विदेशमा रहेकाहरुको उद्धार गर्न सर्वोच्च अदालतको अन्तरिम आदेशबारे देखिएन नेपाल सरकारको चासो

A Nepalese woman carries her child as she waits to board a vehicle during lockdown to prevent the spread of the new coronavirus in Bhaktapur, Nepal.

A Nepalese woman carries her child as she waits to board a vehicle during lockdown to prevent the spread of the new coronavirus in Bhaktapur, Nepal. Source: AAP

अन्तर्राष्ट्रिय उडानहरु ३० अप्रिल सम्म बन्द भएका कारणले त्यस्ता मानिस आफुखुशी नेपाल फर्किने विकल्प पनि हाल उपलब्ध छैन।


सर्वोच्च अदालतले सरकारलाई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको  उद्धार गरेर नेपाल ल्याउने अन्तरिम आदेश दिएको छ, तर सरकारले त्यसतर्फ कुनै पहल गरेको छैन। अन्तर्राष्ट्रिय उडानहरु ३० अप्रिल सम्म बन्द भएका कारणले त्यस्ता मानिस आफुखुशी नेपाल फर्किने विकल्प पनि हाल उपलब्ध छैन।

नेपालका ४३ लाख भन्दा बढि मानिस रोजगारीका लागि विश्वका १५० भन्दा बढी मुलुकमा छरिएर रहेका छन्, र ती मध्ये तीन चौथाई खाडी मुलुक र मलेसियामा छन्। धेरैजसो नेपालीहरु निर्माण, कृषि, होटल र घरेलु कामका क्षेत्रमा रहेका छन्।

कोरोना भाइरसले ती मध्ये थुप्रै क्षेत्रलाई असर पारेपछि धेरै नेपालीले रोजगारी गुमाएका छन् र विदेशमा बेखर्ची अवस्थामा अलपत्र परेका छन्।

धेरैले सामाजिक सञ्जालमा आफूलाई उद्धार गरिदिन नेपाल सरकारसमक्ष अपील पनि गरेका छन्।  हालसम्म नेपाल बाहिर एघार सय भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

यसरी वैदेशिक रोजगारीमा गएका नेपालीको जीवनको हक र स्वास्थ्य उपचारको हक सुनिश्चित गरिनुपर्ने भन्दै अधिवक्ता सोमप्रसाद लुईंटेलले रिट निवेदन दर्ता गरेका थिए।

१६ अप्रिलमा न्यायाधीश सपना प्रधान मल्लको एकल ईजलासले यो मुद्दामा फैसला गर्दै त्यस्ता नागरिकमा संक्रमण फैलिने जोखिम र उपचारमा कम पहुँच भएका कारण सरकारले नेपालका अरु मानिसलाई असर नपर्ने गरी उनीहरुको सुरक्षा र स्वास्थ्यको बन्दोबस्त गरेर सशर्त फिर्ता ल्याउने अन्तरिम आदेश दिएको हो। 
Supreme Court of Nepal
The Supreme Court of Nepal. Source: Supreme Court of Nepal
सरकारले भने यस विषयमा कुनै चासो देखाएको छैन।

गत हप्ता मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले भने, "यस क्षेत्रमा बसोबास गर्ने व्यवक्तिलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालका अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने।"

हालसम्म पनि सरकारले यो नियममा परिवर्तन गर्ने कुनै संकेत दिएको छैन।

कोरोनाको प्रकोपको बीचमा थुप्रै देशले आफ्नो नागरिक फिर्ता लैजान आग्रह गरिसकेका छन्।

२ लाख भन्दा बढी नेपाली रहेको युएईले विदेशी कामदारलाई आफ्नो देश फिर्ता जान भनिसकेको छ भने कतारले गत महिना ४०० नेपालीलाई फिर्ता पठाएको थियो।

यो परिस्थितिले एकातिर विदेशमा रहेका नेपाली अलपत्र पर्ने वा कोरोना संक्रमित हुने डर बढिरहेको छ भने अर्कोतर्फ नेपालको अर्थतन्त्रको एक तिहाई धानिरहेको वैदेशिक रोजगार क्षेत्र डामाडोल भएपछि नेपालको अर्थतन्त्रमा ठुलो धक्का पुग्ने पनि चिन्ता रहेको छ।
Nepal's Finance Minister Yubaraj Khatiwada.
Nepal's Finance Minister Yubaraj Khatiwada. Source: Facebook
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand