के रिजर्भ बैङ्कले गर्दै आएको लगातारको ब्याजदर वृद्धि केही समयका लागि रोकिँदै छ?

AFR SUMMIT 2023

Governor of the Reserve Bank of Australia (RBA) Philip Lowe addresses attendees during the Australian Financial Review Business Summit, in Sydney, Wednesday, March 8, 2023. (AAP Image/Bianca De Marchi) NO ARCHIVING Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियाली केन्द्रीय बैङ्कले विगत १० महिना देखि लगातार बढाउँदै आएको ब्याजदर बृद्धीलाई केही समय रोक्न सक्ने सङ्केत गरेको छ।


रिजर्भ बैङ्कले अवस्था हेरेर केही समयका लागि ब्याजदर वृद्धिको क्रमलाई रोक्ने सङ्केत गरेको हो।

यद्यपि मुद्रास्फीतिको दर निकै उच्च रहेको अवस्थामा कति समयका लागि बैङ्कले ब्याजदर बृद्धीलाई रोक्ने हो यो भने यकिन छैन।

गत मङ्गलवार १० औं पटक 0 दशमलव २५ % को बृद्धीसँगै हालको ब्याजदर ११ वर्ष यता कै उच्च अवस्थामा पुगेको छ।

यसको मार प्रत्यक्ष रूपमा मोर्गेज तिरिरहेका र भाडामा बस्ने मानिसहरूले अनुभव गरेका छन्।

सिड्नीमा भएको एक व्यापार सम्बन्धी सम्मेलनमा बोल्दै केन्द्रीय बैङ्कका गभर्नर फिपिल लोले आर्थिक सुंचकाकहरु हेरेर अस्थायी नीतिका बारेमा निर्णय लिने बताए।

“मुद्रास्फीति कम भएन भने, अन्तिम परिणाम भनेको चाहिँ ब्याजदर मा वृद्धि र बेरोजगारी नै हो, यसबाट हामी जोगिनु पर्छ,” लोले भने।
रिपोर्ट सुन्नुहोस्।
parly wednesday image

के आगामी केही महिना ब्याजदरमा वृद्धि नहुने हो?

06:22

यता सम्मेलनमा वक्ताका रूपमा पुगेका विपक्षी दलका नेता पिटर डट्टनले भने वर्ग युद्ध सुरु गरेको भन्दै सुपरएनुएसन कर छुट सम्बन्धी सरकारी योजनाको आलोचना गरेका छन्।

गत हप्ता लेबर सरकारले सन् २०२५ देखि लागु गर्ने गरी ३० लाख भन्दा बढी रकम सुपर एकाउन्टमा भएका मानिसहरूले यस अघि पाउँदै आएको छुटलाई बदर गरी १५ % बाट बढाएर ३० % पुर्‍याउने निर्णय गरेको थियो।

सम्मेलनमा बोल्दै नेता डट्टनले एल्बनिजी सरकारले समाजवादलाई परीक्षण गरिरहेको र इतिहासका कुरालाई बिर्सेको आरोप लगाए।

तर सरकारका वर्तमान ट्रेजरर जिम चार्मस भने विपक्षीको आलोचनालाई स्विकार्दैनन्।

एबीसीसँगको कुराकानीका क्रममा उनले पिटर डट्टनलाई नकारात्मक सोच भएको व्यक्तिको संज्ञा दिए।

"उनी (पिटर डट्टन) दिनानुदिन दिन हास्यास्पद बन्दै गएका छन्, हामीले टोनि एबोट भन्दा पनि नकारात्मक सोच भएको मान्छे फेला पारेका छौ, मे महिनामा (सङ्घीय निर्वाचनमा) अस्ट्रेलियाली जनताले अस्वीकार गरे पछि यसबाट उनले केही पाठ सिकेका छैनन्....”

यता पिटर डट्टनले अकस सम्झौता र बेलायतसँगको पनडुब्बी खरिदको विषयमा पनि टिप्पणी गरेपछि बेलायती हाई कमिसनले आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेता डट्टनले बेलायती भन्दा अमेरिकी मोडलका पनडुब्बी खरिद गर्नमा आफ्नो प्राथमिकता हुने टिप्पणी गरेका थिए।

आफू रक्षा मन्त्री रहँदा बेलायतको उत्पादन क्षमताका बारेमा आफूले जान्ने अवसर पाएको उनले बताएका थिए।

त्यसको जवाफमा नेशनल प्रेस क्लबमा पत्रकारहरूको प्रश्नको उत्तर दिँदै हाई कमिस्नर भिकी ट्रिडीलले डट्टनलाई उनको विचारमा आफू सहमति नभएको बारेमा जानकारी गराएको बताइन।
PETER DUTTON
The Leader of the Opposition, Peter Dutton Source: AAP / JONO SEARLE/AAPIMAGE
यता सरकारले बुधवार अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर महिलाहरूको अवस्था सम्बन्धी एक रिर्पोट सार्वजनिक गरेको छ।

जसमा महिलाहरू विभिन्न रूपमा प्रभावित भइरहेको तथ्य उजागर भएको छ।

पुरुषको तुलनामा महिलाहरू दोब्बर दरमा यौन हिंसाको सिकार बनिरहेका, ५५ वर्ष माथिका महिलाहरू घरबार विहीन हुने क्रम बढ्दै गएको र करिब ३० % अस्ट्रेलियाली पुरुषले लैङ्गिक असमानतालाई अस्वीकार गरेका जस्ता विषयहरू रिर्पोटले उजागर गरेको छ।

अस्ट्रेलियाली सङ्घीय महिला मन्त्री केटी गलाहरले लैङ्गिक समानताको प्रयासमा प्रगति हुन नसकेको कुरालाई स्विकादै सरकारले सुत्केरी बिदामा पनि महिलाहरूलाई सुपरएनुएसन उपलब्ध गराउने विषयमा विचार गरिरहेको बताइन्।

यस विषयमा सरकारी नीति वर्षको मध्यसम्म सार्वजनिक हुने बताइएको छ।

यता यसै हप्ता प्रधानमन्त्री एन्थोनि एल्बनिजी भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका लागि भारत पुगेका छन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand