नेडक सप्ताह: आदिवासी समुदायको इतिहास र उपलब्धिहरूलाई सम्मान गर्ने एक अवसर

Wanaharakati wa haki za wa Australia wa kwanza waandamana

Wanaharakati wa haki za wa Australia wa kwanza waandamana Source: AAP

हरेक वर्ष जुलाईको पहिलो साता मनाइने नेडक सप्ताह अस्ट्रेलियामा बस्ने प्रत्येक मानिसका लागि यहाँका आदिवासीको इतिहास र संस्कृतिका बारेमा जान्ने अवसर हो।


नेडक सप्ताह हरेक वर्ष एक पुरस्कार समारोहबाट सुरु हुन्छ।

यस पटक शनिवार एक जुलाईका दिन उक्त अवार्ड समारोह सम्पन्न भएको छ।

'नेडक विक' अर्थात् नेडक सप्ताहमा सम्मान पाउने व्यक्तिहरू देशभरबाट मनोनीत २०० जना मध्येबाट छानिएका हुन्।

टेनिस स्टार एश बार्टी र अङ्कल ज्याक चार्ल्सले विगतमा यो पुरस्कार पाइसकेका छन्।

पुरस्कार समारोह पछि भने देशैभर उत्सव, पर्दशनी र कर्न्सटहरु गरेर मनाउने चलन छ।

नेडक सप्ताहको यस वर्षको नारा भने “फर आवर एर्ल्डस” भन्ने रहेको छ।

आदिवासी संस्कृतिमा पाका उमेरका मानिसहरूलाई ठुलो महत्त्व दिइन्छ।

उनीहरू सांस्कृतिक ज्ञानका खानी मात्र नभएर शिक्षक र उत्प्रेरक पनि मानिन्छन्।
रिपोर्ट सुन्नुहोस्
nepali_010723_Naidocweek image

आदिवासी समुदायको इतिहास र उपलब्धिहरूलाई सम्मान गर्ने एक अवसर

05:35
आन्टी डा लिनेट राइली, वीराड्जुरी र गमिल्रोइ महिला हुन्। उनले नेडक सप्ताहको कार्यकारी सह–अध्यक्षको समेत भूमिका निर्वाह गरिरहेकी छन्।

उनी भन्छिन् “हाम्रा पुराना पुस्ता सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा प्रेरक शक्ति हुन्। उनीहरूले हामीलाई विगतमा गर्न भनेका कुरा, वर्तमानका लागि दिएका सुझावहरू र भविष्यमा हामीलाई देख्न चाहेका कुराहरूले मलाई प्रेरित गरिरहेको छ।”

हरेक वर्ष एक प्रतियोगिता मार्फत विशेष डिजाइन छनोट गरिन्छ।

यस पटकको पोस्टर डिजाइनकी विजेता भने बबी लक्य हुन जो न्यारलूमा, कर्रीयार्रा न्युल-न्युल र यावूरूको एक गौरवान्वित कलाकार हुन्।

उनको पोस्टर आदिवासी पुरानो पुस्ताको एक रङ्गिन चित्रण हो।

नेडकका लागि आफ्नो कामको परिचय दिँदै बबीले आफूलाई वृद्धहरूले प्रेरित गरेको बताउँछिन्।

“यस वर्षको पोस्टर डिजाइन मार्फत म सबै आदिवासी बृद्धहरुलाई सम्मान गर्न चाहन्छु,” उनले भनिन्।

नेडकको सुरुवात उत्सवका रूपमा भन्दा पनि शोक मनाउने दिनका रूपमा भएको हो।

सन् १९२० मा, २६ ज्यानुअरीमा मनाउँदै आइएको अस्ट्रेलिया डेको अघिल्लो दिन शोक दिवस मनाउनका लागि दुई समूहले यसको सुरुवात गरेका हुन्।

सन् १९४० सम्म पनि अस्ट्रेलिया डेको अघिल्लो दिन शोक दिवस मनाइने गरिन्थ्यो।

तर पछि यसलाई जुलाईमा सारियो र नाम पनि परिवर्तन भयो।

अन्टी डा माटिल्डा हाउस एक न्यामब्री वीराड्जूरी वृद्ध महिला हुन् जसले आफ्नो सारा जीवन आदीवासीहरुको सामाजिक न्यायमा बिताइन्।

उनी नेडक दिनका बारेमा यसरी स्मरण गर्छिन्।

“त्यति बेला यसलाई एबोरजिनल डेका रूपमा मनाइने गरिन्थ्यो, र त्यतिखेर निकै धेरै सर्घषबाट हामीहरू गुज्रिरहेका थियौ,” उनले सम्झना गरिन्।

अन्टी मटिल्डाका अनुसार अहिले धेरै कुराहरू परिवर्तन भइसकेका छन्।

“सुरु भएदेखि अहिलेसम्म धेरै परिवर्तन भए, सबै राम्रैका लागि भए, र ती सबै हामी आफैले गर्‍यौ।”

सन् १९५५ देखि एबोरजिनल डेका रूपमा मनाइँदै आइएको उक्त दिनलाई जुलाई १ मा सारिएको हो।

यस पछि भने आदिवासी, उनीहरूको समृद्ध संस्कृति एवम् विरासतका लागि उत्सव मनाउने दिनका रूपमा हेर्न थालियो।

सन् १९६७ मा भएको जनमत सङ्ग्रहले आदिवासी सम्बन्धी निकाय 'एबोरजिनल अफेयर्स'को जन्म दियो।

र पुनः एक पटक ताजा जनादेशमा लागि जनमत सङ्ग्रह हुदैछ।

यस पटकको जनमत सङ्ग्रहले आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसको आवाज संविधानको ग्यारेन्टी मार्फत संसद्सम्म पुर्‍याउने लक्ष्य राखेको छ।

जनमत सङ्ग्रहको निर्णय प्रति धेरै आदिवासीहरूले खुसी व्यक्त गरेका छन्।

जेड अप्पो रिची, गुरेङ्ग–गुरेङ्ग राष्ट्रको बुन्डा क्लानको प्रतिनिधित्व गर्छिन्।

उनी यस–२३ की प्रवक्ता हुन् भने टेलस होल्डीङ्गस नामक कम्पनीकी महाप्रबन्धक हुन्।

उलुरू वक्तव्यको पक्षमा वकालत गरेकी रिची आदीवासीहरुको आवाज संविधान मार्फत सुरक्षित हुनु पर्ने आह्वानलाई समर्थन गर्छिन्।

“संविधानले मान्यता दिँदा एक राष्ट्रका रूपमा हामीलाई एकत्रित बनाउँछ, विगतका चोटहरू निको पार्न लामो समय लाग्ने भए पनि यसले एउटा अवसर भने दिलाउँछ।”

भोइसका प्रयोगात्मक पक्षहरूका बारेमा पनि उनले बताइन्।

“यदि हामीले हाम्रा लागि महत्त्वपूर्ण कुराहरू सुन्यौ भने, आफ्ना जीवनका अनुभवहरू साझा गर्न सक्षम भयौ र उनीहरूले आफ्ना लागि काम गरेका समाधानहरू दिन सके भने– यसले साँच्चीकै राम्रो नतिजा ल्याउँछ।”

तर भोइस जनमत सङ्ग्रहका बारेमा आदिवासी समुदायबाट नै विरोधका स्वरहरू पनि सुनिएका छन्।
न्युनगाइ बुन्जालुङ्गका वारेन मुन्डीन, युइन र र गुम्बेंगा आदिवासी मानिसका एक वंशज हुन्।

उनी व्यापारी, राजनीतिक रणनीतिकार र आदिवासी मामिला सम्बन्धी पक्षधर पनि हुन्।

उनको विचारमा भोइस पैसाको वर्वादी मात्र हो।

“तपाईँलाई थाहा छ, त्यहाँ ३० करोड डलर भन्दा बढी खर्च भइरहेको छ, जुन दुर्गम अस्ट्रेलियाका क्षेत्रहरूमा परियोजनाहरूमा खर्च गर्न सकिन्छ,” उनले भने।

“आदीवासीहरुको आवाज सुनिएको छैन भन्ने धरातलमा यो बन्दै छ, तर १९७३ देखि नै हामीसँग बलियो आवाज छ। समुदायको आर्थिक विकास, रोजगारी र शिक्षा जस्ता कुराहरूमा लगानी गर्नु जरुरी छ, जसले साँच्चीकै फरक ल्याउँछ।”

भोइस टु पार्लियामेन्ट भनेको पहिलो राष्ट्रका जनताका सम्बन्धित विषयहरूमा सरकारलाई सुझाव दिने निकायको निर्माणका लागि माग हो।

भोइस जनमत सङ्ग्रहले कस्तो नतिजा ल्याउँछ, त्यसका लागि केही महिना कुर्नै पर्छ, यद्यपि नेडक सप्ताह पृथ्वीको पुरानो जीवित संस्कृतिको इतिहास र वर्तमानलाई उत्सवका रूपमा मनाउने समय हो।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand