स्वस्थानी: बज्रयोगिनी, अजिमा, अष्टमातृका वा नवदुर्गा?

During the festival, devotees recite holy scriptures dedicated to the Hindu goddess Swasthani and Lord Shiva. Unmarried women pray to find a good husband while those married pray for the longevity of their husbands by observing a month-long fast. (AP Phot

Nepali devotees warm themselves around fire after taking a holy dip in the Hanumante river during Madhav Narayan Festival in Bhaktapur, Nepal। Source: AP

माघ महिनामा नेपालका धेरै हिन्दु धर्मावलम्बीले स्वस्थानीको पुस्तक पढ्दै व्रत बस्ने गरेका छन्। आजको समयमा स्वस्थानीको सान्दर्भिकताको बारेमा एक व्रतालु रोशनी जोशी र साँखुका संस्कृतिविद् प्रकाशमान सक्वसँग गरिएको कुराकानी।


माघ महिनामा नेपालका धेरै हिन्दु धर्मावलम्बीले स्वस्थानीको पुस्तक पढ्दै व्रत बस्ने गरेका छन्।
 
विशेष गरी काठमान्डुको साँखुलाई स्वस्थानीको पुस्तकमा वर्णित स्थान भनेर भक्तजनहरू साँखुको शाली नदीमा नुहाउन जाने गरेका छन्।
 
तर पछिल्ला दिनहरूमा स्वस्थानीको पुस्तकले महिलामाथि विभेद गरेको भन्दै यसको व्यापक विरोध हुँदै आएको छ।
 
यस पुस्तकमा हाँस्ने, बोल्ने र विरोध प्रकट गर्ने महिलालाई नकारात्मक चित्रण गरिएको छ।
During this month-long festival, devotees recite Holy Scriptures dedicated to Hindu goddess Swasthani and Hindu God Lord Shiva. Unmarried women pray to get a good husband while those married pray for the longevity of their husbands by observing month long
Devotees sit along the banks of the Bagmati River as they gather to offer prayers at Pashupatinath Temple during the Swasthani Brata Katha festival. Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

यति हुँदाहुँदै पनि स्वस्थानीप्रति भक्तजनहरूको प्रगाढ आस्था देखिन्छ।
 
यस वर्ष पनि साँखुमा १२५ जना व्रतालु एक महिना चोखो खाने, नाङ्गो खुट्टाले हिँड्ने लगायतका कठिन नियम भएको स्वस्थानी र माधवनारायणको व्रत बसेका छन्।
 
पनौतीकी २७ वर्षीय रोशनी जोशी स्वस्थानीको व्रत बस्नका लागि एक महिना साँखु नै गएर बसेकी छिन्।
 
उनी हालको आफ्नो दैनिकी यसरी वर्णन गर्छिन्, "बिहानै तीन-चार बजे शङ्ख फुक्न आउनुहुन्छ। त्यसपछि हामी नुहाएर शाली नदी जान्छौँ।"
"त्यहाँ हामी सबै जना भेला भएर नुहाउँछौँ, गणेश पूजा गर्छौँ, अनि त्यहाँ दिनभरि बस्छौँ। त्यहीँ नित्य पूजा गरेर सहस्त्रधारा गरेर हामी घर जान्छौँ।"

स्वस्थानीको यो व्रतमा निकै कठिन नियमहरू पालना गर्नुपर्ने जोशी बताउँछिन्।

"हामी हात खुट्टाको नङ पहिल्यै काटेर बसेका हुन्छौँ। जुत्ता लगाउँदैनौँ, जुत्ता लगाएका मान्छेलाई छुँदा पनि छुँदैनौँ। दिनको एक छाक मात्रै खान्छौँ, जसमा दूध, फलफूल, कन्दमूल, केराउ, उखु, लप्सी आदि पर्छन्। नुन खाँदैनौँ र नुनको नाम समेत लिँदैनौँ," उनले एसबीएस नेपालीलाई भनिन्।


भगवानमा आफ्नो आस्था भएकाले यस्तो कठिन व्रत बसेको जोशी बताउँछिन्।
"मलाई स्वस्थानीको पुस्तक नकारात्मक लाग्दैन। म आफ्नो परिवारको सुखशान्तिको लागि यहाँ व्रत बस्न आएकी हुँ।"

यस्तै आस्थाकै कारण नै स्वस्थानीप्रतिको भक्ति आजको समाजमा पनि कायम रहेको साँखुका संस्कृतिविद् प्रकाशमान सक्वले बताएका छन्।
Nepalese Hindu devotee bath the idol Madhav Narayan in the Bagmati river during the Swasthani Brata Katha festival. During this month-long festival, devotees recite Holy Scriptures dedicated to Hindu goddess Swasthani and Hindu God Lord Shiva.
Nepalese Hindu devotee bath the idol Madhav Narayan in the Bagmati river during the Swasthani Brata Katha festival. Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si
"स्व स्थानमा बस्ने अर्थात् त्यहीँकी स्थानीय देवीलाई स्वस्थानी भनिन्छ," सक्व भन्छन्।
"साँखुमा बज्रयोगिनीलाई स्वस्थानी मानिएको छ भने काठमान्डुमा विभिन्न अजिमाहरू हुन सक्छन्, कतै अष्टमातृका त कतै नवदुर्गालाई स्वस्थानी मानिएको छ।"

सक्वका अनुसार यसरी थुप्रै देवीलाई स्वस्थानी भनेर पहिचान गरिएको छ।
The Madhav Narayan festival is devoted to religious fasting, holy bathing, and the study of the Swasthani book, a chapter or story of which is read each evening by priests or heads of households to the gathered family. Thousands of married women and dozen
Nepali Hindu devotees roll on the ground before a mass holy bath in the Hanumante River during the month-long Madhav Narayan festival in Bhaktapur, Nepal। Source: EPA
तर माघ महिनामा पढिने स्वस्थानीको पुस्तकले अष्ट मातृकाको केन्द्रमा बसेकी देवीलाई पहिचान गरेको छ।

अष्ट मातृकालाई पार्वतीको रूप मानिन्छ, र त्यसै कारण स्वस्थानी शिवकी शक्ति मानिन्छिन्।
जोशी र सक्वसँगको हाम्रो कुराकानी सुन्नुहोस्: स्वस्थानी: बज्रयोगिनी, अजिमा, अष्टमातृका वा नवदुर्गा? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
साँखुमा स्वस्थानीको लामो इतिहास रहेको छ।

करिब चार-पाँच सय वर्ष अघि जम्मा ६-७ पृष्ठको स्वस्थानी पाइन्थ्यो, जसमा गोमा नामक बालिकाको कथा मात्र पाइन्थ्यो भने आज सृष्टिको कथा, जालन्धर र तारकासुर जस्ता असुरको कथा आदि सम्मिलित गरेर ६४ अध्यायसम्मको स्वस्थानी पाइन्छ।
Nepalese Hindu priest recites the holy book during the festival. Madhav Narayan festival or Swasthani Brata katha is a festival in which devotees recite holy scriptures dedicated to Hindu goddess Swasthani and Lord Shiva.
Nepalese Hindu priest recites the holy book Swasthani during the Swasthani Brata Katha festival. Source: Sipa USA Bivas Shrestha / SOPA Images/Sip

यी मध्ये कतिपय कथाले महिलामाथि विभेद गरेको भनेर आलोचना भइरहँदा भक्तजनहरू भने ती कथाले नैतिक शिक्षा दिएको बताउँछन्।

"कर्मको फल कसरी पाइन्छ, किन राम्रो काम र शुद्ध चित्त राख्नु पर्छ भनेर यी कथाले बताएका छन्," सक्व भन्छन्। 

अघिल्लो हप्ताका प्रमुख समाचार


  • सरकार र निर्वाचन आयोगबिच मे महिनाको १८ तारिखमा स्थानीय सरकारको निर्वाचन गर्ने सहमति भएको छ, तर हालसम्म औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गरिएको छैन। 

  • केन्द्रीय तथ्याङ्क विभागले बाह्रौँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ, जसमा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख भन्दा बढी देखिएको छ भने एक दशकमा जनसङ्ख्याको वृद्धिदर ३० प्रतिशतले घटेको देखिएको छ। नतिजा सार्वजनिक भएसँगै धेरै ठाउँबाट यसको विरोध भएको छ। आफ्नो ठाउँमा आएर राम्रोसँग जनगणना नगरेको भन्दै कतिपय गाउँपालिकाले आफैँ जनगणना गर्न थालेका छन्। त्यस्तै, जनगणनामा लैङ्गिक विविधता भएका मानिसका बारेमा जानकारी नसमेटिएको भन्दै ती समुदायले पनि यसको विरोध गरिरहेका छन्।  

Nepal Prime Minister Sher Bahadur Deuba (centre) at a meeting in Kathmandu.
Nepal Prime Minister Sher Bahadur Deuba (centre) at a meeting in Kathmandu. Source: RoS
  • शुक्रबारदेखि देशभर चिसो बढेर वर्षा र हिमपात भइरहेको छ, र कतिपय हिमाली क्षेत्रमा हिमपातले सडक अवरुद्ध भएको छ। यस वर्ष हिउँदे वर्षा गत वर्ष भन्दा चार गुणा बढी भएको छ। 




Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand