अस्ट्रेलियामा बसोबास: सुपरएन्नुएसनको बारेमा तपाईँलाई थाहा हुनु पर्ने कुराहरू

Over 500,000 Australians are estimated to have withdrown all their superannuation savings during the COVID-19 crisis.

Source: Getty Images

नयाँ आर्थिक वर्षदेखि सुपरएन्नुएसन दर कम्तीमा पनि १० प्रतिशतमा वृद्धि हुँदै गर्दा सुपर पनि भनिने अस्ट्रेलियाको निवृत्तिभरण योजना तपाईँका लागि किन महत्त्वपूर्ण छ त?


अस्ट्रेलियामा रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई दिने तलबको कम्तीमा पनि साँढे नौ प्रतिशत (जुलाई १ तारिखदेखि १० प्रतिशत) रकम सुपरका लागि छुट्टै निवृत्तिभरण कोषमा अनिवार्य जम्मा गरिदिनुपर्ने नियम छ।
प्रति महिना कर समेत गरेर कम्तीमा पनि ४५० डलर कमाउने सबै मानिसहरू - सुपरएन्नुएसन यानि रिटायर्ड भइसकेपछि उपयोग गर्न मिल्ने - उक्त बचत योजनाका लागि योग्य हुन्छन्।

यसका साथै वृद्धावस्थाका लागि कम करमा रकम बचत गर्ने सुपर एक प्रभावकारी माध्यम पनि हो।

र, विज्ञहरूका अनुसार केही विशेष कुराहरूमा ध्यान पुर्‍याउन सकिएको खण्डमा चाहिँ सुपरबाट थप फाइदाहरू प्राप्त गर्न सकिन्छ।

तर अस्ट्रेलिया आइपुगेका अधिकांश नयाँ आप्रवासीहरूलाई सुपरले कसरी काम गर्छ भन्ने कुरा थाहै नहुने बताउँछन् रशेश भावसार।

मेलबर्नमा मुख्यालय रहेको फर्च्युन वेल्थ क्रिएसन ग्रुपमा एक आर्थिक सल्लाहकारका रूपमा कार्यरत भावसार भन्छन् अस्ट्रेलियाको निवृत्तिभरण योजना निकै जटिल छ।
Finance, Retirement, Superannuation, Retirement Finances, Age Pension,
Source: SBS
अस्ट्रेलियाली कर कार्यालयका अनुसार सबै सुपर खातावालहरूको एक चौथाइ सङ्ख्यासँग एउटा भन्दा बढी निवृत्तिभरण कोषमा खाता रहेको छ।

रशेश भावसारका अनुसार यसरी एउटै व्यक्तिको थुप्रै सुपर एकाउन्ट हुँदा उनीहरूले आफ्नो खाता हुने हरेक कोषलाई शुल्क बुझाउनुपर्छ जुन प्रत्युत्पादक हो।

आगामी जुलाई १ तारिखदेखि यदि कर्मचारीले आफ्नो इच्छाको सुपर खाता मनोनीत गरेनन् भने, जागिर परिवर्तन गर्दा रोजगारदाताले उक्त कर्मचारीको साबिक कै सुपरएन्नुएसन अकाउन्टमा निवृत्तिभरण वापतको भुक्तानी गरिदिनेछन्।

साधरणतया सेवा निवृत्त वा चलनचल्तीको भाषामा "रिटायर्ड" भएपछि मात्र सुपरमा जम्मा भएको रकम झिक्न मिल्छ।
Over 500,000 Australians are estimated to have withdrown all their superannuation savings during the COVID-19 crisis.
Source: Getty Images
तर ६५ वर्ष पुगेपछि वा कारुणिक अवस्थाका कारण जस्तै कि अपाङ्गता, स्वास्थ्योपचार वा अत्यन्त खराब आर्थिक स्थिति उत्पन्न भएमा पनि सुपरमा जम्मा भएको रकम चलाउन सकिने निवृत्तिभरण सम्बन्धी कानूनमा उल्लेख छ।

अस्ट्रेलियन प्रुडेन्सिएल रेगुलेसन अथोरिटी वा छोटकरीमा आप्रा भनिने अस्ट्रेलियामा वित्तीय सेवा उद्योगहरूको नियमन निकायले जारी गरेको एक तथ्याङ्क अनुसार गत साल कोरोनाभाइरस महामारी सुरु भएपछिको विषम परिस्थितिमा ४८ लाख अस्ट्रेलियालीहरूले आफ्नो सुपरमा सञ्चित धनको केही हिस्सा चलाएका थिए।

यसरी आफ्नो सुपरबाट केही रकम झिकेका मानिसहरूले सकेसम्म चाँडो फेरी आफ्नो निवृत्तिभरणलाई पुरानै अवस्थामा फर्काउन स्यालरी स्याक्रीफाइस वा कर काटिनु अगावै आफ्नो तलबबाट केही रकम सुपरमा हाल्नु बुद्धिमानी हुने बताउँछन् - चार्टर्ड अकाउन्ट्स अस्ट्रेलिया एन्ड न्युजील्यान्डका सुपरएन्नुएसन प्रमुख टोनी नेग्लाइन।

क्यासमा काम गर्ने मानिसहरूलाई सकेसम्म चाँडो ट्याक्स फाइल नम्बर अन्तर्गत रहेर काम गर्न समेत उनी सुझाव दिन्छन्।
A new study revealed Aussie workers pay levels peak after the age of 45.
Source: AAP Image/Dan Peled
सुपरएन्नुएसन फन्ड्स अफ अस्ट्रेलिया वा आस्फाका अनुसार आजभोलि सेवा निवृत्त भएर ठिक्कैको जीवनयापन गर्न एकल मानिसहरूको हकमा २८,१७९ डलर र जोडी भए ४०,७३९ डलरको वार्षिक बजेटको आवश्यकता पर्छ।

तर अस्ट्रेलियाली तथ्याङ्क विभाग वा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक (एबीएस) द्वारा आर्थिक वर्ष २०१७/१८ मा जारी गरिएको आँकडा अनुसार औसत रूपमा पुरुषहरूसँग १६८,५०० डलर र महिलाहरूसँग १२१,३०० डलर उनीहरूको निवृत्तिभरण खातामा जम्मा भएको छ।

अस्ट्रेलियाली सरकारले ६६ वर्ष कटेका मानिसहरूको हकमा पेन्सन भुक्तानी गर्ने भएता पनि यसका लागि योग्य ठहर हुन आप्रवासी मानिसहरूले यहाँ १० वर्षभन्दा बढी समय बसोबास गरेको हुनुपर्छ।
Centrelink
photo of Centrelink signage at the Yarra branch in Melbourne. Source: AAP
यसरी पेन्सन पाइहाले पनि आरामदायी जीवनयापन गर्न उक्त रकम पर्याप्त नहुने रशेश भावसारको भनाई छ।

नेग्लाइन पनि मानिसहरूले आफ्नो कामको किसिम जे-जस्तो भएता पनि सेवा निवृत्त भइसकेपछिको जीवनका लागि पैसा जोगाउनु निकै जरुरी रहेको बताउँछन्।

सुपर बारे बुझ्न कि त आर्थिक सल्लाहकारको मद्दत लिन नभए मनी स्मार्टको वेबसाइट जान सल्लाह दिन्छन् - भावसार।

नेपाली लगायत आफूले बोल्ने अन्य भाषामा नि:शुल्क आर्थिक जानकारीका लागि सर्भिसेज अस्ट्रेलियाको आर्थिक जानकारी सेवा वा फाइनान्सिएल इन्फरमेसन सर्भिसलाई १३१ २०२ मा फोन गर्न सकिन्छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand