सडक सुरक्षाका लागि नयाँ स्मार्ट प्रविधि भित्रँदै

smart transportation with Motorway intersection

A smart traffic system that could warn drivers about potential collisions, road accidents, hazards and congestions is closer to launching in Australia Source: Getty / dowell/Getty Images

अस्ट्रेलियामा सडक दुर्घटनामा बर्सेनि १,००० मानिसले ज्यान गुमाउने गरेकोमा, नयाँ स्मार्ट प्रविधिले सवारी चालक, सडक प्रयोगकर्ता र साइकल चालकहरूलाई तत्कालै सडक सुरक्षाका बारेमा सन्देश मार्फत सचेत गराउनेछ।


सडक दुर्घटनामा परि अस्ट्रेलियामा बर्सेनि करिब १,००० जनाले ज्यान गुमाउँछन्।

सन् २०२१ मा त झन् यो औसत भन्दा ३%ले बढेको पाइयो।

तर नयाँ प्रविधिको सहयोगबाट सडक दुर्घटनालाई कम गर्नका लागि नयाँ योजना र पहलको थालनी भएको छ।

सन् २०१२ मा आफ्नी २३ बर्सिया छोरी सडक दुर्घटनामा गुमाएका पिटर फ्रेजर सडक दुर्घटना कम गर्न नयाँ प्रविधिको प्रयोग हुनु निकै खुसीको कुरा भएको बताउँछन्।

“कुनै पनि प्रविधिले यी सङ्ख्यालाई घटाउँछ भने यो निकै स्वागत योग्य छ, सन् २०१२ मा यदि चालकलाई सतर्क बनाउने प्रविधिको विकास भएको भए मेरी छोरीको ज्यान बच्न सक्थ्यो,” उनले भने।

कोअपरेटीभ इन्टीलिजेन्ट ट्रान्सपोर्ट सिस्टम भनिएको उक्त प्रविधिले चालक, जोखिममा रहेका सडक प्रयोगकर्ता र साइकल चालकहरूलाई सतर्क बनाउँछ।
Road safety
Source: Getty / Getty Images/Westend61

आई मुभ अस्ट्रेलिया नामक कम्पनीले यस प्रविधिको परीक्षण गरिरहेको छ।

उक्त कम्पनीका प्रमुख इयान क्रिस्टेनसेन प्रविधिले सम्भावित खतराका बारेमा चालकहरूलाई जानकारी गराउने बताउँछन्।

"यसको प्रमुख काम भनेको चाहिँ, रियल टायममा चालक र सडक प्रयोगकर्तालाई सूचना जारी गर्नु हो, उनले भने।

यस बाहेक सजिलै नदेखिने खतराहरूका बारेमा पनि यसले चालकलाई जानकारी गराउने क्रिस्टेनसेन बताउँछन्।

इप्सविच सहरमा ९ महिना समय लगाएर गरिएको परीक्षणमा ३५० जना सहभागी बनेका थिए।

परीक्षण पछि यसको रिपोर्ट सङ्घीय यातायात विभागलाई बुझाइएको छ।

जसमा सर्वसाधारण, कार निर्माण गर्ने कम्पनी र यातायातसँग सम्बन्धित अन्य सङ्घ संस्थाले पनि आफ्नो विचार व्यक्त गरेका छन्।
रिपोर्ट सुन्नुहोस्
road saftey image

सडक सुरक्षाका लागि नयाँ स्मार्ट प्रविधि भित्रँदै

07:28
उक्त स्मार्ट प्रविधिले ट्राफिक लाइट र सवारी साधनकाबीच सन्देश पठाउने छ।

यस बाहेक सम्भावित जोखिमका बारेमा क्लाउड मार्फत चालकलाई सचेत गराइने क्रिस्टेनसन् बताउँछन्।

उक्त परीक्षणमा सहभागी एक व्यक्तिले जोखिमका बारेमा आफू बढी सचेत बनेको बताए।

“जब म्यासेज मार्फत सूचना आयो, म अलि बढी नै सतर्क भए, यसबाहेक, आफू गुडिरहेको स्थानको गति कति हुन पर्ने हो यसका बारेमा पनि जानकारी आउँदा कहाँ कतिमा कुद्नु पर्ने हो थाहा पाएर नियम पालना गर्न सकिने रहेछ,” उनले भने।

यता क्वीन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी अर्न्तगतको दुर्घटना अनुसन्धान र सुरक्षा सम्बन्धी विभागमा सहभागी अर्का एक व्यक्तिले रातो बत्ती बल्दा आउने अलर्टले आफूलाई काम बाट थाकेर आउँदा, सचेत बनाएको बताए।

इयान क्रिस्टेनसेनका अनुसार सूचना सहितको अलर्टले चालकको प्रतिक्रिया पाउन सजिलो भएको छ।

“हामीले चालकले अलर्टका बारेमा प्रतिक्रिया जनायो कि जनाएर भनेर थाहा पाउन सक्छौ, २० प्रतिशत भन्दा माथिका केसमा चालकहरूले स्पष्ट र छिटो प्रतिक्रिया जनाए, जसले दुर्घटनाको जोखिमलाई कम गर्‍यो,” उनले भन

यद्यपि आफ्नी सन्तान गुमाएका फ्रेजर समाजीक र व्यक्तिगत जिम्मेवारी एवम् जागरूकतालाई प्रविधिले प्रतिस्थापन गर्न नहुनेमा भने जोड दिन्छन्।

सङ्घीय सरकारको यातायात र पूर्वाधार विभागले उक्त प्रविधिमा राष्ट्रिय दृष्टिकोण लागु गर्नका लागि मस्यौदाहरू तैयार पारेको छ।
road safety cameras
Source: DPA / DPA FILE

क्वीन्सल्यान्डको यातायात विभागको सेफर रोड इन्फ्रास्टक्चरकी निर्देशक डाक्टर मिरान्डा ब्लग यसलाई राष्ट्रिय स्तरमा लैजानका लागि ठुलो समन्वय हुनु पर्नेमा जोड दिन्छिन्।

उनका अनुसार यस प्रविधिको सबैभन्दा किफायती र सुरक्षित मोडल कार्यान्वयन हुन दुई देखि चार वर्ष लाग्न सक्छ।

क्रिस्नेटेनसेन भने सडक सुरक्षाका विषयमा सङ्घीय सरकारले नेतृत्व भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिन्छन्।

“कमनवेल्थ सरकारको दायित्व, चालक र सवारी साधनहरूलाई सूचना जारी गर्ने राष्ट्रिय दृष्टिकोणमा सबै अधिकार क्षेत्रहरूलाई प्रोत्साहन गर्नु हो,” क्रिस्टेनसेन भन्छन्।

यता फ्रेजर पनि सबै अस्ट्रेलियालीहरूलाई सडकमा सुरक्षित रहन अपिल गर्छन्।

“बिर्सन्छौ की हामी सवारी साधनमा छौ, यही सवारी हो जसले मानिसलाई मार्छ, घाइते बनाउँछ, त्यसैले हामीले सडकमा ध्यान दिनु पर्छ, ताकि सबै जना सुरक्षित रूपमा घर पुग्न सकुन्।”

उनी सबै अस्ट्रेलियालीहरूले पहेँलो रिबनको कथाका बारेमा थाहा पाउन भन्ने चाहन्छन्। जसले मे महिना भर सडक सुरक्षाका बारेमा सचेतना फैलाउनेछ।

“जब मैले सेरालाई सडक दुर्घटनामा गुमाए, मैले उनको मन पर्ने पहेँलो रङ्गको रिबन गाडीको ऐरीयलमा झुन्ड्याए, पछि ब्लु माउन्टेनमा बस्ने समुदायले पनि यसको सिको गरे, अहिले यो सबैतिर फैलिएको छ, अहिले यो सडक सुरक्षाको एक सङ्केत बनेको छ।”

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand