"फोटो खिच्ने अवसरका रूपमा मात्र सरकारले काम गर्‍यो": ग्रेस टेम, पुर्व अस्ट्रेलियाली वर्ष व्यक्ति

Prime Minister Scott Morrison and 2021 Australian of the Year Grace Tame during a morning tea for state and territory recipients in the 2022 Australian of the Year Awards at The Lodge in Canberra, Tuesday, January 25, 2022.

Prime Minister Scott Morrison and 2021 Australian of the Year Grace Tame during a morning tea at the 2022 Australian of the Year Awards. Source: AAP Image/Mick Tsikas

पूर्व अस्ट्रेलियन अफ द यर ग्रेस टेमले आफूलाई प्रधानमन्त्रीको क्षति हुने किसिमको कुनै कुरा नभन्न धम्की आएको खुलासा गरेकी छिन्।


ग्रेस टेमलाई सन् २०२१ मा अस्ट्रेलियाली वर्ष व्यक्तिको उपाधिले सम्मानित गरिएको थियो।  


त्यसको पाँच महिना पछि सोही वर्षको अगस्ट १७ तारिखमा घटेको एक घटनाको बारेमा उनले अहिले खुलासा गरेकी छिन्।  


उनलाई सरकारी अनुदानमा सञ्चालित एक संस्थाका वरिष्ठ सदस्यले फोन गरेको, र आउँदो वर्ष हुने अस्ट्रेलियन अफ द यर अवार्ड्समा प्रधानमन्त्रीको बारेमा अपमानजनक सुनिने कुनै करा नभन्न बाचा गर्न लगाएको टेमले बताइन्।  


"ती व्यक्तिले मलाई भने कि, प्रधानमन्त्रीलाई डर हुन्छ। सुरुमा मैले बुझिन, अनि सोधेँ - 'के को डर?'। ती व्यक्तिले भने, 'निर्वाचनको'," टेमले बुधबार भएको कार्यक्रममा बताएकी हुन्।
"त्यस पछि बल्ल मैले बुझेँ - प्रधानमन्त्रीको डर अरू कसैले लागि होइन , आफ्नै लागि रहेछ। आफ्नो शक्ति गुम्छ कि भन्ने उनलाई डर रहेछ।"
उनले दाबी गरेको यस घटनाको बारेमा एक अनुसन्धान जारी रहेको महिला सुरक्षा मन्त्री एन रस्टनले बताएकी छिन्। 
टेमको भनाइ यहाँ सुन्नुहोस्: "फोटो खिच्ने अवसरका रूपमा मात्र सरकारले काम गर्‍यो": ग्रेस टेम, पुर्व अस्ट्रेलियाली वर्ष व्यक्ति हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


सङ्घीय सरकारले केवल खोक्रा घोषणा र आश्वासन दिने, र फोटो खिच्नका लागि मात्र ठिक्क पारेर कामहरू गर्ने भन्दै टेमले आलोचना गरेकी छिन्।  


आफू कुनै किसिमको धम्कीबाट पछि नहट्ने र मद्दत चाहिनेहरूका लागि आवाज उठाइरहने उनले बताइन्।  


यसै सन्दर्भमा, संसदको कार्यस्थल संस्कार माथि जेनकिन्सको समीक्षा पछि पेस गरिएका २८ वटा सिफारिसहरू लागु गरिनु पर्ने ब्रिटनी हिगिन्सको भनाइ छ।


संसद भवनभित्र सन् २०१९ मा आफ्नो बलात्कार भएको हिगिन्सले बताएकी थिइन्।
Brittany Higgins (left) and Grace Tame (right)
Brittany Higgins (left) and Grace Tame (right) Source: AAP

"जेनकिन्सका समीक्षाहरू बिना महिलाहरू नेतृत्वका भूमिका निभाउनका लागि अघि आउन सक्ने छैनन्," उनले भनिन्।
"महत्त्वपूर्ण निर्णयहरू लिँदा महिलाको पनि आवाज उठ्न निकै जरुरी छ - ताकि राष्ट्रिय नीतिहरूमा समान लैङ्गिक धारणा समावेश होस्।"

त्यस्तै, महिला तथा बालबालिका विरुद्धको हिंसालाई अन्त्य गर्नका लागि तयार पारिएको राष्ट्रिय योजनाको मस्यौदाको आलोचना गर्दै उनले, त्यसमा धेरै अर्ती उपदेश र तथ्याङ्कहरू रहेको, तर ठ्याक्कै के कदम चाल्ने भनेर स्पष्ट नलेखिएको बताएकी छिन्।  


उनले, गत वर्ष प्रधानमन्त्री स्कट मोरिसनको बोली “चकित पार्ने र आपत्तिजनक किसिमको” भएको बताउँदै, उनले गरेका काममा परिवर्तन ल्याउने सङ्कल्प नदेखिएको बताइन्।  


यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand