कलर्स अफ क्रिकेट

Podcast_WebsiteHeader_ColoursOfCricket_1x1_NOTITLE_1800x1013 A.jpg

Colours of Cricket को परिचय।


अस्ट्रेलियाको विविधताले भरिएको दक्षिण एसियाली समुदायहरूलाई एक बनाउँछ एक कुराले, र त्यो हो हाम्रो क्रिकेट प्रतिको मोह।

एसबीएसको एक नयाँ पोड्कास्ट हो जसले दक्षिण एसियाली जनसमुदाय र यसले कसरी अस्ट्रेलियाको क्रिकेट जगतलाई परिवर्तन गर्‍यो भन्ने बारे भिन्न दृष्टिकोणबाट हेर्नेछ।

आठ भागमा हामी अन्तर्राष्ट्रिय स्टारहरू उस्मान ख्वाजा, कपिल देव, सुनिल गवास्कर, तिलकरत्ने दिलशान र लिसा स्टेलेकरबाट सुन्ने छौँ। त्यस्तै कमेन्टेटरहरू, खेल इतिहासकारहरू, खेल प्रशंसकहरू र सामुदायिक खेलाडीहरूका कुरा राख्ने छौँ।

अस्ट्रेलियामा कसरी क्रिकेटले घरकै आभास दिइरहेको छ भन्ने बारे थाहा पाउनु होस्। यस खेलले कसरी सामाजिक अड्चनहरू तोड्दै छ, कसरी यस उपमहाद्वीपबाट आएका खेलाडीहरूले क्लब क्रिकेट मार्फत यस खेललाई जीवित राखिरहेका छन् र किन भारतीय उपमहाद्वीप पृष्ठभूमिका बालबालिकाहरूको ठुला लिग प्रतिस्पर्धाहरूमा कम उपस्थिति रहेको छ भन्ने बारे चर्चा गर्ने छौँ।

एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बांग्ला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु। यो पोड्कास्ट शृङ्खला प्रीति जब्बल र कुलसेगरम सञ्चयनले प्रस्तुत गर्नेछन्।

को पहिलो भाग अगस्ट १५ मा प्रसारण हुनेछ र प्रत्येक हप्ता नयाँ भागहरू सुन्न सकिने छ।

यसको ट्रेलर सुन्नुहोस्।
LISTEN TO
nepali_12082022_coloursofcricket.mp3 image

Colours of Cricket trailer.

03:38
लाई एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोड्कास्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand