अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षण गर्ने अस्ट्रेलिया सरकारका केही कदमहरू

Flights between NSW and Victoria have resumed without any COVID-19 restrictions, as the border between the two states reopens.

Source: AAP

अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीको रोजाइको गन्तव्य बनाउनका लागि केही सहुलियतहरूको पनि घोषणा गरिएको छ।


सीमा खुलेसँगै अस्ट्रेलियामा अध्ययन गरिरहेका विद्यार्थीका लागि सरकारले केही छुटको घोषणा गरेको हो।


मुख्य विषय:

  • १९ जनवरी २०२२ देखि १९ मार्च २०२२ सम्म अस्ट्रेलिया आउने विद्यार्थीले भिसाबापतको शुल्क फिर्ता पाउनेछन्।
  • कक्षा सुरु हुनु अगावै अस्ट्रेलिया आइपुगेका विद्यार्थीले काम सुरु गर्न पाउनेछन्।
  • अनलाइन माध्यमबाट गरिएको पढाइलाई पनि पढाइपछिको काम गर्ने अधिकार सहितको भिसाका लागि योग्य मानिनेछ।

'द माइग्रेसन' नामक संस्थाका अध्यागमन एजेन्ट नजिर नवाज भन्छन् कि महामारीले अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्य र आर्थिक पाटोमा ठुलो असर गरेको छ।

यसका कारण उनीहरूको पढाइमा बाधा पुगेको पनि उनी बताउँछन्।

अन्तर्राष्ट्रिय सीमा प्रतिबन्धहरू लागू भएपछि विद्यार्थीहरु र अन्य अस्थायी भिसावाहक देश छाडेपछि पुन: प्रवेश गर्न असमर्थ भए र यसै बिच धेरैका भिसाको म्याद सकियो।

“जो आफ्नो देशमा बसिरहेका थिए, उनीहरू त्यँही बस्न बाध्य भए र भिसाको म्याद सकिएकाहरूमा आफ्नो भविष्यका बारे अन्यौलतामा छाएको थियो,” उनले भने।

भिसा शुल्क मिनाहा

Categories affected by the new law that does not allow international students to change courses in Australia
International students are Australia's largest services export sector. Source: Getty Images


सङ्घीय सरकारको पछिल्लो घोषणा अनुसार अब विद्यार्थीहरुले ३१ डिसेम्बर २०२२ सम्म दिन सक्छन्।

नवाज भन्छन्, “१९ जनवरी २०२२ देखि १९ मार्च २०२२ सम्म अस्ट्रेलिया आउने विद्यार्थीले भिसाबापतको शुल्क फिर्ता पाउनेछन्।”
“भिसाको ८१०५ सर्तले पढाई सुरु हुनु पूर्व काम गर्न नपाउने बताएको छ, तर यसमा सरकारले छुटको घोषणा गरेको हुनाले विद्यार्थीहरुले पढाई अघि नै काम सुरु गर्न सक्दछन्।”
University representatives hold signs as international students arrive at Sydney Airport in Sydney.
University representatives hold signs as international students arrive at Sydney Airport in Sydney. Source: AAP

अनलाइन पढाइलाई पनि ग्र्याजुएट भिसा दिँदा गणना गरिने

मेडिसिन र सर्जरीमा चीनबाट स्नातक तहको पढाई गरेका इमरान खान पब्लिक हेल्थ पढ्नका लागि हालै अस्ट्रेलिया आएका हुन्।

तर महामारीका कारण सीमा बन्द भएपछि भने उनले आफ्नो पढाइलाई र्माच २०२२ सम्म सारेका थिए।

इमरान पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई दिएको छुटको प्रशंसा गर्छन ।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षण गर्ने अस्ट्रेलिया सरकारका केही कदमहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
महामारी अघि सब क्लास ४८५ का लागि क्याम्पसमै आएर अध्ययन गरेको हुनु पर्ने नियम थियो तर अब भने अस्ट्रेलिया बाहिर गरिएको अध्ययनलाई (होम लर्निङ) पनि मान्यता दिइने भएको छ।

भिसावाहकहरूलाई काम गर्ने घण्टाको अवधिमा अस्थायी छुट

हाल विद्यार्थी भिसावाहकहरूलाई थप काम गर्नका लागि पनि अनुमति दिइएको छ र हाल उनीहरूले पाक्षिक रूपमा अधिकतम काम गर्न पाउने अवधि पनि अस्थायी रूपमा निलम्बित छ।

यो व्यवस्था अप्रिल २०२२ मा पुनरावलोकन गरिने सरकारी भनाई छ।
International students line up for coaches after arriving at Sydney Airport in Sydney, Monday, December 6, 2021.
International students line up for coaches after arriving at Sydney Airport in Sydney, Monday, December 6, 2021. Source: AAP Image/Bianca De Marchi
"विश्वविद्यालयहरुले शुल्क घटाउने बारेमा विचार गर्नु पर्छ"

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहुलियत दिइरहेका बेला नासिर भन्छन् "युनिभर्सिटीहरुले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फर्कन प्रोत्साहन गर्न आफ्नो शुल्क घटाउने बारेमा विचार गर्नु जरुरी छ।"

स्टेप अप प्रोफेसनका मुज्जामिल रिजवान खान विश्वविद्यालयहरुले शुल्क घटाउँदा अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई अन्य विकसित देशको तुलनामा अस्ट्रेलिया छनोट गर्न प्रोत्साहन गर्ने धारणा राख्छन्।

उनका अनुसार छात्रवृति दिँदा विद्यार्थीहरुलाई यहाँ आएर पढ्न थप उत्साह मिल्छ।

अधिक जानकारीका लागि गृह मामिला विभागकोमा हेर्नुहोस्।

node_list title="यो पनि पढ्नुहोस् " uuid="e6e27d6d-abd9-4b89-a971-e0f92bc12b57,6d509b8c-27cf-4af3-8e96-a19fc34c331b,75a80d3b-e1d0-47b4-9eb6-e9243c6a9348"]

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand