घर फर्कन नपाएका अस्ट्रेलियालीले हाले मोरिसन सरकार विरुद्ध मुद्दा

Stranded Australians have filed legal action with the UN against the Morrison government.

Stranded Australians have filed legal action with the UN against the Morrison government. Source: pexels

सरकारले घर फर्काउन उचित कदम नचालेको भन्दै विदेशमा फसेका अस्ट्रेलियन नागरिक एवम् पीआर धारकहरूको एक समूहले मोरिसन सरकार विरुद्ध संयुक्त राष्ट्र सङ्घमा मुद्दा दर्ता गराएका छन् ।


 ओर्ग नामक एक समूहले प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको सङ्घीय सरकार विरुद्ध संयुक्त राष्ट्र सङ्घ स्थित मानवअधिकार अयोग समक्ष कानूनी कारबाहीका लागि मुद्दा दर्ता गराएका छन् ।

उक्त समूहले मोरिसन सरकारले “जन्म वा नागरिकताका आधारमा आफ्नो मुलुक फर्कन पाउने अधिकार माथि मनमानी ढङ्गले उल्लङ्घन” गरेको भन्दै आफूहरू सरकारी स्वास्थ्य मापदण्ड पुरा गर्न र १४ दिने क्वारीनटीनको अनिवार्य नियम पालन गर्न तयार भएको बताएका छन् ।

सरकारले आगमनको सीमा तोकि दिंदा, घर फर्कन नपाएको उनीहरूको गुनासो छ ।

मानवअधिकार सम्बन्धी वकिल जेफ्री रर्वट्सन् क्युसीले “अन्तर्राष्ट्रिय कानुनले व्यक्ति र उनीहरूको मातृभूमि प्रतिको बलियो सम्बन्धलाई मान्यता दिने र कुनै पनि सम्मानजनक सरकारले नागरिकले आवश्यक क्वारिन्टिनको व्यवस्थालाई पालना गर्ने बताउँदा एक वर्ष सम्म पनि सीमा तोकेर रोक्न नहुने” सुझाव दिएका छन् ।
“हाम्रा दुवै राजनैतिक दलहरूले विगतमा विदेशमा रहेका अस्ट्रेलियालीहरूलाई सक्दो सहयोग गरेको थियो तर मोरिसन नैतिक शून्यताको व्यवहार गरी रहेका छन् – उनी अस्ट्रेलियालीहरुले भोगेको दु:खका बारेमा त्यति वास्ता गदैनन्,” उनले भने ।

प्रवक्ता डेबोरा टेलिसले याचिकाकर्तालाई “साधारण अस्ट्रेलियनहरूको समूह जो वास्ता नगर्ने सरकारले अप्ठेरोमा छाडिदिएको छ ” भनेर व्याख्या गरेका छन् ।

“सरकार क्वारिन्टिन लागि जिम्मेवार छ र आफ्ना नागरिकलाई फर्काउन र उक्त व्यवस्थामा सामेल गराउन सरकारको कर्तव्य पनि हो–यसले राज्यहरूलाई क्वारीनटीन व्यवस्थाहरू बढाउन र दायित्व बोध गर्नका लागि दबाब दिनु पर्छ,सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्नु हुँदैन्,” उनले भने ।
Australian News in Sinhala on 04 Nov: TGA recognised two additional COVID-19 vaccines for the purposes of international travel
More stranded Australians overseas able to return each fortnight. Source: AAP
“यसले धेरै जसो अस्ट्रेलियनहरूलाई गम्भीर क्षति पुर्‍याएको छ – आफ्ना मर्न लागेका आफन्त वा परिवारजन सँग भेट गर्न पाएका छैनन्,आफ्नो विश्वविद्यालय वा काममा फर्कन पाएका छैनन्, संयुक्त राष्ट्र सङ्घमा गएर मोरिसनले कस्तो सरकारको नेतृत्व गरीरेहका छन् यसलाई उजागर गर्न चाहन्छौ,” उनले भने ।

गत डिसेम्बरमा मोरीसनले रिर्पोटरहरुसँग कुरा गदै क्रिस्मस सम्म जति सक्दो मानिसहरूलाई घर फिर्ता गराउने बताएका थिए ।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले पनि “प्रत्येक अस्ट्रेलियन जो घर आउन चाहन्छन् उनीहरूलाई क्रिसमस सम्म घर ल्याइसक्ने” बताएका थिए ।

लगभग पाँच लाख अस्ट्रेलियनहरू महामारी सुरु भए यता घर फर्किसकेका छन् ।

अझै पनि करिब ३६ हजार नागरिक एवम् पीआर धारीहरू सरकारी आगमन सिमाका कारण विदेशमा फस्न बाध्य छन् ।

३६ हजार २ सय ६ जनाले घर फर्कनका लागि दर्ता गराएकोमा ति मध्ये चार हजार ८ सय ६० जना जोखिममा रहेका मानिसहरू रहेको गत हप्ता गृह मामला विभागले सिनेटमा बुझाएको तथ्याङ्कमा उल्लेख छ ।
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand