क्यान्सर रोगीहरूको संख्या घट्यो: प्रतिवेदन

پزشکان در حال پرتودرمانی یک بیمار

Doctors treat cancer patient who is being radiated by the linear particle accelerator Halcyon at Vall d'Hebron Hospital in Barcelona. EPA/TONI ALBIR Source: AAP

अस्ट्रेलियामा क्यान्सर रोगीहरूको सङ्ख्या विश्वकै उच्च मध्ये पर्दछ र एक नयाँ खोजले यो वर्ष भरिमा १ लाख ४५ हजार अस्ट्रेलियालीहरूमा क्यान्सर रोग देखिने अनुमान गरेको छ।


सामान्यतया देखिने प्रकारका क्यान्सर रोगहरूबाट बच्न सफल हुनेहरूको सङ्ख्यामा सुधार आएपनि विज्ञहरूले कम देखिने किसिमका क्यान्सरबारे पर्याप्त खोज वा जनचेतना नभएको बताएका छन्।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरद्वारा तयार पारिएको 'अस्ट्रेलियामा क्यान्सर २०१९' नामक प्रतिवेदनले देश भरका क्यान्सर रोगका प्रकारका बारेमा उपलब्ध तथ्याङ्कहरूको जाँच गरेको थियो।

उक्त प्रतिवेदनमा यो वर्ष १ लाख ४५ हजारमा यो रोग देखिन सक्ने अनुमान गरेको छ। र यो सङ्ख्या ३७ वर्ष अगाडी १९८२ मा देखिएको भन्दा लगभग तिन गुणा बढी रहेको छ।

तथापि सो प्रतिवेदनका अनुसार २००८ देखि अहिले सम्म क्यान्सर रोग लाग्ने कुल सङ्ख्यामा भने गिरावट आएको छ।

क्यान्सर रोगका तथ्याङ्कको निगरानी गर्ने संस्थाका प्रमुख जस्टिन हार्वी भन्छन् यसरी क्यान्सर रोगीहरूको सङ्ख्या बढ्नुको पछाडि वृद्ध अस्ट्रेलियालीहरूको सङ्ख्यामा वृद्धि हुनु पनि एक कारण हो।

यो रोग लागेपछि ५ वर्ष बाच्नेहरूको सङ्ख्यामा सुधार आएको छ जुन विगत ३० वर्ष यता १९ प्रतिशतले वृद्धि भएको छ।
A file image of former nurse Sue Hewlett receiving radiation therapy.
Source: AAP
सामान्यतया देखिने प्रकारका क्यान्सरहरूको उपचारमा सफलता हात परेका कारण यो वृद्धि भएको हो।

धेरै सङ्ख्यामा देखिने क्यान्सरहरूमा प्रोस्टेट (पुरुष ग्रन्थि), ब्रेस्ट, मेलेनोमा र बाउल क्यान्सरहरू रहेका छन्।

तर सबै किसिमका क्यान्सरमा बच्नेहरूको सङ्ख्यामा भने सुधार आएको छैन।

जस्टिन हार्वी भन्छन् स्वर तन्त्रको क्यान्सर, मेसोथेलियोमा, ब्रेन क्यान्सर र अन्य पाचन प्रणालीका अङ्गहरूमा लाग्ने क्यान्सर लगायतकामा उल्लेख्य सुधार आएको छैन।

उक्त प्रतिवेदनले सामान्यतया धेरै देखिने प्रकारका क्यान्सरहरू सबैभन्दा बढी कहिले देखिएको थियो भन्ने बारे पनि अध्ययन गरेको थियो।

प्रोस्टेट, ब्रेस्ट, फोक्सो, मेलेनोमा र बाउल क्यान्सरहरूमा रोग लागेको पाँच वर्ष सम्म बच्न सफल भएको देखिन्छ।
A new cancer drug has been added to the PBS.
Source: Getty


तर अन्य प्रकारको क्यान्सरको पहिलो चरणमा नै रोग लागेको थाहा पाए पनि त्यति समयसम्म बाच्नेहरूको सङ्ख्या निकै न्यून रहेको छ।

ब्रेस्ट क्यान्सर सञ्जाल अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत किर्स्टिन पिलाटी पहिलो स्टेजमा नै पत्ता लागेका क्यान्सर रोगीहरूको बाच्ने दरमा वृद्धि हुनुलाई उपलब्धि मान्नु पर्ने भए पनि निकै जटिल किसिमको क्यान्सर लागेका र पछिल्लो चरणमा रहेका क्यान्सर रोगीहरूलाई पनि बिर्सन नहुने बताउँछिन्।

अस्ट्रेलियामा क्यान्सर रोगीहरूको बाच्ने दर अन्तर्राष्ट्रिय स्तरमा नै धेरै बलियो देखिए पनि अस्ट्रेलियामा नै धेरै सङ्ख्यामा यो रोग डाइग्नोसिस हुने गरेको पनि देखिन्छ।

उक्त प्रतिवेदनले यो वर्ष झन्डै ५० हजार मानिसहरूले क्यान्सरका कारण ज्यान गुमाउन सक्ने पनि जनाएको छ।

प्रोफेसर अरान्डा यसको लागी रोग लाग्न नदिनुलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिन्छिन्।
"धेरै जस्तो देखिइरहने क्यान्सर रोगहरूको उपचारमा पाइएको सफलताको कारणले क्यान्सर रोगीहरू बच्ने सङ्ख्यामा सुधार आएको हो।"
उनका अनुसार अस्ट्रेलियालीहरूले आफ्नो दैनिकीमा केही सामान्य बदलाव ल्याएर पनि यो रोग लाग्ने जोखिमबाट बच्न सक्छन्।

क्यान्सर काउन्सिल अस्ट्रेलिया कि प्रमुख कार्यकारी अधिकृत प्रोफेसर सान्चिया आरन्डा भन्छिन् धेरै जस्तो देखिइरहने क्यान्सर रोगहरूको उपचारमा पाइएको सफलताको कारणले क्यान्सर रोगीहरू बच्ने सङ्ख्यामा सुधार आएको हो।

तर उनका अनुसार अलि कम सुनिने क्यान्सरहरूको उपचारका लागी चाहिने जति ध्यान दिन सकिएको छैन।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand