рдиреЗрдкрд╛рд▓реА рд╕рд╛рдЩреНрдЧреАрддрд┐рдХ рдХреНрд╖реЗрддреНрд░ рдбрд┐рдЬрд┐рдЯрд▓ рдорд╛рдзреНрдпрдордорд╛ рд╡реНрдпрд╛рд╡рд╕рд╛рдпрд┐рдХ рдмрдиреНрджреИ

Lishn Team Nepali Digital Music Streaming app

Source: Supplied

рдиреЗрдкрд╛рд▓рдорд╛ рднрд░реНрдЦрд░реИ рдорд╛рддреНрд░реИ рдкреИрд╕рд╛ рддрд┐рд░реЗрд░ рдЕрдирд▓рд╛рдЗрди рдЧреАрдд рд╕реБрдиреНрдиреЗ рд╕реБрдирд╛рдЙрдиреЗ рдкреНрд░рдпрд╛рд╕рд╣рд░реВ рднрдЗрд░рд╣реЗрдХрд╛ рдЫрдиреНред


लकडाउनमा घरमै बसिरहेको बेलामा धेरै मानिसले मनोरञ्जनका लागि चलचित्र हेर्ने र गीत सुन्ने गरिरहेका छन्।

अङ्ग्रेजी वा हिन्दी गीत सुन्नका लागि स्पटिफाइ, आइट्युन्स र गाना जस्ता एपहरू उपलब्ध छन् भने नेपाली गीतहरू हामी अझै पनि युट्युब जस्ता निःशुल्क एपहरूबाट धेरै सुन्छैं।

नेपालमा भर्खरै मात्रै पैसा तिरेर अनलाइन गीत सुन्ने सुनाउने प्रयासहरू भइरहेका छन्।

सन् २०१६ मा आयुष श्रेष्ठ र उनका दुइजना साथी मिलेर लिशन नामक एप सार्वजनिक गरिएका थिए, जसमा गीत सुन्नलाई पैसा तिर्नु पर्दैन थियो।

लिशनमा मूलधारका कलाकार भन्दा पनि स्वतन्त्र कलाकारका गीत धेरै थिए।
lishn nepali music app
Source: Supplied
कम्प्युटर इन्जिनियर साथीहरू मिलेर आफैँ बनाएको एपमा त्यति धेरै त लगानी थिएन, तर थोरै लगानी पनि नउठेकाले यो एप बन्द गर्नुपरेको श्रेष्ठ बताउँछन्।

“मूलधारका गीतहरू राख्नै एकदमै गाह्रो भयो किनकि म्युजिक कम्पनीहरूले यसमा चासो देखाएनन्। श्रोताको तर्फबाट पनि एकदमै थोरै पैसा तिरेर पनि यो सेवा लिनको लागि मानिसहरू तयार थिएनन्। एक वर्षपछि हामीले शायद अहिले बेला भएको छैन होला भनेर बन्द गर्‍यौँ,“ श्रेष्ठ भन्छन्।

सन् २०१७ मा नेपालमा म्युजिक नेपाल र योण्डर म्युजिकले एपहरू सार्वजनिक गरेका थिए।

नेपाली कम्पनी म्युजिक नेपालले नेपाल टेलिकमसँग र बहुराष्ट्रिय कम्पनी योण्डरले एनसेलसँग साझेदारी गरेका थिए।

म्युजिक नेपालले आफुसँगै भएका गीत बजाउँथ्यो भने योण्डरले अरू कम्पनीसँग लिएका गीतहरू बजाउँथ्यो।

तर विभिन्न समस्यापछि ती दुवै एप पनि बन्द भए।
Nepali music app
Source: Supplied
योण्डर मै काम गरेका सुदीप पोखरेल र उनका दुइजना साथी मिलेर गत वर्ष नेपालमा दामी म्युजिक एप सार्वजनिक गरेका छन्।

यो एपमा अधिकांश मूलधारका गीतहरू सुन्न पाइन्छन्, जुन दामी म्युजिकले रेकर्डिङ कम्पनी अथवा वितरकसँगको सहकार्यमा बजाउने गर्दछन्।

गीत सुन्न श्रोताले प्रति दिन, प्रति हप्ता वा प्रति महिनाका दरले पैसा तिर्न सक्छन्।

हुन त युट्युब जस्ता माध्यमबाट नेपाली गीतहरू निःशुल्क सुन्न पाइन्छ।

तर यस्ता एपले भने गायक, सङ्गीतकार लगायतका कलाकारलाई रोयल्टी दिने हुनाले वैधानिक भएको पोखरेल बताउँछन्।

“रेभेन्युको रोयल्टी चाहिँ कलाकार वा जुन कम्पनीसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई दिएका छौँ। कति चाहिँ वहाँहरू अफैंले ड्यासबोर्डमा हेर्नुहुन्छ र क्लेम गरेपछि हामी दिन्छों। स्पटिफाइ जस्ता विदेशी एपमा डिस्कभरि स्क्रिनमा जाँदा तपाईँले नेपाली कलाकारलाई पाउनुहुन्न। हामीले चाहिँ नेपाली कलाकारलाई फोकस गर्ने भएर श्रोतालाई हाम्रोमा नेपाली गीत सुन्न सजिलो हुन्छ,” पोखरेल बताउँछन्।
Dami Nepali music app
Source: Supplied
हालसम्म दामी म्युजिकसँग ९००० भन्दा बढी श्रोता आबद्ध भएको पोखरेल बताउँछन्।

विदेशमा स्पटिफाइ जस्ता एपहरू लोकप्रिय भइसक्दा पनि नेपालमा पैसा तिरेर अनलाइन गीत सुन्ने संस्कृति विकसित भइसकेकाले दामी म्युजिकले हालसम्म लगानी उठाउने स्थानमा नपुगेको पोखरेल बताउँछन्।

तर पनि भविष्यमा भने विश्वका अन्य ठाउँमा जस्तै नेपालमा पनि यसका प्रयोगकर्ता बढ्ने उनको विश्वास छ।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand