सन् २०२१ सँगै जबसीकर र जबकीपर भत्ता घट्यो: थुप्रै मानिस असमर्थ

Welfare groups are calling for a permanent increase in JobSeeker payments.

$1.2 billion dollar boost to programs post-JobKeeper. Source: AAP

नयाँ वर्ष सन् २०२१ को स्वागत सँगै अस्ट्रेलियाको संघीय सरकारले कोभिड-१९ महामारी विरुद्ध लड्न अपनाएका आर्थिक कदमहरूमा परिवर्तन ल्याउने भएको छ। जनवरी १ तारिखदेखि कोरोना भाइरस बेरोजगार भत्ता प्रत्येक १५ दिनमा १०० डलरले घट्ने छ र मार्चमा अन्त्य गरिने छ।



प्रमुख विषय:

  • कोरोना भाइरस आर्थिक सहायता रकमहरूमा प्रभाव नपार्न विपक्षी दल र विज्ञहरूको माग
  • प्रत्येक दुई हप्ता: जबसीकर रकम १५० डलर र जबकीपर रकम १००० डलर
  • सरकारले अन्य सहायता प्याकेजहरूको छिट्टै घोषणा गर्ने

जनवरी १ तारिखबाट महामारीका लागि सरकारले ल्याएका आर्थिक सहायता रकममा परिवर्तन हुने भए पछि आर्थिक क्षेत्रका विज्ञ र विपक्षी दलले जबसीकर र जबकीपर जस्ता आर्थिक सहायतालाई भने प्रभावित नपार्न आग्रह गरेका छन्। 

शुक्रबार १ जनवरी देखि जबसीकरमा १०० डलरको कटौती भएको छ भने सोमबार ४ जनवरी देखि जबकीपरमा २०० डलरको कटौती भएको छ।
यस अनुसार जबसीकर रकम प्रति दुई हप्ता १५० डलर कायम भएको छ भने जबकीपर रकम १००० डलर प्रति दुई हप्ता कायम हुने छ। 

त्यस्तै, सन् २०२०को फेब्रुअरी या जुन महिनाहरूमा प्रत्येक हप्ता औसतमा २० घण्टामा भन्दा कम काम गर्ने मानिसहरूको लागि भने जबकीपरको नयाँ रकम घटेर ६५० डलर प्रति दुई हप्ता हुने छ। 

आर्थिक रूपमा समस्यामा रहेका मानिसहरू करिब ४० डलर प्रति दिनमा जीवन गुजार्नु पर्ने स्थितिमा पुग्ने छन्, जुन अधिकांश मानिसहरूले अस्वीकार्य रहेको तर्क गरेका छन्।
सन् २०२० धेरै कुराहरूमा चुनौतीपूर्ण रह्यो र राष्ट्रका लागि पनि धैर्यता राख्न पर्ने वर्षको रूपमा रहन गयो। 

यस नयाँ वर्षको मुख्य चुनौती रोजगार क्षेत्रमा हुने डेलोइट एक्सेस इकोनोमिक्सका क्रिस रिचार्डसन बताउँछन्। 

कोरोना भाइरस अन्तर्गतको सहायता बन्द हुँदा यसले दसौँ लाख मानिसहरूलाई असर पुर्‍याउने भएको छ।
सरकारी सेवा सम्बन्धी छाया मन्त्री बिल शर्टन, आर्थिक सहायतामा कटौती मुलुककै लागि टाउको दुखाइको विषय बन्न सक्ने बताउँछन्। 

सरकारी सहायता बन्द हुँदा थुप्रै मानिसहरूलाई जीवन धान्न मुस्किल पर्ने उनको भनाइ छ। उनी भन्छन्, जबसीकरको आर्थिक सहायता कटौती नगर्नका लागि ठूलो समर्थन छ। 

यता सरकारी सेवा मन्त्री स्टुवार्ट रोबर्ट सरकारले केही प्याकेजहरूमा कटौती गर्ने भए पनि अन्य थुप्रै सरकारी सहायताले भने निरन्तरता पाउने र यसलाई सन्तुलित बनाउने बताउँछन्। र सरकारले चाँडै नै नयाँ कार्यक्रमका बारेमा घोषणा गर्ने पनि उनले बताए।
यो सँगै, सरकारले रोजगारदाता कम्पनीहरूलाई रोजगारीमा युवाहरूलाई प्राथमिकतामा राख्न ल्याएको ४ अर्ब डलरको प्याकेज पनि आउँदो फेब्रुअरी देखि सुरु हुने छ।

त्यस अन्तर्गत १६ देखि २९ वर्षका मानिसहरूलाई रोजगारी दिने कम्पनीले हप्ताको २०० डलर र ३० देखि ३५ वर्ष उमेर समूहका कर्मचारीहरूका लागि साप्ताहिक १०० डलर सरकारी प्रोत्साहन रकम प्राप्त गर्ने छन्। 

प्रधानमन्त्री मोरिसनले नयाँ वर्षमा आफ्ना सङ्कल्पमा रही रहन र चुनौतीहरूको सामना गर्न जनतासँग आग्रह गरेका छन्। 

कोभिड-१९ महामारी सँग सम्बन्धित स्वास्थ्य तथा अन्य सान्दर्भिक कदम र नियमहरूको बारेमा आफ्नो भाषामा हेर्न मा जानुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand