अस्ट्रेलियाली सङ्घीय चुनावका लागि भुवन खड्काको उम्मेदवारी

Nepali origin Bhuwan Khadka will be contesting the May 18 federal election as Greens candidate for Western Australia

Nepali origin Bhuwan Khadka will be contesting the May 18 federal election as Greens candidate for Western Australia. Source: Supplied

अस्ट्रेलियाली सङ्घीय संसद्को माथिल्लो सदन वा सिनेटको सीटका लागि नेपालमा जन्मिएका भुवन खड्का ग्रीन्स पार्टी उमेद्वार घोषित भएका छन्।


अस्ट्रेलियाको राष्ट्रिय राजनीतिमा केही नेपालीहरूको सक्रिय सहभागितामा भुवन खड्काको नाम थपिएको छ। 

आगामी मे १८ मा हुन गइरहेको सङ्घीय निर्वाचनमा संसदको माथिल्लो सदनका लागि खड्काले ग्रीन्स पार्टीको लागि चुनाव लड्ने छन्। तर खड्का ग्रीन्स उम्मेदवारहरूको सुचीमा चौथो नम्बरमा रहेका छन्।

यसको मतलब, चुनावमा ग्रीन्स पार्टीले सीट जित्न सफल भए, उनि भन्दा अगाडीका तिन वटै उम्मेदवारहरू केही कारण बस संसदमा नरहने परिस्थिति आए मात्र उनि सिनेट सदस्य बन्न सक्ने छन्। 

हाल सभासद जोर्डोन स्टील-जोनले पश्चिम अस्ट्रेलियामा ग्रीन्स पार्टीको नेतृत्व गरिरहेका छन्। उनि संसदमा निर्वाचित हुने अपाङ्गता भएका पहिलो व्यक्ति हुन्। 

खड्काले दुई वर्ष अघि पनि पश्चिम अस्ट्रेलियाको राज्य निर्वाचनमा बेल्मन्ट नामक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका थिए।
Bhuwan Khadka
Bhuwan Khadka Source: Greens


को हुन् भुवन खड्का

सन् २००८ मा नेपालबाट अष्ट्रेलिया आएका र केहि वर्षको गोल्ड्कोष्ट बसाई पछि पश्चिम अस्ट्रेलिया सरेका भुवन खड्काले एक दशक बढीको आफ्नो बसाइका क्रममा पश्चिम अस्ट्रेलियामा ग्रिन्स पार्टी भित्र आफ्नो महत्वपूर्ण स्थान बनाउन सफल भइसकेका छन्।

२०१४ देखि नै राजनीतिमा सामान्य सहभागिता जनाउन थालेका उनले सोहि अनुरुप २०१६ मा भएको राज्य स्तरको निर्वाचनमा उम्मेदवारी पाए पछि आफूले धेरै सिक्ने मौका पाएको उनले बताए।

पहिले लेबर पार्टी प्रति झुकाव राख्ने गरेका भुवन खड्का ग्रिन्स पार्टीको जलवायु परिवर्तन  त्यस्तै आप्रवासन सम्बन्धी नीतिले गर्दा यो पार्टी प्रति आफ्नो लगाव बढेको भनाइ राख्छन्।

साथै ग्रिन्सलाई चरम बाम पन्थीको उपनाम दिने गरिन्छ नि भन्ने प्रश्नमा उनले सरकारमा जुन पार्टी रहे पनि आफ्नो पार्टीको उद्देश्य भनेको गलत काम हुनबाट रोक्ने भएको बताए।
भुवन खड्का सँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
निर्वाचन समयमा चन्दा लिँदा ग्रिन्स पार्टीले सधैँ ठुलो राशिको चन्दा नलिने भन्दै खड्काले आफ्नो पार्टी सङ्घीय स्तरमा हुने गरेको भ्रष्टाचारका विरुद्धमा उभिने गरेकोमा समेत जोड दिए।

यसरी आफ्नो बारेमा मात्र नभई अन्य सबैको भलाइमा काम गर्ने पार्टी भएकाले त्यस्तो आरोपहरू लाग्ने गरेको खड्काको भनाइ थियो।

राज्य स्तर निर्वाचनमा  सक्रिय रूपमा प्रचार प्रसारमा लागेका खड्का यो पटकको सङ्घीय निर्वाचनमा घरबाटै पार्टीलाई सहयोग गरिरहेको बताउँछन्।

खड्काको उमेद्वारी

सिनेट सदस्यका लागी उम्मेदवारी दिँदा प्रमुख उम्मेदवारले आफू बाहेक अन्य ५ सहयोगी उम्मेदवारहरूको पनि नाम दिनु पर्दछ।

र यो पटक अस्ट्रेलियाको सिनेटमा ग्रिन्स पार्टीका लागी पश्चिम अस्ट्रेलियालाई प्रतिनिधित्व गर्दै आएका सिनेटर जोर्डोन स्टील-जोन प्रमुख उम्मेदवार हुँदा उनका सहयोगी उम्मेदवारका रूपमा खड्काको नाम आएको हो।

उम्मेदवारहरूको सुचीमा चौथो नम्बरमा रहेका खड्का, आफू भन्दा अगाडीका तिन वटै उम्मेदवारहरू केही कारण बस संसद्मा नरहने परिस्थिति आए मात्र सिनेट सदस्य बन्न सक्ने छन्।
Bhuwan Khadka is the Greens candidate for the Western Australia senate seat at the May 18 federal election.
Bhuwan Khadka is the Greens candidate for the Western Australia senate seat at the May 18 federal election. Source: Facebook
सरकारका  निर्णयहरूको समीक्षा गर्ने र सुझाव दिने सिनेट जस्तो महत्त्वपूर्ण स्थानमा आफ्नो उपस्थिति होस् भन्ने चाहे पनि प्रमुख उम्मेदवार जोर्डन स्टील जोन र दुई सहयोगी उम्मेदवारहरू पश्चात् मात्र आफ्नो पालो आउने भएकाले यो निर्वाचनबाट खासै ठुलो अपेक्षा नराखेको उनको भनाइ रहेको छ।

भुवन खड्काले एसबीएस नेपाली सँगको कुराकानीका क्रममा यो निर्वाचनमा आफ्नो नाम जित हासिल गर्ने हिसाबले भन्दा ग्रिन्स पार्टीको सिद्धान्तलाई पछ्याउने व्यक्तिको रूपमा आएको बताएका छन्।

माथिल्लो सदन भनेर पनि चिनिने सिनेटमा प्रत्येक राज्यबाट १२ जना र प्रत्येक टेरिटोरीबाट २ सदस्यहरू हुन्छन्। यसरी ६ राज्यहरूबाट ७२ सदस्य र दुई टेरिटोरीबाट ४ गरी ७६ सदस्यहरूको माथिल्लो सदन बन्दछ।

सरकारद्वारा प्रस्तावित कानुनलाई सिनेटरहरूको साना समूह तथा समितिहरूमा लागि विस्तृतमा अध्ययन गर्ने र चाहिएको खण्डमा सुझावहरू पनि दिन सक्नेछ।
अस्ट्रेलियाको राजनीतिमा नेपाली:

आगामी सङ्घीय निर्वाचनमा न्यु साउथ वेल्सको नेपालीहरूको बाक्लो उपस्थिति रहेको रक्डेल, कोगरा लगायतका स्थानहरू समेट्ने बार्टन निर्वाचन क्षेत्रबाट एक नेपालीको उम्मेदवारी आउने बारे चर्चा चलिरहेको छ।
लिबरल पार्टीका तर्फबाट नेपाली पृष्ठभूमिका २६ वर्षीय प्रमेज श्रेष्ठको उम्मेदवारी बारे लिबरल पार्टीबाट औपचारिक जानकारी नआए पनि उनको उम्मेदवारीको विषयले नेपाली समुदायमा राम्रै चर्चा पाइरहेको छ।
यसअघि अघिल्लो वर्ष अक्टोबर- नोभेम्बरमा भएको स्थानीय तहको निर्वाचनमा दक्षिण अस्ट्रेलियाको सल्सबरी काउन्सिलमा दुई जना नेपाली भाषीको उम्मेदवारी परेको थियो भने छिमेकी प्लेफर्ड काउन्सिलमा एक जनाको।

सल्सबरीको उत्तरी वार्डमा कमल दाहालले उम्मेदवारी दिएका थिए भने सल्सबरीकै सेन्ट्रल वार्डबाट उम्मेदवारी दिने लोकनाथ घिमिरे थिए।

प्लेफर्ड काउन्सिलको वार्ड न ४ बाट काउन्सीलर पदमा उठेका ९ प्रतिस्पर्धीमा नेपाली भाषी पुष्कर पौडेल पनि रहेका थिए।

त्यति मात्र होइन पछिल्लो समयमा नेपाली समुदायमा सक्रिय सदस्यहरूले निर्वाचनको समयमा आ-आफ्नो पार्टीका लागी समर्थन जुटाउन पनि सक्रिय भूमिका खेल्ने गरेका छन्।

गत मार्च २३ भएको न्यु साउथ वेल्स राज्य निर्वाचनमा लिबरल पार्टीको चुनावी प्रचारमा संलग्न रहेका थिए नगेन्द्र अधिकारी।

उनले मक्व्यरि र अबर्न निर्वाचन क्षेत्रका लिबरल उम्मेदवारहरूका लागी निर्वाचन प्रचार प्रसार अभियान प्रबन्धकको रूपमा काम गरिसकेका छन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand