेको अत्यधिक जनसङ्ख्या वृद्धिलाई राहत पुर्‍याउनुलाई यसको प्रमुख कारण बताएका छन्।

गत वर्ष प्रधानमन्त्री स्कट मोरिशनले सर्वसाधारणले सहरहरूमा देखिएको भिडभाडलाई लिएर चिन्ता व्यक्त गरेको भन्दै अस्ट्रेलियाको स्थाई आप्रवासीहरू स्विकार्ने सङ्ख्यामा ३०,००० ले कटौती गर्ने योजना सार्वजनिक गरेका थिए।
Traffic congestion at Sydney Harbour Bridge.
Traffic congestion at Sydney Harbour Bridge. Source: AAP
सङ्घीय सरकारले हरेक वर्ष विभिन्न प्रणाली मार्फत स्थाई भिसा उपलब्ध गराउने सङ्ख्या निर्धारण गर्ने गरेको छ। जुन सङ्ख्या पछिल्लो समयमा १ लाख ९० हजार रहेको छ।

सिड्नीका सर्वसाधारणहरूले जनसङ्ख्या वृद्धि बारे मिश्रित प्रतिक्रिया दिएका छन्।

ग्राटन इन्स्टिच्युट नीति अनुसन्धान समूहका प्रमुख कार्यकारी अधिकृत जोन ड्यालीका अनुसार एएनयु को सर्वेक्षणलाई लिएर आश्चर्य मान्नु पर्दैन।

उक्त सर्वेक्षण परिणाम यस्तै किसिमका अन्य सर्वेक्षणहरू कै जस्तो आएको र यसले जनसङ्ख्या वृद्धिका कारण सहरहरूमा देखिने भिडभाड र आवास समस्यालाई लिएर देखिएका चिन्ताहरू लाई प्रष्ट्याएको जोन ड्यालीले बताए।

मेलबर्न र सिड्नीमा भर्खरै मात्र जनसङ्ख्या वृद्धिलाई मिल्ने गरी आवास आपूर्ति हुन थालेको बताउने ड्यालीले तर अझै पनि सरकार समक्ष कस्तो जनसङ्ख्या नीति आत्मसाथ गर्ने भन्ने बारे चुनौती रहेको बिचार व्यक्त गरेका छन्।

एएनयु को सर्वेक्षण मा आप्रवासीहरूलाई निश्चित समयसम्म ग्रामीण क्षेत्रमा बस्न आवश्यक बनाइने ग्रामीण आप्रवासन नीतिलाई बढाउने सम्बन्धमा पनि सोधिएको थियो।

७० प्रतिशत सहभागीहरूले मात्र उक्त आप्रवासीहरूलाई त्यस्तो गर्न बाध्य पारिने नीतिको समर्थन गरेका थिए, तर प्रमुख सहरहरू भन्दा बाहिरका स्थानमा बसोबास गर्नेहरूले यो नीतिलाई अझ कम समर्थन गरेको पाइएको छ। जुन सङ्ख्या ६६.१ प्रतिशत रहेको छ।
Australia's 10 fastest growing regions
Source: Domain
जोन ड्यालीले ग्रामीण आप्रवासनको विषय अझै पनि विवादास्पद रहेको बिचार व्यक्त गर्छन्।

सर्वेक्षणमा देखाइए अनुसार आगामी निर्वाचनमा ग्रिन्स पार्टीलाई मत हाल्छु भन्नेहरू मध्ये ४६.१ प्रतिशतले जनसङ्ख्या वृद्धिको समर्थन गरेका छन्, त्यस्तै ३३.६ प्रतिशत सङ्ख्या लेबर पार्टीका समर्थक हरुको रहेको छ, गठबन्धन का समर्थकहरू मध्ये सबैभन्दा कम २६.६ प्रतिशतले मात्र जनसङ्ख्या वृद्धि को समर्थन गरेका छन्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand