नेपाल फेस्टिभल सिड्नी: अस्ट्रेलिया घुम्न आएका अभिभावक भन्छन्, 'समय थपेर यहीँ बस्न मन लाग्यो'

Nepal festival 1.jpeg

Source: SBS / Sunita Pokharel

अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र विभिन्न सामुदायिक कार्यक्रमहरूमा सरिक हुँदा नेपालबाट आएका केही अभिभावकहरूले अस्ट्रेलियामा नै समय थपेर बस्न मन लागेको बताएका छन्। नेपाल फेस्टिभल सिड्नी २०२२ मा उपस्थित भएका अभिभावकहरूले नेपालको झल्को मेटाउने यस्ता कार्यक्रमहरूले अस्ट्रेलिया बसाइ थप रमाइलो बनाएको भनाइ राखे।


LISTEN TO
nepali_20112022_NepaliParentsfinal.mp3 image

अस्ट्रेलिया घुम्न आएका अभिभावकहरूको भनाइ सुन्नुहोस्।

04:06
नेपाल फेस्टिभल जस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा नै हुर्किएका नयाँ पुस्तालाई पनि नेपाली संस्कृतिसँग नजिक राख्ने केही नेपाली पृष्ठभूमिका अभिभावकहरूको भनाइ छ।
LISTEN TO
nepali_20112022_Parentsofchildren.mp3 image

नेपाली संस्कृतिबारे नयाँ पुस्तालाई बुझाउन सामुदायिक कार्यक्रमहरूको महत्त्वबारे अभिभावकहरूको भनाइ सुन्नुहोस्।

04:16
नेपाल फेस्टिभल सिड्नी २०२२ को झाँकीमा पृथ्वी नारायण शाह र लाखे नाच प्रस्तुत गर्नेहरूले आफूले नेपालको पहिचान बोक्ने पात्र बन्दा खुसी लागेको बताएका छन्।
LISTEN TO
nepali_20112022_Parade.mp3 image

परेडमा सहभागी भएकाहरूको प्रतिक्रिया सुन्नुहोस्

01:28
नेपाली समुदायका साथै केही गैर नेपालीहरूको पनि उपस्थिति रहेको सो कार्यक्रममा उनीहरूले नेपाललाई कसरी चिन्छन् भनेर एसबीएस नेपालीलाई बताएका छन्।
LISTEN TO
nepali_20112022_Foreignvisitors.mp3 image

विदेशीहरूको नजरमा नेपाल

01:46
त्यस्तै कार्यक्रममा उपस्थित भएका गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसीले विदेशमा रहने नेपालीहरूको आफ्नै समस्याहरू भए पनि समुदायको हितका लागि एकजुट हुनु महत्त्वपूर्ण भएको बताएका छन्।
LISTEN TO
nepali_20112022_BadriKCNRNA.mp3 image

बद्री केसीसँग गरिएको कुराकानी सुन्नुहोस्।

01:32

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand