एमाले- माओबादी एकता, मनाङ्गे जेलमा र ६९८ जना हिमाल चढ्दै - गत ७ दिन नेपालमा

Malindo Air skids off the runway in Kathmandu and Deepak Manange sent to prison - April 2018.

Malindo Air skids off the runway in Kathmandu and Deepak Manange sent to prison - April 2018. Source: RSS

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकपछि पार्टी एकताको घोषणा गर्ने सहमति, महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङ्गेलाई पक्राउ गरी जेल चलान र यस वर्ष सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि ६९८ जनाले लिए अनुमति। गत ७ दिनका नेपालका प्रमुख समाचार।


मे दिवसमा एमाले माओवादी एकताको घोषणा हुँदै

एमाले र माओवादी केन्द्र अन्ततः पार्टी एकता गर्ने तयारीमा जुटेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकपछि पार्टी एकताको घोषणा गर्न सहमत भएको थियो ।

आगामी मे दिवस पारेर पार्टी एकताको औपचारिक घोषणा हुँदैछ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री ओली र दाहालले सम्बोधन गर्दैछन् ।
...
मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेर माटोमा धस्कियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाका लागि उड्न लागेको जहाज बिहीबार राति १० बजे रनवे बाहिर गएर धस्सिएको थियो। जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो ।
चार चालक दलका सदस्य सहित जहाजमा १३९ यात्रु थिए।
रनवेभन्दा बाहिर गएर जहाज धस्किएपनि सबै यात्रु सुरक्षित रहेको विमानस्थलले जनाएको थियो । प्राविधिक समस्याको कारण रनवेबाट बाहिरिएको जहाजले धावनमागको किनारामा राखिएको बत्तिमा क्षति पुर्याएको थियो । तत्काल जहाज निकाल्न विभिन्न उपकरणसहित नेपाली सेना परिचालित गरिएका थिए।

विमानस्थल बन्द भएपछि अवतरणको लागि काठमाडौं आएपुगेका अन्तर्राष्ट्रिय जहाजहरु कलकत्ता र दिल्ली डाइभर्ट गरिएको थियो ।
...


गुण्डा नाइके मनाङ्गे जेल चलान

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङ्गेलाई पक्राउ गरी जेल चलान गरेको छ। विसं २०६१ एकसाठी वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी शुक्रबार अदालतको आदेशअनुसार जेल चलान गरेको थियो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई शुक्रबार जिल्ला अदालतमा उपस्थिति गरेपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिएका थिए।
त्यस्तै मनाङे गत मसिंर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश ख बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए।
उनलाई प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरेको थियो।
...

नेपाल र बंगलादेश एउटै समूहमा

नेपाल र आयोजक बंगलादेशले साफ फुटबल च्याम्पियनसिप २०१८ मा समूह चरणमै प्रतिस्पर्धा गर्ने भएका छन् । ढाकामा बुधबार भएको ‘ड्र’ मा नेपाल र बंगलादेश ‘ए’ समूहमा परेका थिए । समूह ‘ए’ मा नेपाल र बंगलादेशसहित भुटान र पाकिस्तान पनि छन्। आगामी सेप्टेम्बर ४ देखि १५ मा ढाकामा साफ फुटबल च्याम्पियनसिप २०१८ को आयोजना हुँदैछ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन भारतले भने माल्दिभ्स र श्रीलंकासँग समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछ । सन् २०१३ को च्याम्पियन अफगानिस्तान भने यस संस्करणदेखि साफ फुटबलबाट बाहिरिएको छ ।
नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।
त्यसपछि सेप्टेम्बर ६ मा नेपालले भुटानविरुद्ध खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर ८ मा आयोजक बंगलादेशको सामना गर्नेछ ।...

६९८ आरोहीले नेपालका हिमाल चढ्दै

यस वर्ष सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका थिए । यसमध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमति लिएका धेरै टिम बेसक्याम्प पुगिसकेका छन् ।
सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन्। त्यस्तै कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरी हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand