यस वर्षको रमदान प्रार्थनामा भूकम्प पीडितहरू

Ramadan

Source: Flickr

रमदान विश्वभरका मुसलमान समुदायका लागि पवित्र महिना हो जसमा मानिसहरू सूर्योदय हुने समयदेखि सूर्यास्त नहुन्जेलसम्म व्रत बस्ने गर्छन्। यो पर्व मुसलमान समुदायको लागि आफ्नो आस्थासँग निकट हुने र दुखमा रहेकाहरूलाई सम्झिने समय पनि हो। यसपाली मार्च २२ को साँझदेखि एप्रिल २० सम्म रमदान मनाइँदै छ। तर भूकम्पबाट प्रभावित सिरिया र टर्कियेमा भने रमदान अलि फरक समयमा मनाइने छ।


केही समय अगाडी मात्र भूकम्प र बाढीका कारण प्रभावित टर्कियेका हजारौँ मानिसहरू विस्थापित भएका छन्।

यस्ता मानिसहरू मध्ये धेरै मुसलमान समुदायका रहेका छन्।

सेडा सनमेज र उनको परिवारले सबै कुरा गुमाएका छन् भने भर्खरै मात्र टर्कियेबाट अस्ट्रेलियामा स्थायी बासिन्दाका रूपमा आएका छन्।

उनको लागि अस्ट्रेलिया एक सुरक्षित स्थान बनेको त छ तर पनि उनले पहिले र अहिलेको अवस्थामा धेरै भिन्नता पाएकी छिन्।

"किनभने पहिले जति बेला म यहाँ (अस्ट्रेलियामा) थिएँ मसँग घर, गाडी, काम सबै थियो। तर अहिले केही पनि छैन। अब मैले फेरी शून्यबाट सुरुवात गर्नु पर्छ।"

दुई बच्चाका बुवा सनमेजका श्रीमान् अझै पनि टर्कियेमा छन्। उनी एक चिकित्सक हुन् र मानिसहरूलाई मदत गरिरहेका छन्।
From left to right  Yasemin Sonmez, Seda Sonmez, Arda Sonmez and Idris Sonmez (Supplied).jpg
From left to right Yasemin Sonmez, Seda Sonmez, Arda Sonmez and Idris Sonmez
भूकम्पपछि आफ्नो परिवार भर्खर सामान्य अवस्था तर्फ फर्कँदै गरेको अवस्था र रमदानको समयमा खासै भिन्न नभएको उनी बताउँछिन्।

"दुई वा तिन दिनसम्म त हामीले केही पनि खाएनौँ, पानी पनि पिएनौँ। त्यसैले त्यो तिन दिन व्रत लिएको जस्तै थियो।"

तर यो समय आफ्नो लागि निकै विशेष भएको र आफूसँग भएको कुराहरूका लागि भाग्यमानी ठान्ने उनको भनाइ छ।

"रमदान अहिले हाम्रो लागि ठिकै छ। र म प्रत्येक दिन जो त्यहीँ (टर्कियेमा) बसेका छन् उनीहरूका लागि प्रार्थना गर्छु। जस्तै कि मेरो श्रीमान् जो अहिले पनि त्रिपालमा बसेर बिरामीहरूलाई हेरिरहेका छन्, र उनले त्यहाँ मानिसहरूलाई सहयोग गर्ने प्रयास गर्दै छन्।"

उनका छोरा, आर्डा सनमेजले भर्खरै मेलबर्नको इस्लामिक विद्यालय, माउन्ट हिरा कलेजमा १० कक्षामा पढ्न थालेका छन्।
पुरा रिपोर्ट सुन्नुहोस्
nepali_170323_RamadanRNF.mp3 image

यस वर्षको रमदान प्रार्थनामा भूकम्प पीडितहरू

08:05
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

आर्डा सनमेज रमदानको समयमा आफ्ना प्यारा मान्छेहरूको बिचमा रहन पाएकोमा खुसी व्यक्त गर्छन्।

न्युएल आएकन भिक्टोरियाको टर्किये मुस्लिम समुदायका एक सक्रिय सदस्य हुन्।

र उनी भन्छन् टर्कियेसँग सम्बन्धित समाचार अस्ट्रेलियाभर रहेका मानिसहरूका लागि दुखद भएको र त्यसैले पनि रमदानको समयमा आर्थिक सहायता सङ्कलन गर्नु महत्त्वपूर्ण हुनेछ।

"मलाइ लाग्छ कि आफ्नो परिवार भूकम्पबाट प्रभावित हुन् वा नहुन् अस्ट्रेलियामा रहेका धेरैका लागि प्रभावित मानिसहरूलाई सहयोग गर्नु उच्च प्राथमिकतामा रहेको छ।"

किन रमदान मुसलमानहरूका लागि महत्त्वपूर्ण छ त?

रमदानको महत्व

मुसलमानहरूमा आफ्नो समुदायका लागि गर्नु पर्छ भन्ने सोच विशेष गरी रमदानको समयमा धेरै महत्त्वपूर्ण भएको आएकन बताउँछन्।

तर सबैको अनुभव यस समयलाई लिएर फरक हुने उनको भनाइ छ।

"एउटाको आध्यात्मिक यात्रा अघिल्लो वर्षको भन्दा फरक हुन्छ भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो। मलाइ लाग्छ मानिसहरूले अझ बढी प्रार्थना गर्छन् र आफ्नो खल्ती खोलेर दान गर्छन्। र मलाइ लाग्छ यी दुई कुराहरूले रमदानलाई प्रतिविम्वित गर्छ।"

"आध्यात्मिकता, समुदाय, परिवारसँगको मेल नै यसका विशेषता हुन्।"
Silhouette of muslim man praying
World's Muslims celebrate Ramadan 2024 amid concern over Gaza conflict Source: iStockphoto / Getty Images/FOTOKITA

कूरान्डा सेइत फोरम अन अस्ट्रेलियाज इस्लामिक रिलेसन्सका निर्देशक हुन्।

उनका अनुसार शारीरिक र मानसिक रूपमा व्रत बस्न सक्नेहरूका लागि रमदान इस्लामको एक अत्यावश्यक हिस्सा हो।

"आध्यात्मिक चिन्तनमा सँगै समय बिताउनु, कुरान पढ्नु, रातीको तरावी प्रार्थना, सँगै व्रत तोड्नु यी सबै आध्यात्मिक अवसर हुन्। त्यसैले यो निकै जटिल महिना हो तर साँच्चै भन्दा यो ३० दिनको व्रत र एक ठुलो पर्वका साथ यसलाई अन्त्य गर्नु हो।"

"इस्लाममा पाँच खम्बाहरू हुन्छन् जसमध्येको एक भनेको रमदानमा व्रत बस्नु पनि हो।"

सेइत भन्छन् यो विश्वभर रहेका कम भाग्यशालीहरूलाई सम्झिने समय पनि हो, जसमा टर्किये र सिरियाका भूकम्प प्रभावितहरू पनि पर्दछन्।

"रमदान भनेको अनुभूति र करुणा हो र अरूको अवस्थामा आफूलाई राखेर हेर्नु हो र यति बेला खाना बिना कोही कसरी बाँचिरहेका छन् भनेर सोच्नु हो। किनभने कहिले काहीँ हामी खानेकुरालाई त्यति महत्त्व दिँदैनौँ। "
सनमेजको परिवारले यो रमदानमा अस्ट्रेलियामा हुने अपेक्षा गरेका थिएनन्।

तर सनमेज र उनका बच्चाहरू टर्कियेको आफ्नो घर ध्वस्त भए पछि मेलबर्नको एक सुरक्षित घरमा बस्न पाएकोमा खुसी छन्।

सेमा सेव्गी सेडा सनमेजकी आफन्त हुन् र उनी विगत २० वर्षदेखि अस्ट्रेलियामा नै बस्दै आएकी छिन्।

उनी भन्छिन् टर्कियेमा अवस्था अहिले पनि गाह्रो छ, तर सेडासँगै रमदान मनाउन पाइएकोमा उनी खुसी व्यक्त गर्छिन्।



 



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand