"एकल महिलाहरु अपमानित हुनु परेको छ":नेपालमा नागरिकता विभेद अन्त्य गर्न माग

Rights activist Deepti Gurung spoke to SBS Nepali about Citizenship rights.

Rights activist Deepti Gurung spoke to SBS Nepali about Citizenship rights. Source: Supplied

आफ्नो एकल प्रयासमा सन्तानलाई नागरिकता दिन चाहने हामी जस्ता आमाहरुले अपमानित हुनु पर्ने खालको प्रावधानहरु वर्तमान नागरिकता ऐन संशोधन विधेयकमा रहेको अधिकारकर्मी दिप्ती गुरुङको भनाइ छ। नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक हाल संसदमा रहेको छ।तर उक्त संशोधन विधेयकमा ती आमाले कसरी शाररिक सम्पर्क भयो र बच्चा जन्मीयो भनी सरकारी अड्डामा खुलाउन बाध्य बनाइरहेको उनि बताउछिन्। यसै विषयमा हामिले लामो समयदेखि नागरिकतामा महिला र पुरुषलाई समाज अधिकार दिइनुपर्छ भनी आवाज उठाइरहेकी अधिकारकर्मी दिप्ती गुरुङसंग गरेको कुराकानी।


दीप्ती गुरुङसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयकले महिला र पुरुषलाई समान अधिकार दिएको छ?

- संशोधन विधेयकमा झन धेरै असमानता देख्छु म। आफ्नो एकल प्रयासमा सन्तानलाई नागरिकता दिन चाहने हामी जस्ता आमाहरुले अपमानित हुनु पर्ने खालको प्रावधानहरु राखिएका छन्।

किनभने यस्ता आमाहरुले बुवाको बारेमा किन केहि नखुलाएको भन्ने स्पष्टिकरण सहि स्वघोषणा गर्नु पर्ने भनिएको छ। त्यो भनेको ती आमाले कसरी शाररिक सम्पर्क भयो र बच्चा जन्मीयो भनी सरकारी अड्डामा खुलाउनु पर्छ भनेको हो। यो प्रवाधान पुरुषको हकमा भने लागु गरिएको छैन।
मलाई यो कुरा थाहा थिएन कि भारतसम्म जाने बाटो त हाम्रो पाठेघर पो रहेछ।
नागरिकता ऐनलाई विभेद मुक्त बनाउन संविधानलाई नै संशोधन गर्न पर्ने हुन्छ। यसका लागि तपाईहरुले सडक तताइ रहनु भएको छ तर यसको सम्बोधन हुने ठाउँ त सदन हो। के तपाइहरुले तताएको सडकको रिफ्लेक्सन सदनमा भएको देख्नु भएको छ?

-म यसमा एकदम दुखि छु। यसलाई राजनीतिक मुद्धामात्र बनाइन्छ। उहाँहरुके हामीहरु जस्ता पिडितहरुसंग कुरा भएकै छैन।

नगरिकताको विषयलाई लिएर संविधान संशोधन हुन्छ जस्तो लाग्छ तपाइलाई?

-संविधान संशोधन गर्न अर्को लडाइनै लड्न पर्छ जस्तो लाग्छ।

दक्षिण पट्टिको छिमेकिसंग  खुला नाका भएको र त्यहाँ उहाँहरुकै भाषामा रोटि बेटीको पनि सम्बन्ध भएकोले राष्ट्रियता जोगाउन पनि नागरिकताको विषयमा महिला र पुरुषलाई समान अधिकार दिन सकिँदैन भन्ने गर्नुहुन्छ नी?

-मलाई यो कुरा थाहा थिएन कि भारतसम्म जाने बाटो त हाम्रो पाठेघर पो रहेछ। हैन भने जहाँ समस्या छ त्यहाँ गएर तल्चा लगाउनु पर्यो। सुरक्षाकर्मी राखिएका छन् नी सीमामा। चोर आउने बाटो बन्द गर्ने कि आफ्नै परिवारका छोरीचेलीको घाँटि अठ्याउने।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand