न्यु साउथ वेल्सको यौन सहमति कानुन यस हप्तादेखि लागु हुँदै

A screenshot from a new sexual consent social media campaign in NSW.

A screenshot from a new sexual consent social media campaign in NSW. Source: NSW Social Media Campaign

न्यु साउथ वेल्स सरकारले आउँदो हप्ता जुन एक तारिखमा लागु हुने यौन सहमति सम्बन्धी कानुनको बारेमा नयाँ विज्ञापन अभियान सुरु गरेको छ। "मेक नो डाउट" (Make no Doubt) नाम दिइएको यस अभियानमा १६ देखि २४ वर्ष उमेर समूहलाई केन्द्रित गर्दै, फेसबुक, टिन्डर लगायत अन्य सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक गरिने छन्।


आउँदो हप्तादेखि न्यु साउथ वेल्समा ठोस सकारात्मक यौन सहमतिको कानुन लागु हुँदै छ, र त्यो कसरी सञ्चालन हुन्छ भनी देखाउन राज्य सरकारले एक सुरु गरेको छ।   


न्यु साउथ वेल्सका एटर्नी-जेनेरल भन्छन् कि यो कानुन कुनै विशेष विचारधारा माथि आधारित छैन, र यसमा केवल सामान्य ज्ञान (common sense) को प्रयोग गरिएको छ।     


यी भिडियोहरूमा वयस्कहरूले वास्तविक जीवनका घटनाहरूमा जस्तै यौन सहमति स्थापित गरेको उदाहरणहरू दिइएका छन् - जस्तै पार्टीमा, या बेड रुममा।  

अभियानको मुख्य सन्देश चाहिँ के हो भने - यौन क्रियाकलापमा संलग्न हुनु अगाडि, त्यहाँ उपस्थित व्यक्तिले यौन सहमति ( sexual consent) स्थापित गर्न कि केही भन्नु पर्छ, या केही गर्नु पर्छ - या उपस्थित अर्का व्यक्तिले सहमति माग्न केही गर्नु पर्छ ता भन्नु पर्छ।   


यस अभियानमा संलग्न व्यक्तिहरू मध्य अधिवक्ता स्याक्सन मलिन्स एक हुन्, र  उनको विश्वास छ कि यस अभियानले ठूलो प्रभाव पार्न सक्छ।   


मलिन्स माथि भएको यौन हिंसाको मुद्दा चाहिँ अस्ट्रेलिया भर निकै विवादास्पद बन्न पुगेको थियो। अहिले यौन सहमतिको कानुनमा आएको परिवर्तन पछाडि उनको पनि ठूलो हात छ।  
मलिन्सको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उनको बलात्कारका दुई अदालती मुद्दा र अपिलहरू कुनै कानुनी समाधान बिना अन्त्य भएका थिए।   

उनको बलात्कार गरेको आरोप लागेका व्यक्तिले मलिन्सले सहमति दिएको भनी मानेका थिए कि थिएनन् भन्ने कुरा उक्त कानुनी विवादको केन्द्रबिन्दु थियो।  


उनी भन्छिन् कि "फ्रिज रेस्पोन्स" (freeze response) अर्थात् यौन हिंसाको घटना भइरहेकोको समयमा पीडित चल्ने नसक्ने हुने, केही गर्ने नसक्ने हुने - यो विषयको बारेमा चाहिँ धेरै कुरा हुने गरेको छैन।    


मेक नो डाउट अभियानले यो पक्षको बारेमा किशोर किशोरी र वयस्कहरूमा जागरूकता बढाउने उनी बताउँछिन्।   


यौन सहमति सम्बन्धी यी कानुनहरूले चाहिँ सकारात्मक यौन सहमतिमा ध्यान केन्द्रित गर्छन्।   

त्यस्तै, कुनै नशालु पदार्थको सेवन गर्नु, बेहोस भएको अवस्था या जबरजस्ती सहमति गराउनुलाई यौन सहमतिको रूपमा लिइने छैन।   


र यौन हिंसाको आरोप लागेका व्यक्तिले अब देखि ठोस सहमति नलिएको खण्डमा - अर्का व्यक्तिले सहमति दिएको जस्तो लागेको भनी बहस गर्न पाउने छैनन्।   


न्यु साउथ वेल्सका एटर्नी-जेनेरलले बताए कि कोही चुप लागेर या नचलीकन बसेकोलाई सहमति दिएको भन्न मिल्दैन - र यो कानुनी परिवर्तनको मतलब अपराधीलाई कारवाही गर्ने मात्र होइन, तर सबैले आफ्नो सामाजिक व्यवहार परिवर्तन गर्नु पर्छ।   


यो सबै, शिक्षा मार्फत सम्भव हुने उनको भनाइ छ।  


यौन सहमति अर्थात् कन्सेन्टको कानुनमा अस्ट्रेलिया भर विभिन्न राज्य तथा प्रदेशमा अलि भिन्नता रहेको पाइन्छ।   


  • टास्मेनियाको कानुन अनुसार यौन सहमतिको लागि केही सकारात्मक सङ्केत दिन आवश्यक छ।   
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीले पनि न्यु साउथ वेल्सले जस्तै सकारात्मक यौन सहमति कानुन पारित गरेको छ।   
  • भिक्टोरिया यस वर्ष कानुनमा फेरबदल गर्न प्रतिबद्ध छ भने वेस्टर्न अस्ट्रेलियाले पनि केही परिवर्तन गर्ने बताएको छ।   
  • साउथ अस्ट्रेलिया र नर्दन टेरिटरीले चाहिँ “स्वतन्त्र र स्वैच्छिक सम्झौता” को कानुनलाई अपनाएका छन्।   

यौन सहमतिको बारेमा न्यु साउथ वेल्स सरकारको अभियानमा केही समय अगाडी आएको संघीय सरकारको अभियानको तुलनामा धेरै फरक छ  .   


सङ्घीय सरकारको उक्त “मिल्क्शेक” अभियानमा सहमतिलाई मिल्क्शेकको रूपमा देखाइएको थियो र एक युवतीले एक युवकको अनुहार भरी मिल्क्शेक दलेर त्यसलाई पिउन भनिरहेको भिडियोमा देख्न सकिन्थ्यो।   


मिल्क्शेक, टाको र पौडी खेल्न जाने जस्ता उदाहरण भएको त्यो भिडियोले स्कुले विद्यार्थीलाई यौन सहमतिको बारेमा सिकाउन बनाइएको थियो।  


यस्तो गम्भीर विषयलाई त्यस्तो रूपमा वर्णन गरिएको भनी धेरै आलोचना आए पछि, भिडियोलाई सरकारको वेबसाइटबाट हटाइएको थियो।   


अहिलेको नयाँ अभियानमा भने सिधा कुरा व्यक्त गरिएका छन्, र यो कुनै विशेष विचारधारा माथि आधारित नरहेको, र सामान्य ज्ञान प्रयोग गरिएको न्यु साउथ वेल्सका एटर्नी-जेनेरलले बताए।  


त्यस्तै, आउँदो वर्ष बाट अस्ट्रेलिया भरका सबै विद्यालयहरूमा यौन सहमति सम्बन्धी अनिवार्य शिक्षा दिइने छ। यो खबर संगै कार्यकर्ता शनेल कन्टोस निकै खुसी छिन्।   


यौन हिंसा अनुभव गरेकी उनले, अस्ट्रेलियाली विद्यालयहरूमा यौन सहमतिको बारेमा सिकाइनु पर्छ भन्दै गत वर्ष एक देशव्यापी अभियान सुरु गरेकी थिइन्, र यस वर्ष सबै शिक्षा मन्त्रीहरूले यौन, सहमति र सम्बन्धहरूको बारेमा राष्ट्रिय पाठ्यक्रम सामग्रीलाई बलियो बनाउने बताएका छन्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand