अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीहरू बिच रहेको सांस्कृतिक विविधता बुझ्न किन जरुरी छ?

An Aboriginal man performs a smoking ceremony as protesters gather in Sydney, Saturday to support the movement of US protests.

Understanding the diversity within the First Nations of Australia is crucial when engaging with Aboriginal and Torres Strait Islander peoples and building meaningful relationships. Source: AP

अस्ट्रेलियन आदिवासी समुदायहरू बिच कायम सांस्कृतिक विविधता आम मानिसहरूको सोचभन्दा निकै पर रहेको छ। विशेष गरी देशभरका एबोरिजिनल तथा टोेरेस स्ट्रेट आइल्यान्डर मानिसहरू सबै जना एउटै सिङ्गै समूहका सदस्यहरू होलान् कि भन्ने सोच वास्तविकताभन्दा टाढा छ। अस्ट्रेलियाभर छरिएर रहेका यस्ता प्रथम बासिन्दाहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू हुन्छन्। यस्तो विविधतालाई बुझ्न सकियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मूल बासिन्दाहरूसँग काम गर्दा वा उनीहरूको सामीप्यमा आफूलाई पाउँदा अन्य सबै पृष्ठभूमिका मानिसहरूलाई सजिलो त हुन्छ नै, विश्वासिलो एवं अर्थपूर्ण सम्बन्ध गाँस्न पनि मद्दत पुग्न सक्छ।


Key Points
  • अस्ट्रेलियाका प्रथम बासिन्दाका समुदायहरू बिच व्यापक रूपमा विविधता छ
  • अस्ट्रेलियाभर छरिएर रहेका यस्ता लगभग ५०० आदिवासी समुदायहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू छन्
  • अस्ट्रेलियामा आदिवासी र अन्य समुदायका मानिसहरू बिच किन खाडल छ भनेर जान्न सबै एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायहरू फरक-फरक छन् भन्ने बुझ्नु जरूरी छ
अस्ट्रेलियाभर छरिएर रहेका यस्ता प्रथम बासिन्दाहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू हुन्छन्।

यस्तो विविधतालाई बुझ्न सकियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मूल बासिन्दाहरूसँग काम गर्दा वा उनीहरूको सामीप्यमा आफूलाई पाउँदा अन्य सबै पृष्ठभूमिका मानिसहरूलाई सजिलो त हुन्छ नै, विश्वासिलो एवं अर्थपूर्ण सम्बन्ध गाँस्न पनि मद्दत पुग्न सक्छ।

अस्ट्रेलियाका आदिवासीहरू यहाँको भूमि वा माटोसँग निकै महत्त्वपूर्ण सम्बन्ध राख्छन् जुन उनीहरूको पहिचान र आफ्नोपनका लागि अपरिहार्य हो।

यसबारे राम्ररी बुझ्न तपाईँले अस्ट्रेलियाका प्रथम बासिन्दाका समुदायहरू बिच व्यापक रूपमा विविधता छ भनेर मनन गर्नै पर्छ।
Multigenerational Aboriginal Family spends time together in the family home
The Indigenous peoples of Australia are not one homogenous group. - Belinda Howell/Getty Source: Moment RF / Belinda Howell/Getty Images
आन्टी मुन्या एन्ड्रूज, वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा पर्ने बार्डी राष्ट्रकी आदिवासी अगुवा हुन्।

उनी भन्छिन् कि यो विविधता बारे बुझ्न सबैभन्दा पहिले अस्ट्रेलियाको हेर्नु राम्रो हुन्छ।

आन्टी मुन्या आदिवासी अगुवा हुनुका साथै एक लेखिका, वकिल इभल्भ कम्युनिटिज नामक संस्थाकी सह-निर्देशिका पनि हुन्।

उनले सबै आदिवासीहरूलाई एकै घानमा हालेर हेर्दा सही नहुने कुरामा जोड दिन्छिन्।
_Carla-and-Aunty-Munya.jpg
Carla Rogers (left) and Aunty Munya Andrews (right), Evolve Communities Credit: Evolve Communities
कार्ला रोजर्स आन्टी मुन्यासँगै काम गर्ने आदिवासीहरूकी एक सहयोगी हुन्।

आजसम्म पनि अस्ट्रेलियामा आदिवासी र अन्य समुदायका मानिसहरू बिच रहेको खाडल बारे जान्न सबै एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायहरू फरक-फरक छन् भन्ने ज्ञान अपरिहार्य रहने उनी थप्छिन्।

आन्टी मुन्याका अनुसार सबै आदिवासी राष्ट्र वा इन्डिजिनियस नेसनका आ-आफ्नै मौलिक संस्कृति, भाषा, कला, रहन-सहन र पारिवारिक संरचना हुन्छन्।

यस्ता कुराहरूमा राम्ररी ध्यान पुर्‍याउन सके कुन आदिवासी अस्ट्रेलियाको कुन कुनाको हो भनेर राम्ररी छुट्ट्याउन सकिने पनि उनी बताउँछिन्।

सदाकालदेखि बहुसांस्कृतिक अस्ट्रेलिया

अस्ट्रेलियाका आदिवासीहरू बहु संस्कृतिवादका विशेषज्ञ नै हुन् भन्छिन् आन्टी मुन्या।

जापानी पृष्ठभूमि पनि रहेकी डा मारिकको स्मिथ युइन समुदायकी महिला हुन्।

म्युजियमकी एक क्युरेटरका साथै समाजशास्त्री तथा इतिहासविद् पनि रहेकी उनी भन्छिन् कि आदिवासी समुदाय बिच पाइने विविधता बारे समाजमा सचेतनाका अभावका कारण हुर्कँदै गर्दा आफूले निकै चुनौतीहरूको सामना गर्नुपर्‍यो।
Unsettled_Weekend
Dr Mariko Smith Credit: Anna Kucera Credit: Anna Kucera/Anna Kucera
अहिलेसम्म पनि अस्ट्रेलियाका आदिवासीहरूलाई लिएर थुप्रै गैर आदिवासी अस्ट्रेलियावासी बिच यस्तै रूढीवादी सोच व्याप्त रहेको डा स्मिथ बताउँछिन्।

उनका अनुसार साँच्चिकै अर्थमा समावेशी समाज हुने हो भने अस्ट्रेलियाले यो विविधतालाई मान्यता दिँदै यसलाई अँगाल्नुपर्छ।

गैर आदिवासी मानिसहरूले यो विविधतालाई बुझ्न नसक्दा भने उनीहरूबाट गल्तीहरू हुन सक्छ।

यसै कारण, अस्ट्रेलियाको आदिवासी नक्सा हेरेर आफू कुन राष्ट्रमा छु पत्ता लगाउनुहोस् अनि उनीहरूको संस्कृति। जस्तो कि तपाईँ विश्वका अन्य महादेशमा जाँदा गर्नुहुन्छ!

स्थानीय आदिवासी भूमि परिषद् वा लोकल एबोरिजिनल ल्यान्ड काउन्सिल वा तपाईँ बस्ने ठाउँको स्थानीय काउन्सिल दुवैले तपाईँलाई विस्तृत जानकारी दिन सक्छन्।

अनि यो स्व अध्ययनको विषय भएको पनि आन्टी मुन्याको भनाई छ।
Thirteen Aboriginal and Torres Strait Islander people from across Australia taking part in the inaugural Mob in Fashion initiative.
Thirteen Aboriginal and Torres Strait Islander people from across Australia are taking part in the inaugural Mob in Fashion initiative. Credit: Thirteen Aboriginal and Torres Strait Islander people from across Australia are taking part in the inaugural Mob in Fashion initiative.


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand