सङ्घीय सरकारद्वारा अवैध बन्दुक फिर्ता बुझाउने अस्ट्रेलियालीहरुलाई स्थायी रुपमा आममाफी दिने

A gun amnesty has come into effect across Australia, allowing anyone with unregistered or unwanted firearms to hand them over to police without being penalised.

A gun amnesty has come into effect across Australia, allowing anyone with unregistered or unwanted firearms to hand them over to police without being penalised. Source: AP

सङ्घीय सरकारले अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्ने लक्षका साथ देश भर स्थायी रूपमा बन्दुक माफ गर्ने निर्णय गरेको छ। दिनिता रिसालद्वारा तयार पारिएको रिपोर्ट।


अस्ट्रेलियालीहरूले अब जरिमानाको डर बिना नै आफूसँग भएका दर्ता नगरिएको या अनावश्यक बन्दुकहरू प्रहरीलाई हस्तान्तरण गर्न सक्नेछन्।

मानिसहरूलाई सुरक्षित राख्ने उद्देश्यका साथ सङ्घीय सरकारले अस्ट्रेलिया भर स्थायी रूपमा बन्दुक माफी गर्ने नियम राखेको छ।

मानिसहरूले आफूसँग भएका बन्दुक हरू सुरक्षित रूपमा प्रहरीलाई दिए पछि त्यो गलत हातमा लाग्दैन, र समुदायमा जोखिम कम हुन्छ भन्ने सरकारको विश्वास रहेको छ।

यो कदम निकै महत्त्वपूर्ण रहेको भन्सार, सामुदायिक सुरक्षा र बहु सांस्कृतिक मामिलाका सहायक मन्त्री जेसन वुड बताए।

हावर्ड सरकारको बाइब्याक योजना पछि बन्दुक नियन्त्रण गर्न लागु चालिएको यो सबै भन्दा ठुलो कदम हो।

२५ वर्ष अगाडी टास्मानियाको पोर्ट आर्थरमा भएको एक गोलीवारिको घटनामा ३५ जना निर्दोष मानिसहरूको ज्यान गएको थियो।
यसको ठिक १२ दिन पछि त्यस बेलाको हावर्ड सरकारले हिंसा कम गर्ने उद्देश्यका मानिसहरूसँग भएको बन्दुकहरूलाई बजारी मूल्यमा किनेको थियो।

अहिलेको सरकारको योजना स्पष्ट रहेको वुडको भनाई छ।

उनी आग्रह गर्छन् कि आफूसँग दर्ता नगरिएको, या आफूलाई नचाहिने कुनै बन्दुक छ भने, प्रहरीलाई फिर्ता गर्न।

सन् २०१७ मा तीन महिनाको लागि बन्दुक बुझाउन आममाफी गरिएको थियो।
Australia's gun lawsOver a three-month period, hundreds of guns were handed during the second national gun amnesty since the Port Arthur massacre in 1996.
A supplied undated image received on Monday, October 2, 2017, of guns handed in to Tasmanian police. Source: AAP
त्यो तीन महिनाको अवधिमा ५७,००० बन्दुकहरू मानिसहरूले हस्तान्तरण गरेका थिए, जस मध्य एक घरमै बनाइएको मेसिन गन, १,००० राउन्ड बारुद भएको सेमी-अटोमेटिक राइफल र रकेट लञ्चर समेत थियो।

यसरी बन्दुक नियन्त्रणको लागि बन्दुक माफीको नियमले अस्ट्रेलियालाई सुरक्षित बनाउने, अपराध नियन्त्रण संस्था क्राइम स्टपर्सकी प्रमुख स्टेला स्मिथ भन्छिन्।

अवैध बन्दुकहरूको कमी गरी समाजलाई सुरक्षित राख्न एक राष्ट्रिय अभियान, नेश्नल इलिसिट फायरआर्म्स कम्युनिकेसन क्यामपेनको लागि मोरिसन सरकारले क्राइम स्टपर्सलाई ३६ लाख अस्ट्रेलियाली डलरको अनुदान गरेको छ।
यस्ता अवैध बन्दुक प्रहरीलाई दिनमा कसैले ढिलाइ गरेमा ठुलो जरिवाना या जेल सजाय भोग्नु पर्ने सरकारले बताएको छ।

तर सुटर्स, फिशर्स र फार्मर्स दलका सांसद जेफ बोर्मनले भने सरकारले यो सन्देशलाई सरल राख्नु पर्ने बताउँदै उनी भन्छन् कि यो बन्दुक माफी कार्यान्वयन गर्न निकै समय लागेकोमा आफू निराश छन्।

यो परिवर्तनको लागि आफ्नो किशोरावस्थादेखि नै आवाज उठाउँदै आएको, र अहिले आफू ५० वर्ष कटे पछि मात्र यो लागु भएको उनी बताउँछन्।
दिनिता रिसालद्वारा तयार पारिएको बर्नाडेट क्लार्कको यो रिपोर्ट सुन्नुहोस्: null

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand