अस्ट्रेलियामा न्यूनतम तलब पाउने कामदारलाई आफ्नो खर्च धान्नै मुस्किल

The increased cost of living continues to place more pressure on Australians - SBS

The increased cost of living continues to place more pressure on Australians Source: SBS

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक पाउँदै आएका मानिसहरूले आफ्नो सबै खर्च कटाउँदा हप्ताको अन्त्यमा केवल ५७ डलर मात्र बचत गर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ।


उच्च मुद्रास्फीति र अत्यावश्यक उपभोग्य सामाग्रीहरूको मूल्य वृद्धि हुँदा निश्चित आम्दानी भएकाहरूलाई घर खर्च चलाउन मुस्किल परिरहेको एक अध्ययनले देखाएको छ।

अझ न्यूनतम ज्यालामा काम गर्ने मानिसहरूलाई त यसले ठुलै रूपमा प्रभावित बनाइरहेको छ।

एङ्गलीकेयर नामक एक कल्याणकारी संस्थाले विभिन्न अध्ययनहरूका आधारमा निकालेको एक निष्कर्षका अनुसार न्यूनतम ज्यालामा काम गर्ने मानिसहरूले हप्ताको अन्त्यमा आफ्ना अत्यावश्यक खर्च कटाएर केवल ५७ डलर मात्रै बचत गर्न सक्ने पत्ता लगाएको छ।

अझ महत्वपूर्ण कुरा त के छ भने यसमा मासिक रूपमा खर्च हुने पानी, बिजुली फोन जस्ता खर्चको हिसाब राखिएको छैन।

दुई जना फुल टाइम काम गर्ने चार जनाको परिवारलाई आधार मान्ने हो भने उनीहरूले हप्तामा केवल ७३ डलर मात्र बचत गर्न सकिरहेका छन्।

एकल अभिभावकको हकमा त अवस्था कहाली लाग्दै देखिएको छ, घर भाडा, खाना, यातायात र चाइल्डकेयर जस्ता अत्यावश्यक चिजको खर्च पछि उनीहरू त घाटामा गइरहेको देखिएको छ।

उनीहरूलाई साप्ताहिक रूपमा १८० डलर अपुग भएको देखिन्छ।
रिपोर्ट सुन्नुहोस्
cost of living image

न्यूनतम तलब पाउने कामदारलाई आफ्नो खर्च धान्नै मुस्किल

05:19
  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

एङ्गलिकेयरकी कार्यकारी निर्देशक केसी चेम्बर्सका अनुसार संस्थाले पहीलोपटक जीवन यापनको खर्चका बारेमा तथ्याँकहरुलाई एकत्रित गरेर निष्कर्ष निकालेको हो।

“यी मानिसहरूले (अध्ययनमा सामेलहरू) हामीले भनेका सबैकुराहरु मानेका छन्, यी पेसाहरू वास्तवमा महामारीका बेला अग्रपङ्गतीमा बसेर काम गरेका डेलिभरी ड्राइभर, खुद्रा पसलमा काम गर्ने कामदार, सुरक्षा गार्ड जस्ता पेसामा संलग्न मानिसहरू हुन्...जो अहिले पनि पछाडि नै परिरहेका छन्,” चेम्बर्सले भनिन्।

यता खेर जाने खाद्य समाग्रीहरु आवश्यक पारेका मानिसहरूसम्म पुगोस् भनेर कार्यक्रम चलाइरहेको ओजे हार्भेस्ट भन्ने अर्को कल्याणकारी संस्थामा साउथ अस्ट्रेलिया र भिक्टोरियाका लागि ग्रुप इन्गेजमेन्ट म्यानेजरका रूपमा कार्यरत अलाना रोर्बट्सका अनुसार खाद्यान्नको माग दिन प्रतिदिन बढिरहेको छ।

उनका अनुसार उनीहरूले सेवा दिइरहेका एक तिहाइ मानिसहरू नयाँ हुन् र उनीहरूको फुटटाईम जागिर र परिवार पनि छ।

यता फादर बब म्गवाएर फाउन्डेसन पनि ओजे हार्भेस्टले बचत गरेर ल्याएको खाना आवश्यक परेका मानिसहरू सामु पुर्‍याउने काम गर्दै आएको छ।

उक्त संस्थाका कोअर्डिनेटर ग्राहक जेम्स कोलियरका अनुसार खाद्यान्नको माग झनै बढेको देखिएको छ।

“मानिसहरू भन्छन् कि उनीहरू घर भाडा तिर्न सकिरहेका छैनन्, गाडीमै सुतिरहेका छन् तर खाना नखाई त मानिस बस्न सक्दैन नि।” उनले भने।
Fair Work Ombudsman
Fair Work Ombudsman Source: SBS
जुनको पहिलो साता फेयर वर्क कमिसनले न्यूनतम तलबमा ८.६ प्रतिशतको वृद्धि गरेको घोषणा गरेको छ।

जसका कारण जुलाई एक तारिख देखि घण्टाको न्यूनतम तलब बढेर २३.२३ डलर पुग्ने छ।

तर थोरै वृद्धि भएको तलबले समस्या समाधान नगर्ने एङ्गलिकेयरकी चेम्बर्सले बताइन्।

“हामीले आफैलाई सोध्नु पर्ने प्रश्न, हामीले कस्तो समाजको विकास गरेका छौ जहाँ एउटा फुल टायम कामदारले आफ्ना परिवारका लागि खाना र छानोको व्यवस्था गर्न सकिरहेको छैन।”

संस्थाका अनुसार मानिसहरूको कमाइको अधिकांश हिस्सा वासस्थानको बन्दोबस्त मै खर्च भइरहेको छ।

यसो त अनुसन्धानहरूले पनि बितेको तीन वर्षमा घर भाडा तीस प्रतिशतले वृद्धि भएको देखाउँछ।

एएमपी क्यापिटलका प्रमुख अर्थशास्त्री सेन ओलीभरका अनुसार समस्याको समाधानका लागि स्थानीय स्तरमा मात्र नभई राज्य र सङ्घीय स्तरमै समाधानको पहल गरिनु पर्छ।

“यसको सामान्य निराकरण भनेको चाहिँ, धेरै वासस्थानहरू उपलब्ध गराइनु हो, सस्तो र किफायती वासस्थान– कम आम्दानी भएका वा आम्दानी नै नभएकाहरूका लागि। तर यसका लागि मलाई लाग्छ कि सरकारका सबै तहबाट काम हुनुपर्छ....”

यता सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थ भने सङ्घीय सरकारले बढ्दो जीवनयापनको लागत कम गने लक्ष्य १४.६ अर्वको बजेट मार्फत राखेको र १ करोड ५७ लाख बराबरको आर्थिक सङ्कट कोषको स्थापना गरेको बताउँछिन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand